Khabar Dabali १९ चैत्र २०८२ बिहीबार | 2nd April, 2026 Thu

कार्यकारी प्रणालीको समर्थन गर्दै राजेश हमालले बाबुरामलाई सुनाए ‘भातरोटी’ को जोक

\"baburam९ साउन, काठमाडौं । एमाओवादी वरिष्ठ नेता बाबुराम भट्टराईले कार्यकारी प्रणालीको विषयमा शनिबार विभिन्न क्षेत्रका विज्ञ तथा अगुवाहरुसँग छलफल गरे ।  छलफलको क्रममा अधिकांशले कार्यकारी शासन प्रणालीमा जान सुझाए । छलफलको लागि आएका महानायक राजेश हमाल, नायीका करिश्मा मानन्धरले कार्यकारी प्रणालीमा जान सुझाए । त्यस्तै कलाकार तुल्सी घिमिरेले पनि कार्यकारी प्रणाली अंगिकार गर्न सुझाव दिएका थिए ।  महानायक हमाल र नायीका करिस्मा मानन्धरको भनाईलाईलाई हामील यहाँ प्रस्तुत गरेका छौं । जुवा खेलेर भएपनि कार्यकारी प्रणालीमा जाऔ :हमाल लोकतन्त्र सुनिश्चित होस् । स्थिर सरकार यतिबेला आवश्यक छ, जसले राष्ट्रलाई निकास दिन सकोस् । विगतको आन्दोलनले स्थिर सरकार खोजीरहेको छ । नेपाली जनता पटकपटक निराश हुनुपरेको छ ।  म आफू पनि जनता नै हो ।  हामीले जुन स्थिरता र राष्ट्रको निकाश खोजीरहेका छौं । तर राजनीतिक दल र नेताबाट त्यसको विपरित पाएका छौं ।  विगतका अनुभव हामीले बटुल्ने हो भने, सत्ता मोह, व्यक्तिगत स्वार्थ, दलीय स्वार्थलाई नै नेताहरुले प्राथामिकतामा राखेको देखिन्छ  ।  राष्ट्र र जनता प्रतिको भावना निकै कम छ । त्यही भएर पनि होला सायद नेपाली जनता हामीले अभ्यास गरिरहेको प्रणालीमा नै केही त्रुटी छ की भन्ने निर्णयमा पुगेको होला ।  यो होइनको यसको विकल्प धेरै राम्रो हो ।  सायद अर्को प्रणालीले राष्ट्रलाई निकाश दिन्छकी । त्यो  कसीमको अपेक्षा जनताले गरेका छन् । लोकतान्त्रि प्रणालीमा अर्को अप्सनको रुपमा कार्यकारी प्रणालीलाई हेरिएको हो । यत्तिका वर्ष हामीले अहिलेको प्रणाली अपनाइसकेका छौं ।  यो प्रणाली फेलियर अनुभव गरिसकेपछि, अर्को अप्सनलाई किन युटिलाईज नगर्ने भनेरै यो आवाज उठीरहेको होला । यो प्रणालीबाट नि राष्ट्रले निकास पाइहाल्छ भन्ने पक्षमा हामी जनता छैनौं । हामीले यसलाई रिस्क मोलेरै उठाएका हौं ।  किनकी लोकतन्त्रमा जनताले कुनै पनि कदम उठाउनुभनेको उसले रिस्क मोलेरै, जुवा खेलेरै गरेको हुन्छ ।  सायद यसले गर्दा उपयुक्त विकल्प खोजेका हुन्की । एउटा उदाहरणको लागि नेपालमा कुनै पेट दुखेको विरामी डाक्टरकोमा गयो भने , डाक्टरले ‘तपाईं भात नखानुस्, २ चार दिन रोटी खानुस्’ भन्छरे । ईन्डियामा त्यहि विरामी डक्टरकोमा गयो भने, ‘तपाईं रोटी नखानुस् भात खानुस् भन्छ रे ।’ त्यसकारण अर्को अप्सन जुन हामीमा छ त्यसलाई रिस्क मोलेरै ट्राई गरौं ।  कार्यकारी प्रणालीका अफ्ठ्यारा नभएका होइनन् ।  जुन रिस्क हामीले बोकेका छौं । त्यो वास्तविकतामा परिणत हुन सक्दैन भन्ने होइन ।  मेरो छनौट कार्यकारी प्रणालीमा हुनुको कारण संसदीय व्यवस्था खराब हो भनेर होइन ।  आम नेपाली जनता सरह मैले पनि रिस्क मोलेरै,  जुला खेलेरै सायद नेपाल र नेपाली जनताको लागि यसले फाइदा देलाकी भनेर मैले आफ्नो कदम उठाएको हो । लोकतन्त्र हामी नेपाली जनतलाई धेरै प्रिय छ, त्यो नेपाली जनताले गुमाउन चहादैनौं ।  त्यसको छातामूनि रहेर आफ्नो गोलमा पुर्याउन सक्यो भने उचित होला । कार्यकारी राष्ट्रपति हुनुपर्छ : करिस्मा \"karishma\"हाम्रो नेपालमा राजनीति गर्ने नेता र जनताबीचमा कनेक्सन छैन ।  जव जनताले आफ्नो नेता आफै छान्ने मौका पाउँछ त्यो भनेको केनेक्सन हुनु हो ।  उसले आफ्नो रोजाइको नेतृत्व चयन गर्न पाउनु कार्यकारी प्रणाली नै हो । अहिलेको परिस्थितिमा एकदमै सान्दर्भीक कुरा हो प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणाली । यसको नकारात्मक प्रभावको विषयमा मलाई त्यति ज्ञान छैन । तर जनताले आफ्नो नेता छान्न पाउनुपर्छ । हामी चलचित्रको भाषामा भन्नुपर्दा , हामी चलचित्र बनाउँछौं र हलमा ल्याउँछौं । यदी त्यो चलचित्र नराम्रो भएको खण्डमा फ्लप हुन्छ । त्यसैले राम्रो चलचित्र बनाए मात्रै चलचित्र चल्ने हुन्छ । देशको लागि निर्वाचीत हुने कार्यकारी प्रमुखले जनताको लागि राम्रो सोचेन भने सफल हुँदैन  ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending