सिरहा । लक्ष्मीपुर पतारी गाउँपालिका–४ ब्रमपुरी बस्ने सत्रुधन मुखियाकी १५ वर्षीया छोरी दिपा कुमारी मुखियाको शनिबार बिहान करेन्ट लागेर मृत्यु भएको छ । आफ्नै घरमा मोटर जडान भएको कल चलाउने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएकी उनको उपचारको लागि लहानतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रतिकृया लेख्नुहोस्: