Ntc summer Offer
Khabar Dabali १२ बैशाख २०८१ बुधबार | 24th April, 2024 Wed
NIMB

यसरी छान्छ चिनियाँ कम्युनिष्ट पार्टीले नेता, यसरी गरिन्छ मुल्याकंन

राजनीतिले राष्ट्रको नेतृत्व गर्छ। यसैले राजनीतिक नेतृत्व राष्ट्र र जनताको हितमा निरन्तर क्रियाशील हुनुपर्छ। वास्तवमा राज्यव्यवस्था सञ्चालनमा नेतृत्वको भूमिका प्रमुख हुन्छ। त्यही कुशल नेतृत्व मार्फत अहिले चीन एउटा महाशक्तिको हैसियतमा छ। आन्तरिक चुनौती र विश्व नेतृत्वको चिनियाँ महत्त्वाकांक्षाबीच सन्तुलन कायम गरेर अहिले चीन विश्व व्यवस्थाको नेतृत्व गर्ने अवस्थामा उभिएको छ।

चीनलाई विश्वको सर्वशक्तिमान् हैसियतको परिचय दिन सफल भएको चिनियाँ कम्युनिस्ट पार्टीको नेतृत्व कसरी चयन हुन्छ त ? धेरैको चासोको विषय हुन सक्छ। चिनियाँ कम्युनिस्ट पार्टीको नेतृत्व छनौट गर्ने संयन्त्र र मापदण्ड भिन्न प्रकृतिको छ। जुन विश्वको सबैभन्दा कडा छ।

चीनमा, नेता बन्नका लागि तल्लो तहबाट नै राजनीति सुरु गर्नुपर्दछ। उसले नौ तहका सरकारी पदहरूको जिम्मेवारी सम्हालेको हुनुपर्छ। केन्द्रीय तहको हुनका लागि उसले क्रमशः सेक्शन प्रमुख, डिभिजन उप–प्रमुख, डिभिजन प्रमुख, जनरल अफिसको उप–निर्देशक, सो अफिसका निर्देशक, उप-मन्त्री, मन्त्री, राज्यका उपनेता, राज्य नेता हुनु पर्छ। यति अनुभव हासिल गरेर नेतृत्वको उम्मेदवार बन्न सक्छन्।

चरण १: चीनमा ८५ मिलियन चिनिया कम्युनिस्ट पार्टीका सदस्यहरू छन्। यदि कोही नेतृत्वको आकंक्षा राख्छ भने सबैभन्दा पहिले उसले पार्टीको सदस्य हुनु पर्छ। चीनमा नयाँ पार्टीका बहुसंख्यक सदस्य विश्वविद्यालयहरूमा प्रशिक्षित गरिएका छन्। र पार्टीको सदस्य बन्ने न्यूनतम मापदण्डहरू: उत्कृष्ट शैक्षिक स्कोर, उत्कृष्ट गृहकार्य, र निश्चित स्तरको व्यवस्थापन अनुभवलाई प्राथमिकता दिइन्छ। तथापि यदि कोही अन्य पेसामा छ तर उसमा उल्लेखनीय कार्यदक्षता छ र कार्यप्रति लगाव छ भने उसलाई पार्टी सदस्य बन्ने अवसर प्राप्त हुन्छ।

चरण २: पार्टीको सदस्य बनेपछि उ चीनको सार्वजनिक अधिकारीहरू बन्नुपर्ने हुन्छ। करिब २० लाख आवेदकहरूमध्ये लगभग १० हजार पदको लागि वार्षिक प्रतिस्पर्धा हुने गर्दछ। यसमा प्रति २०० मा एकले मात्र सफलता पाउन सक्छन्। प्रवेश नै गरिसकेपछि पनि सजिलो छैन किनकि देशभरमा उ भन्दा अगाडि ७ करोड लाइनमा रहेका हुन्छन्।

चरण ३: निजामती भई तल्लो तल्लो स्तरबाट सुरु गरेर सामुदायिक कार्य गरेपछि काउन्टीबाट शहरसम्म, त्यसपछि प्रान्तीय तहमा, र त्यसपछि केन्द्रीय स्तरमा पुग्नु पर्ने हुन्छ। यस स्तरमा पुग्न यूरोप र संयुक्त राज्य अमेरिकाले दाबी गरे जतिकै हुन्छ। त्यसपछि उ अन्ततः चिनिया कम्युनिस्ट पार्टीको केन्द्रीय समितिको पोलिटिकल ब्यूरोको स्थायी समितिमा प्रवेश गर्न सक्छ। त्यसपछिमात्र उसले चीनको एक केन्द्रीय नेता बन्ने मौका पाउनेछ।

हालका नेता सी जीनपिङ्ग पनि यस्तै नौ वटा पदको श्रृङ्खला चढेर आइपुगेका हुन्। उनले फुजियान र झेजियांग प्रान्तका र साङ्गाइको एक महानगरपालिका सरकारी जिम्मेवारी लगायतका १६ वटा महत्त्वपूर्ण पदहरू सम्हाली सकेका छन्। यी पदहरूमा उनको ४० वर्षभन्दा बढी बित्यो। यसरी सिजिपिङ्ग उत्पादन ब्रिगेडको पार्टी सेक्रेटरीबाट, फुजियान र झेजियांग प्रान्त र शंघाईका नम्बर १ नेता र त्यसपछि चीनको उप-राष्ट्रपति, सीपीसी महासचिव, चीनका राष्ट्रपति, र अन्ततः चीनको शीर्ष नेता बनेका हुन्।

पदोन्नतिका मापदण्ड के के हुन् ?

उच्च पदमा पुग्ने उम्मेदवारको मूल्याङ्कन गर्न, ‘मत र भोटहरू’ र ‘संगठनको सुपरिवेक्षण र सिफारिस’ सहितको विधिहरू अपनाइन्छन्। मूल्यांकन गर्ने कुरामा नैतिकता आधारभूत महत्त्वको विषय बन्छ। त्यसैले व्यक्तिको नैतिक चरित्र र कार्य क्षमताको मूल्यांकन नियमित गरिइन्छ।

आर्थिक वृद्धि दरलाई मात्र क्षमताको मूल्यांकन गर्ने मापदण्ड मानिँदैन, यसमा आजीविकाको सुधार, बासिन्दाहरूको आय सूचि, व्यावहारिक कार्यप्रतिको समर्पणलाई ध्यानमा राखिन्छ। लाभदायक पदहरू चाहने वा भोट माग्न वकालत गर्ने अधिकारीहरूलाई पदोन्नति हुनेको सम्भावित उम्मेदवारहरूको सूचीबाट हटाइनेछ।

आवश्यक अन्य मापदण्ड 

पुनः एक पटक सी जिनपिङकै उदाहरण लिनुहोस्। स्थानीय पार्टी सचिवको रूपमा फुजियान निङ्गडेमा काम गर्ने क्रममा उनले नौवटा काउन्टीहरूको जिम्मा लिएका थिए। झेजियाङ्गमा सरुवा गरिसकेपछि उनले आफ्नो कामको ५० प्रतिशत समय स्थानीय जनताको जीवन अवस्थाको अध्ययन गर्नमा बिताए। उनी प्राय: बिहान छ देखि सात सम्म उठ्थे र मध्यरात सम्म काम गर्थे। उनले दुई वर्ष भित्रै प्रान्तको ९० वटा सहर र नगरहरू यात्रा गरे। शंघाईमा हुँदा उनले सबै १९ जिल्ला र काउन्टीको भ्रमण गरे।

उनका द्रुत कदमहरू र जोडदार प्रयासहरूबाट फलदायी उपलब्धिहरू प्राप्त भएको स्वीकार गरियो। उदाहरणका रूपमा हेर्दा, डेढ वर्षको उनको कार्यकालमा गरिबी निवारण दर -९६ % रेकर्डमा पुगेको थियो। उनी झेजियांगमा रहेको अवधिमा, त्यस प्रान्तको जिडिपी (कुल गार्हस्थ्य उत्पादन) २००२ मा 767 अर्व युआनबाट बढेर २००२ मा एक ट्रिलियन र सन् २००७ मा ८६३.८४ बिलियन अरब युआन पुगेको छ।

चीनको द्रुत विकासलाई तथ्यले प्रमाणित गरेको छ। ६६ मिलियन चिनियाँहरूले गरिबीबाट मुक्ति पाएका छन्। सी जिनपिङ्ग कै नेतृत्वमा विगत ५ वर्षमा विश्वको १ नम्बर भई आर्थिक वृद्धिमा ३०% भन्दा बढी योगदान पुर्‍याउने काम भएको छ, जुन कारण उनको शासनलाई श्रेय दिन सकिन्छ।

चीनमा विभिन्न तहका परीक्षण र अभ्यास पार गरेर मात्र १ अर्व ४० करोड जनसङ्ख्या भएको देशको केन्द्रीय नेता बन्न सक्छ।यसरी नेता छानिएका कारण नै वर्षौँसम्म चीनको नीतिका सबै पक्षले आधारभूत स्थायित्व कायम गर्न सक्दछ, आर्थिक वृद्धि निरन्तर वृद्धि भइरहेको छ। चिनियाँहरूको भन्नुस् या विश्वका एक तिहाइ जनताको जीवन केही दशक यता उच्चस्तरमा पुगेको छ।

नेतृत्व चयन गर्ने कडा संयन्त्रले चिनिया कम्युनिस्ट पार्टीको उत्कृष्टता सुनिश्चित गर्दछ। यहीँभित्र नै देशको दिगो र बढ्दो अर्थव्यवस्थाको कारणको रहस्य खोज्न सकिन्छ।

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies