Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

खानेपानी आयोजनाको काम ९५ प्रतिशत पूरा

\"FB_IMG_1437869114259-1\"११ साउन, धनकुटा । धनकुटा बजारमा सन् २०१३ सेक्टेम्बरबाट सुरु भएको दोस्रो साना सहरी खानेपानी आयोजना निर्माणको काम ९५ प्रतिशत पूरा भएको छ । काम पूरा भएपछि धनकुटा सदरमुकाममा २४ खानेपानी सहज रुपमा आपूर्ति हुने खानेपानी तथा ढल निकास विभाग क्षेत्रीय अनुगमन तथा सुपरिवेक्षण कार्यालयले जनाएको छ । प्रारम्भिक समयमा चाडपर्व, बन्द हडताल र स्थानीय कामदारको अभावका कारण तीन महिना ढिलाइ भएको र पछिल्लो समय महाभूकम्पका कारण खानेपानी आयोजना समयमा सम्पन्न गर्न धेरै कठिनाइ खेपिरहेको ठेकेदार कम्पनी हाङजाओ(कन्काई संयुक्त निर्माण सेवाले गएको गत महिनामा सक्ने भनी सम्झौता गरेको थियो । आयोजनाको काम नसकिँदा खानेपानीको चर्को अभाव भोगिरहेका धनकुटा बजारबासीहरुको पर्याप्त पानी उपभोग गर्ने आशा अब केही दिनमै पूरा हुने खानेपानी तथा ढल निकास विभाग क्षेत्रीय अनुगमन तथा सुपरिवेक्षण कार्यालयका इन्जिनियर कुशेश्वर चौधरीले बताए । बजार क्षेत्रको खानेपानी समस्या अन्त्यका लागि निर्माण भइरहेको दोस्रो साना सहरी खानेपानी आयोजनाको ९५ प्रतिशत काम सकिएको हो । खानेपानी ट्याङ्की निर्माण र पाइप लाइन बिछ्याउने कार्य पूरा भएको छ । त्यसैले आयोजनाको काम सक्न अझै केही दिन लाग्ने परामर्शदाता बिल्डिङ डिजाइन अथोरिटी कम्पनीका इन्जिनियर वीरेन्द्र महर्जनले बताए । निबुवा र निगालेमा निर्माणाधीन पानी फिल्टर गर्ने दुई वाटर ट्रिटमेन्ट प्लान्टको काम सकिएको छ । सल्लेरीमा रहेको प्रतिसेकेन्ड १४ लिटर पानी छान्ने क्षमताको अर्को ट्रिटमेन्ट प्लान्ट मर्मत गरिएको छ । त्यस्तै, सल्लेरीमा तीन लाख, चुलीवनमा एक लाख २५ हजार, निगालेमा २० हजार र ठोकाको पम्पिङ लाइनमा २० हजार घनमिटरको रिजर्व ट्याङ्की, चैतेनी डाँडामा २० हजार घनमिटर र निबुवामा ५० हजार घनमिटर क्षमताका दुई ट्याङ्की निर्माण गरिएको छ । नगरक्षेत्रमा ८२ किलोमिटर पाइप लाइन विस्तारको काम सकिएको छ । पम्पिङ गरि धनकुटा(४ स्कुल डाँडामा अहिले पानी झारीएको छ । तत्काल जडान गर्नुपर्ने तीन हजार एक सय ३० घरेलु धारामध्ये दुई हजार एक सय धारा मात्रै जडान भएका छन् । त्यसैले यी सबै काम सकेर पर्याप्त खानेपानी उपभोग गराउने योजना केही दिनमै पूरा हुने इन्जिनियर महर्जनले बताए । विगतमा एकातर्फ खानेपानीको समस्या थियो भने अर्कोतर्फ फिल्टर गरेर वा उमालेर मात्र पिउनुपर्ने बाध्यता थियो । तर, अब धाराबाट सिधै पिउन सकिने गुणस्तरको पानी उपलब्ध हुने आयोजनाका अर्का इन्जिनियर कुशल अधिकारीले बताए । ‘वैज्ञानिक ढंगका फिल्टर ट्याङ्कीबाट पानी वितरण गरिने भएपछि उपभोक्ताले प्रत्यक्ष रुपमा धाराबाटै पिउन सक्नेछन्,’ अधिकारीले भने । सदरमुकाममा पानी आपूर्तिका लागि मुडे, त्रिशुले, आइतबारे लुङदाङ, तीन दोभाने, निबुवा, ताङ्खुवा, छर्छरे लगायत दुई दर्जन स्थानमा मुहान व्यवस्थित गरिएको छ । बजार क्षेत्रभन्दा तलको पानी लिफ्ट गरेर खानेपानी आयोजना निर्माण सम्पन्न सम्पन्न हुने भएकाले निर्माण र प्राविधिक कार्य ढिलो भएको धनकुटा खानेपानी उपभोक्ता समितिका अध्यक्ष गंगाबहादुर राईले बताए । सरकारको ५०, एसियाली विकास बैंकको ४५ र उपभोक्ताको पाँच प्रतिशत गरि कुल २४ करोड ७१ लाख ३१ हजार सात सय ३४ रुपैयाँको लागतमा सम्पन्न हुने खानेपानी आयोजना सञ्चालनमा आएपछि वर्षौंदेखि खानेपानीको विकराल समस्या समाधान हुने आशामा बजारबासी छन् । त्यसैकारण बजारका सडक भत्किएर सवारी चलाउन समस्या हुँदासमेत चुपचाप सहेर बसेको स्थानीय विक्रम श्रेष्ठले बताए । नेपाल सरकार, एशियाली विकास बैंक ९एडीबी० र उपभोक्ताको संयुक्त लगानीमा धनकुटा लगायत पूर्वका काँकडभिट्टा, फिदिम, दुहबी, दमक, खाँदबारी, इन्द्रपुर, लेटाङ लगायतका स्थानमा पनि साना सहरी खानेपानी तथा सरसफाइ आयोजना सञ्चालन भइरहेका छन् । यस्तै, मुलुकभरका २४ सहरमा यस्ता आयोजनाको काम सञ्चालन भएको निर्माण कार्यको जिम्मा लिएको हाङ्जाओ(कन्काई संयुक्त निर्माण सेवाका प्रोजेक्ट इन्चार्ज दीपकराज मैनालीले जानकारी दिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies