Khabar Dabali २२ चैत्र २०८२ आईतवार | 5th April, 2026 Sun

अब सबैलाई एकतामा बाँध्ने संविधान आउँछ :ओली

\"kp-oli-640\"२ साउन, भक्तपुर । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सबैलाई एकतामा बाँध्ने संविधान आउने बताएका छन् । बालकोटस्थित आफ्नै निवासमा आज बिहान मानवीय आस्था नेपालले आयोजना गरेको कार्यक्रममा भूकम्पपीडितलाई जस्तापाता वितरण गर्दै उनले अब सबै मिलेर देश बनाउने अवसर आएको बताए । “राजनीति जस्तो भयो देश निर्माण त्यस्तै हुने भएकाले राजनीतिलाई सुधार्दै लैजानुपर्छ” उनले भने । विज्ञसँग बसेर योजनाबद्ध रुपमा विकास, पुनःनिर्माण एवम् पुनर्वासको व्यवस्था गरिने उहाँको भनाइ थियो । भूकम्पपछि एमालेले सरकार, नेपाली सेना र प्रहरीसँग मिलेर देशभर घरटहरा बनाउने अभियान सञ्चालन गरेको स्मरण गर्दै उनले एमालेले देशभर ३० हजार घर टहरा निर्माण, उद्धार तथा पीडितलाई राहत वितरण गर्ने कार्य गरेको बताए । कार्यक्रममा उद्योगमन्त्री महेश बस्नेतले संविधान जारी भएपछि देशले गति लिने चर्चा गर्दै मानवीय आस्था नेपालले भूकम्पपछि पीडितलाई रु तीन करोड बराबरका एक हजार २०० वटा टहरा बनाउने एवम् राहत वितरणलगायत काम गरेको चर्चा गरे । मानवीय आस्था नेपालका संंरक्षकसमेत रहनुभएका बस्नेतले भूकम्पमा परेर मृत्यु भएकाको सम्झनामा गाईजात्रा निकाल्नेदेखि स्मारक बनाउने काममा समेत संस्था जुटेको जानकारी दिए । काठमाडौँ स्कुल अफ लका निर्देशक डा युवराज सङ्ग्रौलाले भूकम्पमा नागरिकता, लालपुर्जालगायत कागजपत्र हराएका नागरिकलाई कानुनी परामर्श निःशुल्क परामर्श सेवा सुरु गरिएको बताउनुभयो । त्यस अवसरमा एमाले अध्यक्ष ओलीकी धर्मपत्नी राधिका शाक्यले मानवीय आस्थाका लागि संस्थाका अध्यक्ष श्रीकुमार रञ्जितलाई रु ५० हजार सहयोग हस्तान्तरण गरे । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending