Ntc summer Offer
Khabar Dabali २१ बैशाख २०८१ शुक्रबार | 3rd May, 2024 Fri
NIMB

ओली सरकार विरुद्ध अविश्वास प्रस्तावको तयारी : के गर्ला नेपाल पक्ष ?

काठमाडौं । नेपाली कांग्रेसले केपी ओली नेतृत्वको सरकारविरुद्ध अविश्वास प्रस्ताव ल्याउने भएको छ । माओवादी केन्द्रसँगको सहमतिमा अविश्वास प्रस्ताव ल्याउने निश्कर्षमा कांग्रेस पुगेको हो ।

सम्भवतः नेपाली कांग्रेसको यही तयारीबारे सूचना पाएर हुनसक्छ, बुधबार मात्रै प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नै निर्णयबाट कार्वाही गरेका अर्का नेता माधव नेपालसँग छलफल गरेका छन् ।

बुधबार बिहान काँग्रेस सभापति शेरबहादुर देउवानिवास बूढानीलकण्ठमा बसेको पदाधिकारी तथा पूर्वपदाधिकारी सम्मिलित बैठकमा अविश्वासको प्रस्ताव दर्ता गराउन नेताहरु एकमत भएका थिए ।

बुधबार मात्रै माओवादी केन्द्रको स्थायी कमिटी बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने विषयमा निर्णय गर्ने अधिकार अध्यक्ष प्रचचण्डलाई सुम्पिएको थियो ।

यसअघि वैशाख ७ गते बस्ने भनिएको प्रतिनिधि सभाको बैठकमा अविश्वास प्रस्ताव ल्याउने तयारी भएपनि ६ गते नै संसदको अधिवेशन अन्त्य गरिएको थियो । संसद नबसेको भएपनि अविश्वास प्रस्ताव दर्ता गर्न सकिने प्रावधान भएकोले सम्भवतः एक दुई दिनमै सरकारविरुद्ध अविश्वास प्रस्ताव दर्ता गर्ने निश्कर्ष कांग्रेसको छ ।

अविश्वास प्रस्ताव दर्ता भएसँगै माओवादी केन्द्रले पनि समर्थन फिर्ता लिने अवस्थामा प्रधानमन्त्रीलाई विश्वासको मत लिनुपर्ने अवस्था आउने छ । प्रधानमन्त्रीविरुद्ध अविश्वासको मत आएको खण्डमा माधव नेपाल समूहले फ्लर क्रस गर्ने स्थिति बन्यो भने राजनीतिक परिस्थिति परिवर्तन हुने देखिन्छ ।

अविश्वास प्रस्ताव आएको अवस्थामा जनता समाजवादी पार्टीले पनि सरकारविरुद्ध मत दिने या पार्टीले ह्विप नलगाएको खण्डमा आधा सांसदले त्यसको समर्थन गर्नसक्ने अवस्था रहेको छ ।

बुधबार सम्पन्न कांग्रेस पदाधिकारीको बैठकमा सभापति शेरबहादुर देउवाले दुईरतीन दिनभित्रको राजनीतिक घटनाक्रम हेरेर अविश्वासको प्रस्ताव अगाडि बढाउन तयार रहेको बताएका थिए ।

दुई–तीन दिनमै एमालेमा ओली र नेपाल पक्षबीचको संघर्षले पनि प्रष्ट दिशा लिने बूढानीलकण्ठ बैठकको विश्लेषण छ ।

नेकपा एमालेले आगामी १० गतेका लागि बोलाएको केन्द्रीय समितिको बैठकले यसअघि कार्वाहीका लागि स्पष्टिकरण सोधिएका २७ जना सांसदका बारेमा के निर्णय गर्छ भन्ने विषयले अविश्वास प्रस्तावको भविष्य निर्धारण गर्ने देखिन्छ । केपी ओली पक्षले २७ जना सांसदलाई कार्वाही गर्ने अवस्थामा कमजोर बन्ने निश्कर्ष निकाल्दै माधव नेपालसँग वार्ताका लागि ओलीलाई दबाब दिएका थिए ।

अविश्वास प्रस्ताव र नयाँ सरकार गठनबारे देउवा र प्रचण्डबीच निर्णायक वार्ता हुने बुझिएको छ । छलफलको मिति र समय निर्धारित नभएपनि समग्र परिस्थितिको आँकलन गरि दुबै नेताबीच छलफल हुनसक्ने श्रोतले बतायो । यसैगरी कांग्रेस र माओवादीका नेताहरुले माधव पक्षका नेताहरुसँग समेत अनौपचारिक छलफल तीब्र पारेका छन् ।

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies