Khabar Dabali २२ मंसिर २०८२ आईतवार | 7th December, 2025 Sun
Investment bank

भूकम्प गएपछि चीन गएका प्राविधिक नफर्कंदा चक्रपथ विस्तार ठप्प

४ साउन, काठमाडौं । भूकम्प गएपछि प्राविधिक र कामदार चीन गएका का।रण चक्रपथ विस्तारको काम ठप्प भएको छ ।चीन गएका करिब डेढ सय प्राविधिक फर्किएनन्, काठमाडौंमै रहेका ६–७ जनाले काम अघि बढाउन सकेनन् । चिनियाँ सहयोग, चीनकै ठेकेदार चीन सरकारको ४ अर्ब रुपैयाँ आर्थिक सहयोगमा कोटेश्वरदेखि कलंकीसम्मको रिङरोड निर्माण सुरु भएको हो । चिनियाँ ठेकेदार सांघाई कन्स्ट्रक्सन गु्रपले बनाइरहेको सडकमा करिब एक सय ५० चिनियाँ प्राविधिक खटिएका थिए, उनीहरू सबैजसो अहिले चीनमा छन् । उनीहरूलाई नेपाल फर्काउन र तत्काल काम अघि बढाउन नेपाल सरकारले पत्रचार गर्दै आइरहेको छ, तर उनीहरू भदौयता आउने कुनै सम्भावना छैन, यस विषयमा ठेकेदार कम्पनीले जानकारी पनि दिएको छ । अहिलेसम्म जम्मा ३० प्रतिशत काम पूर्ण चक्रपथ निर्माण आयोजनाअन्तर्गत पहिलो चरणमा कोटेश्वर–कलंकी सडक निर्माण थालनी भएको हो । १०।३९६ किलोमिटर लामो आठ लेनको सडकको निर्माण ४० महिनामा सक्ने योजनाका साथ जुन २०१३ बाट काम सुरु भएको हो । तर, २५ महिनासम्म ३० प्रतिशत मात्र काम भएको छ । अब १५ महिनामा ७० प्रतिशत काम सक्नुपर्नेमा प्राविधिकविना आयोजना अलपत्र परेको छ । हालसम्म कोटेश्वरमा होभरहेड ब्रिजका लागि दुवैतर्फको भर्‍याङ बनिसकेको छ । कलंकी ‘सब–वे’ निर्माण पनि प्रभावित कलंकीमा विशेष प्रकारको ‘सब–वे’ निर्माणको तयारी छ, चिनियाँ ठेकेदार कम्पनीले सर्भे तथा नक्सांकन गरे पनि भूकम्पका कारण निर्माणको काम प्रभावित भएको छ । ‘सब–वे’को कुल चौडाइ १५।५ मिटरको हुनेछ । नक्साअनुसार ‘सब–वे’ चार लेनको मात्रै हुनेछ । चक्रपथ परिक्रमा गर्ने सवारीसाधनले मात्रै ‘सब–वे’ प्रयोग गर्न पाउनेछन् । पैदलयात्रीका लागि भने अहिलेको ‘ओभरहेड ब्रिज’ भत्काएर जेब्रा क्रसिङको व्यवस्था गरिने भएको छ । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending