Ntc summer Offer
Khabar Dabali ११ बैशाख २०८१ मंगलवार | 23rd April, 2024 Tue
NIMB

खोटाङको उत्तरी क्षेत्रमा नमस्ते मोबाइल सेवा

\"NTC\"६ साउन, खोटाङ। जिल्लाको उत्तरी क्षेत्रमा पहिलोपटक नमस्ते मोबाइल सेवा सञ्चालन भएको छ । नेपाल टेलिकमले फेदी–९ मा ९०० मेगाहर्जको एसडिआर जिएसएम मोबाइल बिटिएस जडान गरेपछि जिल्लाको उत्तरी क्षेत्रमा पर्ने दर्जनभन्दा बढी गाविसमा नमस्ते मोवाइल सेवा सञ्चालन भएको हो । टेलिकमको चार करोडभन्दा बढी लागतमा सोलार प्यानेलसहितको टावर जडान गरिएको नेपाल टेलिकम खोटाङका प्रमुख भरोषी साहले बताए । उनले भने– ‘उत्तरी क्षेत्रमा पर्ने दश गाविसलाई लक्षित गरेर टावर जडान गरेका हौँ तर यसले खोटाङको डेढ दर्जनभन्दा बढी र भोजपुरको पनि केही गाविसमा राम्रो काम गरेको छ ।’ जिल्लाको दुर्गम क्षेत्र मानिने फेदी गाविसमा टावर जडान गरिएपछि उत्तरी क्षेत्रका हजारौँ सेवाग्राहीले एकसाथ कुरा गर्न पाएका छन् । सबै प्रकारका टेलिफोन सेवाको पहुँच नभएको त्यस क्षेत्रमा नमस्ते मोबाइल सेवा सञ्चालन भएपछि सेवाग्राहीको सङ्ख्यासमेत वृद्धि भएको टेलिकमले जनाएको छ । टावर जडान भएपछि डेढ÷दुई घन्टा धाएर फोन गर्न जानुपर्ने समस्या हटेको खार्मी–५ का हर्कराज राईले बताउनुभयो । एमाले गाउँ पार्टी अध्यक्षसमेत रहनुभएका राईले भने– ‘हरेक बैठक तथा पार्टीको काम घरैमा बसीबसी गर्न पाइएको छ, यसले गर्दा फोन गर्न जानआउन लाग्ने समयको समेत बचत भएको छ ।’ फेदी, पाथेका, खार्मी, बास्पानी, खार्ताम्छा, बाक्सिला, सप्तेश्वर, जालपा, हौंचुर र कुभिण्डे गाविसका उपभोक्तालाई लक्षित गरेर जडान गरिएको टावरले आसपासका अन्य गाविसका साथै भोजपुरका केही गाविसमा समेत सहज रुपमा सेवा दिएको टेलिकमले जनाएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies