आन्दोलन निष्कर्षमा पुर्याउने हाम्रो प्रतिज्ञा होः महन्त ठाकुर
श्रावण ६ गते, २०७२ बुधवार 22nd July, 2015 Wed१२:५३:४७ मा प्रकाशित
५ साउन, काठमाडौं । तराई मधेस लोकतान्त्रीक पार्टी (तमलोपा) अध्यक्ष महन्त ठाकुरले सत्ताधारी कांग्रेस एमालेले आफ्ना लागि ०४७ सालमैं संविधान बनाई सकेको हुनाले अहिलेको संविधान मधेसी जनताका लागि बनाउनु पर्ने बताएका छन् ।
खबरडबलीसँग विशेष कुराकानी गर्दै अध्यक्ष ठाकुरले संविधानको प्रारम्भीक मस्यौदा पहिलो संविधानसभाले गरेको निर्णय भन्दा पनि पश्चगामी तवरले लेखिएकाले त्यसको विरोध मधेमा मात्र नभएर पहाडमा पनि भएको बताए ।
‘मस्यौदाको विरोध मधेसमा मात्र भएको छैन् यसको विरोध त पहाडका क्षेत्रहरुमा पनि भैरहेको छ । जनताहरु यसको प्रतिकारमा उत्रेका छन् तर, सत्तापक्षले यसलाई संवोधन गर्ने भन्दा पनि दमन गर्न लागेको छ ।’– उनले भने ।
उनले सत्ताधारीहरु यथास्थितिमा रमाएकाले अहिलेको संविधानलाई ०४७ सालकै संविधान बनाउन लागि परेको बताए । ‘त्यसैले मैले भनेको हुँ सत्ताधारी कांग्रेस एमालेले त आफ्नो संविधान ०४७ मै बनाए, अहिलेको संविधान त मधेसी आदिवादी, उत्पीडित महिला, किसानका लागि बनाइनु पर्ने हो तर, यो के भैरहेको छ ?’– उनले प्रश्न गरे ।
तपाईहरुको आन्दोलन ०६२/०६३ अघि सात दलको प्रतिगमन विरोधी आन्दोलन जस्तै हुने त होइन भन्ने प्रश्नमा उनले सत्ताधारीहरुले जनताको अधिकारलाई संविधानमा समावेश नगरेसम्म आन्दोलन कुनै पनि हालतमा नरोकिने दाबी गरे । ‘हामीले प्रतिज्ञा गरेका छौं अहिलेको आन्दोलन निष्कर्षमा नपुर्याई रोक्ने छैनौं ।’– ठाकुरले खबरडबलीसँग भने ।
मधेस विद्रोहको उपलब्धी भनेको नै संघियता भएको बताउँदै उनले अहिले संविधानको प्रारम्भीक मस्यौदामा सिमाङकन र नामाङकन विनाको प्रदेशको घोषणा गरिने घातक हुने चेतावनी दिए । आफुहरुले अहिले कै संविधानसभाबाट संविधान चाहेको बताउँदै जनताको अपनत्व नहुने संविधानलाई आफुहरुले कुनै पनि हालतमा नस्विकार्ने बताए ।
‘संविधान किन बनाउने हो ? जनताले आफ्नो ओनरसिप लिन सकेन भने त्यसो संविधानलाई हामीले किन मान्ने ? हामी त्यस्तो संविधान स्विकार्न सक्दैनौं ।’– उनले भने । उनले आफुहरुले जायज माग उठाउँदा पनि दक्षिणबाट आएको भनेर अपमानित गर्ने गरिएको बताउँदै मधेसी आदिवासी जनजाति दोयम दर्जाको नागरिक भएर बस्न नसक्ने बताए ।
उनले मुलुकको विकासमा सबै नागरिकहरु समान हुने र अपनत्वको भावना पलाएमा मात्र मुलुक अघि बढने विचार राखे । अहिलेको सरकारलाई बारम्बार यथास्थितिवादी सरकार भएको आरोप लागाएका ठाकुरले आफुहरुको कुनै पनि स्वार्थ नरहेको बताए । उनले मधेसी मोर्चाले चलाएको आन्दोलन मधेसी जनताको मात्र नभएर उत्पीडितहरुको पनि आन्दोलन भएको बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ।
...
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...
प्रतिकृया लेख्नुहोस्: