Khabar Dabali १८ चैत्र २०८२ बुधबार | 1st April, 2026 Wed

राप्रपा नेपालद्वारा राय संकलनमा अवरोध

\"राप्रपा\"४ साउन, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालले संविधानको मस्यौदामा जनताको राय सङ्कलन गर्ने कार्यक्रमलाई ‘नौटङ्की’ बताउँदै विरोध प्रदर्शन गरेको छ । राप्रपा नेपालका महामन्त्री चन्द्रबहादुर गुरुङ, सहप्रवक्ता मोहन श्रेष्ठ, नेता भरत जङ्गम, सभासद् सीता लुइँटेललगायतले सोमबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा भइरहेको जनमत सङ्कलन कार्यको विरोध गरेका हुन् । राखेपमा उपप्रधान एवम् सङ्घीय मामला तथा स्थानीय विकास मन्त्री प्रकाशमान सिंहसहित काठमाडौं क्षेत्र नं १ का जनप्रतिनिधिहरु जनताको राय सङ्कलनमा व्यस्त रहेकामा त्यसलाई रोक्नु पर्ने भन्दै राप्रपा नेपालका नेता कार्यकर्ताहरुले सो काम रोक्न माग गर्दै अवरोध उत्पन्न गरेपछि प्रहरीले सामान्य बल प्रयोग गर्नु परेको थियो । ‘हिन्दू राष्ट्र कायम गर, धर्म निरपेक्षता खारेज गर, अखण्ड नेपाल जिन्दावाद, सनातन राष्ट्र नेपाल जिन्दावाद, विदेशी हस्तक्षेप बन्द गर, गोप्य कोठाको षड्यन्त्र बन्द गर’ जस्ता नारा लगाउँदै राय सङ्कलन स्थलमा झडपको स्थिति निम्त्याएका थिए । राप्रपा नेपालका सहप्रवक्ता श्रेष्ठले सुझाव सङ्कलन कार्यको विरोध गरे पनि बिथोल्ने आफूहरुको नीति नभएको बताउँदै भने, ‘हिन्दू राष्ट्र, सङ्घीयता र गणतन्त्रजस्ता महत्वपूर्ण विषयमा जनमत सङ्ग्रह हुनुपर्छ भन्ने हाम्रो माग हो ।’ राष्ट्रिय धर्मसभा नेपालका अध्यक्ष माधव भट्टराई तथा आध्यात्मिक व्यक्तित्व निर्मल निसारले करिब ८१ प्रतिशत हिन्दू तथा ९४ प्रतिशत ओमकार परिवार भएको मुलुकमा विदेशीको प्रभावमा परेर धर्म निरपेक्षता गरिएकामा आपत्ति जनाए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending