Khabar Dabali २३ मंसिर २०८२ सोमबार | 8th December, 2025 Mon
Investment bank

यार्सागुम्बा सङ्कलक ऋण बोकेर घरतर्फ

\"yarsa_gumba\"साउन ३, डोल्पा । यसवर्ष यार्सागुम्बा सङ्कलनका लागि विभिन्न जिल्लाबाट बीसौँ हजार डोल्पा आएका थिए । सङ्कलनबाट मनग्य आम्दानी गर्छु भन्ने केहीले राम्रै कमाई गरे भने कतिपय सङ्कलक उल्टै ऋणको भारी बोक्दै घर फर्केका छन् ।

यार्सा सङ्कलन गरेर वर्षभरिको पढाइ खर्च उठाउने आशमा भद्रवीर सार्की रु १० हजार बराबरको सामान बोकेर हिमाली भेग गएका थिए । तर मूल्य पनि नउठेपछि उल्टै रु सात हजार ऋण लागेपछि घर फर्केका छन् । अत्यधिक चिसो हुने भएकाले बाक्लो कपडा, टेन्ट, तयारी खानेकुरा तथा अन्य बन्दोबस्तीका सामानसहित सर्वसाधारण पाटन जाने गर्छन् ।

यार्सा सङ्कलन गर्न जान प्रतिव्यक्ति रु १५ देखि रु २० हजारसम्म खर्च लाग्ने गर्छ । प्रवेश शुल्क तथा स्थानीय क्लबको नाममा प्रतिव्यक्ति रु तीनदेखि रु चार हजारसम्म थप रकम तिर्नुपर्ने हुन्छ । अधिकांश सङ्कले स्थानीय व्यापारीबाट यार्सा सङ्कलन गरेर आम्दानी गरेर तिर्ने भाकामा सामान उधारो लिने गर्छन् ।

यार्सा खोज्न जानेहरुले आफ्नो पसलबाट मात्रै रु १० लाख बराबरको उधारो सामान यार्सा सङ्कलन गरेर पैसा दिने भाकामा लिएको त्रिपुराकोट बगरका स्थानीय व्यापारी विष्णुप्रसाद हमालले बताए । यार्सा टिपेर कमाई गरेपछि सामानको मूल्य तिर्ने भाकामा लगेको सामानको मूल्य अझै नतिरेको उनले बताए  । यसरी यार्सा सङ्कलनपछि राम्रो आम्दानी गर्ने र व्यापारी तथा साउको ऋण चुक्ता गर्ने आशा गरेका अधिकांश सर्वसाधारणलाई उल्टै ऋणको बोझ थपिएको छ । सङ्कलन गरेर कमाई गर्नुको साटो बन्दोबस्तीका सामानको मूल्य पनि नउठ्ने गरेको कतिपय सङ्कलकको गुनासो रहेको छ । \'साहुसँग उल्टै ऋण लिनु परिरहेको छ\' स्थानीयवासी रामप्रसाद उपाध्यायले भने । यार्स नभेट्टाएपछि सामानको मूल्य उठाइ साहुको ऋण तिर्न सङ्कलक जिल्लाका विभिन्न गाउँमा कामको खोजिमा जाने गर्छन भने कतिपय घर नगएरै भारततर्फ लाग्ने गरेका छन् । यसरी मनमा अनेकौँ सपना बुनेर ज्यान जोखिममा राख्दै यार्सा सङ्कलन गर्न जाने सर्वसाधारण उल्टै ऋणको बोझ उठाउन वाद्य छन् ।

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending