Khabar Dabali २२ चैत्र २०८२ आईतवार | 5th April, 2026 Sun

प्रचण्डलाई कालो झन्डा देखाउनेक्रममा सिरहामा झडप

४ साउन, लहान । एकीकृत नेकपा (\"prachanda\"माओवादी)का अध्यक्ष तथा सिरहा क्षेत्र नम्बर ५ का सभासद् पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई कालो झन्डा देखाउन खोज्ने मधेसवादी दल निकट नेता कार्यकर्ता र प्रहरीबीच आज सिरहाको मिर्चैयामा झडप भएको छ । संविधानको प्रारम्भिक मस्यौदा २०७२ माथि जनताको रायसुझाव सङ्कलनका लागि मिर्चैयामा आयोजित कार्यक्रममा सहभागी हुन आएका अध्यक्ष प्रचण्डलाई मधेस केन्द्रित दलका कार्यकर्ताले कालो झन्डा देखाउन खोजेपछि प्रहरीसँग झडप भएको हो । झडपका क्रममा प्रहरीको लाठी प्रहारबाट आधा दर्जन प्रदर्शनकारी घाइते भएका छन् भने प्रदर्शनकारीको ढुङ्गा प्रहारबाट इलाका प्रहरी कार्यालयका प्रहरी भ्यानमा सामान्य क्षति पुगेको प्रहरीले जनाएको छ । प्रदर्शनकारीको अवरोधका बाबजुद अध्यक्ष दाहालको उपस्थितिमा मिर्चैयामा सुझाव सङ्कलन कार्यक्रम सुरु भएको भएको थियो । दिउँसो २ बजेदेखि सुरु भएको सुझाव सङ्कलन कार्यक्रममा स्थानीयवासी, नागरिक समाज, विभिन्न दलका नेता कार्यकर्ताले नयाँ बन्ने संविधानको प्रारम्भिक मस्यौदामाथि सुझाव दिएका थिए । यस्तै नयाँ संविधानको प्रारम्भिक मस्यौदा–२०७२ माथिको सुझाव सङ्कलन गर्ने कार्यक्रम सिरहाको ६ वटै निर्वाचन क्षेत्रमा । सुझाव सङ्कलन कार्यक्रम भइरहेको सिरहाका प्रमुख जिल्ला अधिकारी मानबहादुर विश्वकर्माले जानकारी दिए । जनताको सुझाव सङ्कलनको कार्यक्रमका बेला केही अप्रिय घटना हुन नदिन सिरहाको सुरक्षा व्यवस्था कडा पारिएको प्रहरी नायब उपरीक्षक माधव बुढाथोकीले बताए । सुझाव सङ्कलनका लागि सिरहाका प्रत्यक्ष निर्वाचित र समानुपातिक सभासद्ले सदरमुकाम सिरहामा संविधानको मस्यौदामाथिको छलफललाई कसरी प्रभावकारी बनाउने भन्ने विषयमा सरोकारवालासँग छलफल गरेको थियो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending