झापा। झापाको एक विद्यालयमा अध्ययनरत बालकको मृत्यु भएपछि विद्यालय विवादमा तानिएको छ । शिक्षकको कुटाइबाटती बालकको मृत्यु भएको आशंकामा प्रहरीले अनुसन्धान थालेको छ ।
आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ - कनकाई नगरपालिका-६ स्थित चम्पापुर माध्यमिक विद्यालयमा अध्ययनरत १० वर्षीय कृष्णप्रसाद राजवंशीको बिहीबार उपचारका क्रममा मृत्यु भएको हो । उनी कक्षा ४ मा अध्ययनरत थिए ।
राजवंशीको मृत्युपछि विद्यालयको कार्यालय सहायक (खरिदार) पदमा कार्यरत रविन मगरलाई प्रहरीले नियन्त्रणमा लिएको छ । मगरले कक्षा ४ मा पठनपाठन गराउने क्रममा सोधेको कुरा नजानेको भन्दै गत माघ १८ गते राजवंशीलाई कुटपिट गरेका थिए ।
शिक्षकको कुटाइबाट विद्यार्थीको कान सुन्निएपछि उपचारका लागि तत्काल स्थानीय कामेश मेडिकल लगिएको थियो । मेडिकलमा सामान्य उपचारपछि उनलाई घर पठाइएको थियो । घर पुगेपछि पनि बालकले आफूलाई शिक्षकले कुटेको कुरा अभिभावकसँग बताएनन् । तर, घरमा कान झनै सुन्निन थालेपछि आफन्तले बारुलाले टोकेको होला भनेर बालकका साथीसँग सोधपुछ गरेका थिए । त्यसपछि राजवंशीका साथीले उनलाई शिक्षकले कान मोलेर यस्तो भएको बताएका थिए ।
बालकको स्वास्थ्य अवस्था झनै बिग्रिँदै गएपछि थप उपचारका लागि तत्काल बिर्ता सिटी हस्पिटल लगिएको थियो । तर, त्यहाँ पनि उपचार सम्भव नभएपछि बी एन्ड सी पुर्याइएको जानकारी विद्यालयका एक शिक्षक दिए । उनले भने, ‘बच्चाको कान सुन्निएको छ । ठूलो अस्पतालमा लैजानु भनेपछि बिर्तामोडस्थित बी एन्डसी अस्पताल पुर्याइएको थियो। त्यहाँ पनि उपचार सम्भव नभएको भन्दै बिहीबार विराटनगरस्थित नोबेल मेडिकल कलेज पठाइएको थियो । तर, अस्पताल पुर्याएर उपचार सुरु गरे लगत्तै विद्यार्थीको मृत्यु भयो ।’
‘रविन सरले पढाउने क्रममा ‘ह्वाट इज योर ग्रेन्डफादर नेम’ भनेर सोध्नु भएको रहेछ’, ती शिक्षकले भने, ‘विद्यार्थीले जवाफ दिन नसकेपछि कान तान्नु भएको भन्ने सुनिएको हो । आफूले देखेको छैन । के कारणले विद्यार्थीको मृत्यु भयो भन्ने कुरा पोस्टमार्टम रिपोर्ट आएपछि थाहा हुन्छ । सुन्दैछु निमोनियाले गर्दा बच्चाको निधन भएको हो ।’
बी एन्ड सी अस्पताल बिर्तामोडले नोबेलमा रिफर गरेपछि विद्यालयले बालकलाई उपचारका लागि ३० हजार रुपैयाँ दिएको थियो । त्यसपछि मात्र बालकको परिवारले उनलाई २८ गते नोबेल अस्पताल लगेका थिए । अस्पतालमा भर्ना भएका बालकलाई साधारण बेडमा अक्सिजन दिएर राखिएको थियो । त्यसको आधा घण्टापछि नै उनको मृत्यु भएको स्थानीय छिमेकी कृष्ण पौडेलले बताए ।
विद्यालयका प्रधानाध्यापक विष्णुप्रसाद कोइरालाका अनुसार शिक्षकले सामान्य कान मोले पनि बालकको पुरानै बिरामी निमोनियाका कारण मृत्यु भएको दाबी गरे । इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी नायब उपरीक्षक सन्तोष आचार्यले शिक्षकको पिटाइबाट विद्यार्थीको मृत्यु भएको भन्ने खबर आएपछि शिक्षकलाई पनि सोधपुछका लागि अहिले इलाका प्रहरी कार्यालय अनारमनी बिर्तामोडमा राखिएको छ ।
आचार्यले भने, ‘उक्त घटनाको बारेमा बिहीबार साँझसम्म उजुरी परेको छैन । उजुरी आएपछि मात्र घटनावारे थप अनुसन्धान गरिनेछ ।’ विद्यालयमा शिक्षक कम भएको समयमा मगरलाई विद्यार्थी नियन्त्रण गर्न र पढाउन जिम्मेवारी दिने गरेको पाइएको छ ।
aplly description here...
चैत्र ८ गते, २०७७ - ०८:०७
काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...
चैत्र ८ गते, २०७७ - ०७:१७
काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...
चैत्र ८ गते, २०७७ - ०७:०३
काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...
चैत्र ८ गते, २०७७ - ०६:३८
काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...
चैत्र ८ गते, २०७७ - ०६:३१
काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...
चैत्र ७ गते, २०७७ - ०८:५३
सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...
चैत्र ७ गते, २०७७ - ०८:४५
काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...
चैत्र ७ गते, २०७७ - ०८:०१
काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...
चैत्र ७ गते, २०७७ - ०७:४५
काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...
चैत्र ७ गते, २०७७ - ०७:४०
काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...



प्रतिकृया लेख्नुहोस्: