Khabar Dabali ३ पुष २०८२ बिहीबार | 18th December, 2025 Thu
Investment bank

प्रचण्डलाई कालो झन्डा देखाउनेक्रममा सिरहामा झडप

४ साउन, लहान । एकीकृत नेकपा (\"prachanda\"माओवादी)का अध्यक्ष तथा सिरहा क्षेत्र नम्बर ५ का सभासद् पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई कालो झन्डा देखाउन खोज्ने मधेसवादी दल निकट नेता कार्यकर्ता र प्रहरीबीच आज सिरहाको मिर्चैयामा झडप भएको छ । संविधानको प्रारम्भिक मस्यौदा २०७२ माथि जनताको रायसुझाव सङ्कलनका लागि मिर्चैयामा आयोजित कार्यक्रममा सहभागी हुन आएका अध्यक्ष प्रचण्डलाई मधेस केन्द्रित दलका कार्यकर्ताले कालो झन्डा देखाउन खोजेपछि प्रहरीसँग झडप भएको हो । झडपका क्रममा प्रहरीको लाठी प्रहारबाट आधा दर्जन प्रदर्शनकारी घाइते भएका छन् भने प्रदर्शनकारीको ढुङ्गा प्रहारबाट इलाका प्रहरी कार्यालयका प्रहरी भ्यानमा सामान्य क्षति पुगेको प्रहरीले जनाएको छ । प्रदर्शनकारीको अवरोधका बाबजुद अध्यक्ष दाहालको उपस्थितिमा मिर्चैयामा सुझाव सङ्कलन कार्यक्रम सुरु भएको भएको थियो । दिउँसो २ बजेदेखि सुरु भएको सुझाव सङ्कलन कार्यक्रममा स्थानीयवासी, नागरिक समाज, विभिन्न दलका नेता कार्यकर्ताले नयाँ बन्ने संविधानको प्रारम्भिक मस्यौदामाथि सुझाव दिएका थिए । यस्तै नयाँ संविधानको प्रारम्भिक मस्यौदा–२०७२ माथिको सुझाव सङ्कलन गर्ने कार्यक्रम सिरहाको ६ वटै निर्वाचन क्षेत्रमा । सुझाव सङ्कलन कार्यक्रम भइरहेको सिरहाका प्रमुख जिल्ला अधिकारी मानबहादुर विश्वकर्माले जानकारी दिए । जनताको सुझाव सङ्कलनको कार्यक्रमका बेला केही अप्रिय घटना हुन नदिन सिरहाको सुरक्षा व्यवस्था कडा पारिएको प्रहरी नायब उपरीक्षक माधव बुढाथोकीले बताए । सुझाव सङ्कलनका लागि सिरहाका प्रत्यक्ष निर्वाचित र समानुपातिक सभासद्ले सदरमुकाम सिरहामा संविधानको मस्यौदामाथिको छलफललाई कसरी प्रभावकारी बनाउने भन्ने विषयमा सरोकारवालासँग छलफल गरेको थियो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending