Ntc summer Offer
Khabar Dabali ५ जेष्ठ २०८१ शनिबार | 18th May, 2024 Sat
NIMB

सुदूरपश्चिममा ५५ प्रतिशत कोरोना सङ्क्रमित निको भए 

रासस

सुदूरपश्चिम ।  कोरोना भाइरसको महामारी फैलिएसँगै सुदूरपश्चिम प्रदेशमा सङ्क्रमित हुनेमध्ये अहिलेसम्म झण्डै ५५ प्रतिशत बिरामी उपचार व्यवस्थापनपछि घर फर्किएका छन् । स्वास्थ्य निर्देशनालय दिपायलको तथ्याङ्कअनुसार हालसम्म पिसिआर र एन्टिजेन पद्धतिबाट गरिएको नमूना परीक्षणमा सङ्क्रमित पुष्टि भएका ४० हजार ५७३ मध्ये २२ हजार २५० उपचार व्यवस्थापनपछि घर फर्किएका हुन् ।

सङ्क्रमित हुनेमध्ये अहिलेसम्म भण्डै एक प्रतिशत अर्थात् ४२८ जनाको मृत्यु भएको छ । जटिल अवस्थाका सङ्क्रमितको अस्पतालमा उपचार व्यवस्थापन भइरहेको छ । सङ्क्रमण भएर पनि अवस्था सामान्य भएका अन्य सङ्क्रमित संस्थागत आइसोलेशन र  होम आइसोलेशनमा नै बसेर उपचाररत छन् ।

कोरोना भाइरसजस्तो लक्षण भएका तर नमूना परीक्षण नगराएका पनि होम आइसोलेशनको एकान्तवासमा छन् । गत वर्षको कोरोना महामारीमा पिसिआर विधिबाट मात्र लक्षण देखिएका व्यक्तिको नमूना परीक्षण गर्ने गरिएकामा यस वर्ष पिसिआरका साथै एन्टिजेन विधिबाट समेत नमूना परीक्षण भइरहेको छ । अहिलेसम्म पिसिआरतर्फ एक लाख ७१ हजार ७६३ को नमूना परीक्षण भएकामा ३५ हजार ११९ मा सङ्क्रमण भएको छ ।

एन्टिजेन परीक्षण पद्धतिबाट हालसम्म ३७ हजार ४६५ को नमूना परीक्षण गरिएकामा पाँच हजार ४५४ जनामा सङ्क्रमण भएको पाइएको छ । कोरोनाको दोस्रो लहर फैलिएसँगै सङ्क्रमण र मृत्यु हुने दर ह्वात्तै बढेको छ । प्रदेशका कैलाली र कञ्चनपुर सबैभन्दा बढी प्रभावित छन् ।

तथ्याङ्क विश्लेषण गर्दा एन्टिजेन पद्धतिबाट गरिएको नमूना परीक्षणमा सङ्क्रमित फेला पर्नेमध्ये तीन दशमलब ५५ प्रतिशत अर्थात् १९४ जनाको मृत्यु भएको छ भने पिसिआर पद्धतिबाट गरिएको परीक्षणमा सङ्क्रमित फेला पर्नेमध्ये शून्य दशमलब ६६ प्रतिशत अर्थात् २३४ को मृत्यु भएको छ ।

प्रदेशको कूल जनसङ्ख्या २५ लाख ५२ हजार ५१७ को अहिलेसम्म भण्डै आठ प्रतिशत अर्थात् दुई लाख नौ हजार २२८ जनसङ्ख्याको मात्र कोरोना भाइरसको नमूना परीक्षण हुन सकेको छ । एन्टिजेन परीक्षण गएको वैशाखदेखि मात्र शुरु गरिएको थियो ।

प्रदेशभरिका विभिन्न १२ अस्पताल तथा स्वास्थ्य संस्थामा उपचार व्यवस्थापन भइरहेका बिरामीमध्ये पछिल्लो २४ घण्टामा जटिल अवस्थाका ४२ को सघन उपचार कक्षमा र १२ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

प्रदेशको एक मात्र ‘रेफरल’ अस्पतालका रुपमा रहेको सेती प्रदेशिक अस्पताल धनगढीको तथ्याङ्कका अनुसार कोरोना भाइरसको दोस्रो लहर फैलिएपछि शनिबारसम्म ८१५ जना अर्थात् झण्डै ८६ प्रतिशत सङ्क्रमित उपचार व्यवस्थापनपछि घर फर्किएका छन् ।

दोस्रो लहर फैलिएपछि सो अस्पतालमा ९४३ सङ्क्रमित भर्ना भएका छन् । कोरोना फैलिएपछि हालसम्म उपचार व्यवस्थापनका क्रममा १४५ को मृत्यु  भएको छ । मृत्यु हुने यो दर झण्डै १५ प्रतिशत हो । अस्पतालमा शनिबार १०३ जना उपचाररत रहेका छन् । पछिल्लो २४ घण्टामा नौजना भर्ना हुँदा दशजना उपचारपछि घर फर्किएका छन् । सघन उपचार कक्ष (आइसियु)मा १६ जना उपचाररत छन् । 

अस्पतालको पिसिआर प्रयोगशालामा सङ्कलित स्वाबको नमूना परीक्षण गर्दा हालसम्म १६ हजार २२१ को नतिजा ‘पोजेटिभ’ आएको अस्पतालले उपलब्ध गराएको तथ्याङ्कमा छ । अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले जटिल अवस्थाका कतिपय बिरामी उपचारका लागि ढिलो गरी अस्पताल आउने गर्दा यस्ता बिरामीको ज्यान जोगाउन मुस्किल भइरहेको बताए  । 

“उपचार व्यवस्थापनका लागि अस्पताल पुग्न जति ढिलो गरियो, त्यति मृत्युवरण हुने जोखिम छ”, उनले भने, “अस्पतालमा दोस्रो लहर फैलिएको शुरुको अवस्थामा अक्सिजनको अभाव हुँदा उपचार व्यवस्थापनमा देखिएको समस्या पछिल्लो हप्तादेखि अक्सिजन कन्सन्ट्रेटरको जडानसँगै हटेको छ ।”

सेती प्रादेशिक अस्पतालमा भर्ना भएकामध्ये हालसम्म २८ जना सङ्क्रमित थप उपचारका लागि अन्यत्र सिफारिस गरिएका छन् । गत वर्ष कोरोनाको पहिलो लहर फैलिँदा कतिपय सङ्क्रमितलाई थप उपचारका लागि नेपालगञ्ज लैजाने गरिएको थियो । दोस्रो लहरपछि भने धेरै बिरामीलाई काठमाडौँ वा चितवन पु¥याउने गरिएको छ । यस्ता बिरामीको स्वास्थ्यमा सुधार भए÷नभएको तथ्याङ्क भने अस्तालसँग छैन ।
 

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies