Ntc summer Offer
Khabar Dabali २३ भाद्र २०८१ आईतवार | 8th September, 2024 Sun
NIMB

सामूहिक स्याउ उत्पादन जुटे युवा

रासस

मान्मा । कालिकोटको तिलागुफा नगरपालिका–३ फोइमहादेवका युवा सामूहिक स्याउखेतीमा लागेका छन् । स्याउका लागि उर्वरभूमि मानिएको सो वडाको फोइमहादेव गाउँका युवा सामूहिक स्याउखेतीमा लागेका हुन् ।

स्याउ सुपरजोन कार्यक्रम जुम्लाको सहयोगमा फोइमहादेव गाउँका युवा समूह गठन गरेर सामूहिक स्याउखेतीमा लागेका छन् । स्याउको राम्रो उत्पादन हुने क्षेत्र भएको र स्याउ सुपरजोन कार्यक्रमले सहयोग गरेकाले सामूहिक स्याउखेतीमा आफूहरुलाई लाग्न प्रेरित गरेको सुन्दर तरकारी तथा फलफूल समूहका अध्यक्ष शान्ति बुढाले बताए । “स्याउका लागि हाम्रो गाउँ नै उर्वरभूमि हो, हामीले कसरी आत्मनिर्भर हुने भनेर समूहको गठन गरेका थियौँ”, उनले भने,  “हामीले समूह गठन गरेर स्याउखेतीमा लाग्ने सोच बनायौँ, अहिले केही सहयोग स्याउ सुपरजोन कार्यक्रमले गर्दा सहज भएको छ ।”

सामूहिक स्याउखेतीका लागि स्याउ सुपरजोन कार्यक्रमको रु एक लाख ५० हजार अनुदान र समूहको रु एक लाख ५० हजार गरी स्याउको बारी सिँचाइ गर्नका पोखरी निर्माण गरिएको अध्यक्ष बुढाले बताए  । “हामीले सामूहिक स्याउ बारीमा पाँच हजार स्याउका बिरुवा रोपेका छौँ”, उनले भने, “पन्ध्र जनाको समूह सदस्यता रहेका छन्, स्याउका बिरुवा रोपिएका ठाउँमा सिँचाइका पोखरीसमेत निर्माण गरेका छौँ ।”

स्याउ र सिमी उत्पादनका लागि गाउँको माटो उपयुक्त भएका कारणले त्यसको उत्पादनमा लागेको स्थानीय प्रेमबहादुर बुढाले बताए । “रोजगारीका लागि अन्य ठाउँमा जानुभन्दा कृषि पेशा गरेर गाउँमै राम्रो आम्दानी लिन सकिन्छ”, उनले भने, “गाउँमै स्याउ र सिमी खेतीका लागि राम्रो अवस्था रहेको छ, यसको माग पनि बढेका कारणले एकल खेती गर्नुभन्दा सामूहिक खेती गरौँ भनेर सबै लागेका छौँ ।”

कृषि र फलफूल उत्पादनका लागि विषेश जोड दिएको नगरपालिकाले प्रत्येक वर्ष कृषकहरुलाई स्याउलगायतका कृषिका क्षेत्रमा अनुदानको व्यवस्था गरेको वडाध्यक्ष नन्दबहादुर कटुवालले बताए । “कृषि क्षेत्रबाट नै नगरपालिकालाई समृद्ध बनाउने योजना रहेको छ”, उनले भने, “त्यसै आधारमा कृषिमा लाग्ने युवाहरुलाई अनुदान दिएर प्रोत्साहन गर्ने गरेका छौँ ।”

नगरपालिकाको मुख्य आयस्रोतका रूपमा स्याउ, सिमी र ओखर रहेकाले त्यसको उत्पादन तथा प्रवद्र्धनमा विषेश जोड दिइएको नगरपालिकाका प्रमुख रतनबहादुर शाहीले जानकारी दिए ।

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy