बागलुङ । बागलुङ जिल्लामा कोरोना सङ्क्रमण बढ्दो छ । कोरोना रोकथाम र नियन्त्रणका लागि स्थानीय तहले सीमित स्रोत र साधनका बीच यथाशक्य काम गर्दै आएका छन् । यद्यपि नागरिकमा सचेतनामा कमी र लापरवाही हुँदा दूरदराजका गाउँहरु कोरोनाका ‘हट स्पट’ बन्दै गइरहेका छन् । अहिले बागलुङका १० स्थानीय तहमध्ये पाँच स्थानीय तहले चिकित्सक र अक्सिजनसहितको सुविधा सम्पन्न कोभिड अस्पताल सञ्चालनमा ल्याएका छन् ।
जिल्लामा सबै स्थानीय तहले अक्सिजनसहितका आइसोलेशन कक्ष स्थापना गरे पनि पाँच स्थानीय तहमा मात्रै चिकित्सक रहेका छन् । सरकारले अस्थायी कोरोना अस्पतालका लागि एक पालिकामा एक चिकित्सकको दरबन्दी तोके पनि पाँच वटा स्थानीय तहले चिकित्सक नियुक्ति गर्न नसकेको जिल्ला प्रशासन कार्यालय बागलुङका प्रशासकीय अधिकृत गणेश गौतमले जानकारी दिए ।
“चिकित्सकको अभाव जिल्लाको धौलागिरि अस्पतालमा समेत छ, केही स्थानीय तहले सेवा सुविधा थप गरेरसमेत चिकित्सक राख्नुभएको छ”, गौतमले भने, “बागलुङ नगरपालिकाको आइसोलेशनमा अस्पतालकै चिकित्सकले सेवा दिएका छन्, अन्य चार पालिकामा भने चिकित्सक नभए पनि नर्सहरुले सेवा दिएका हुन् ।” चिकित्सकसहितको कोरोना अस्पताललाई मान्यता दिए पनि अन्यले समेत कोरोना कहरमा सेवा दिइरहनु राम्रो भएको गौतमको भनाइ छ । डाक्टर र एम्बुलेन्ससहितको आइसोलेशन प्रभावकारी हुने र अन्य आइसोलेशनले बिरामीको सामान्य हेरचाह मात्रै गर्न सक्ने जिल्ला प्रशासनको ठहर छ ।
जिल्लामा चिकित्सक, अक्सिजन र एम्बुलेन्ससहितका १२० शय्याको कोरोना अस्पताल र ३७ शय्याको अक्सिजनसहितको अस्पताल गरी जिल्लामा जम्मा १५७ शय्याको अस्थायी कोरोना अस्पताल रहेको जिल्ला प्रशासनको तथ्याङ्कमा उल्लेख गरिएको छ । यस तथ्याङ्कमा सामान्य आइसोलेसन शय्या समावेश गरिएको छैन ।
धौलागिरि अस्पतालमा ३५ शय्याको आइसोलेशनमा २१ चिकित्सक कार्यरत रहेको र १० स्थानीय तहमध्ये १० शय्याको ढोरपाटन अस्थायी कोरोना अस्पतालमा तीन चिकित्सक र दुई नर्स, बागलुङ नगरपालिकाको रात्माटामा रहेको ३५ शय्याको आइसोलेशनमा धौलागिरि अस्पतालका चिकित्सकरुले नियमित हेरचाह गरिरहेको, ताराखोला गाउँपालिकामा एक चिकित्सक, अक्सिजन तथा एम्बुलेन्ससहित १५ शय्याको अस्पताल, जिल्लाको बरेङ गाउँपालिकामा एक चिकित्सक, अक्सिजन तथा एम्बुलेन्ससहित पाँच शय्याको अस्पतालले सेवा दिइरहेका छन् ।
यस्तै जिल्लाको बडिगाड गाउँपालिकामा एक चिकित्सक, चार नर्ससहित १० शय्या र गलकोट नगरपालिकामा दुई चिकित्सकसहितको अस्पताल सञ्चालनमा रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
यस्तै निसीखोला गाउँपालिकामा पाँच शय्याको कोरोना अस्पताल सञ्चालनमा आए पनि चिकित्सक छ्रैनन् । जिल्लाको जैमिनी नगरपालिकामा १२ शय्याको कोरोना अस्पताल सञ्चालनमा ल्याउने तयारी भए पनि चिकित्सकको करार सकिएकाले केही ढिलाइ भएको छ । तमानखोलामा पाँच शय्याको कोरोना अस्पताल र काठेखोलामा पाँच शय्याको कोरोना अस्पताल सञ्चालनको तयारीमा रहेको छ ।
जिल्ला प्रशासनको तथ्याङकअनुसार चिकित्सकसहितका छ अस्पतालमा १२० शय्या, नर्ससहितको चार अस्पतालमा ३७ शय्या सञ्चालनमा रहेको तमानखोला गाउँपालिका र निसीखोला गाउँपालिकाले सञ्चालन गरेको अस्पतालबाहेक सबै अस्पतालमा एक÷एक वटा गरी नौ वटा एम्बुलेन्ससमेत व्यवस्था गरिएको छ । यस्तै जिल्लाका सबै कोरोना अस्पतालमा ३० चिकित्सक, ७६ नर्स तथा ३३१ वटा अक्सिजन सिलिण्डर रहेका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २९ गते, २०८० - २०:३२
काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्। चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...
पौष २९ गते, २०८० - २०:१२
काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...
पौष २९ गते, २०८० - १८:५१
काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...
पौष २९ गते, २०८० - १८:४८
काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ। कामपाको प्रमुख बालेन्द्र शाह (बालेन) का अध्यक्षताम...
पौष २९ गते, २०८० - १८:४१
काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...
पौष २९ गते, २०८० - १८:२९
मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...
पौष २९ गते, २०८० - १८:२६
काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...
पौष २९ गते, २०८० - १८:२०
चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...
पौष २८ गते, २०८० - १९:३१
सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...
पौष २८ गते, २०८० - १९:२५
सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...



प्रतिकृया लेख्नुहोस्: