Ntc summer Offer
Khabar Dabali ८ बैशाख २०८१ शनिबार | 20th April, 2024 Sat
NIMB

दाउन्नेको एउटै फार्ममा तीन लाख कुखुरा

रासस

चितवन । पूर्वी चितवनको रत्ननगरमा मुख्य कार्यालय रहेको दाउन्ने कर्पोरेटअन्तर्गतको दाउन्ने एग्रोफार्ममा तीन लाख लेयर्स कुखुरा पुगेका छन् । नवलपरासी (बर्दघाट सुस्ता पूर्व) विनयी त्रिवेणी गाउँपालिका–३ सुनही सर्दीमा दाउन्ने एग्रोफार्म रहेको छ । 

पैँतीस बिघा क्षेत्रफलमा फैलिएको फार्ममा १९ महिनाअघि पहिलो पटक ५० हजार चल्ला राखेर कुखुरापालन शुरु गरिएको थियो । क्रमशः बढाउँदै लगेर हाल यो सङ्ख्या तीन लाखमाथि पु¥याइएको फार्मका सुपरभाइजर भुवन लामिछानेले जानकारी दिए । झलक्क हेर्दा विदेशको अनुभूति हुने अत्याधुनिक खोरहरु त्यहाँ रहेका छन् । स्वचालित यन्त्रहरुबाट कम जनशक्तिमा फार्मको व्यवस्थापन गरिएको लामिछानेले बताए । क्लोज हाउस प्रविधिबाट फार्म निर्माण गरिएको छ ।

दाउन्ने कर्पोरेटका प्रबन्ध निर्देशक विनोद पोखरेलका अनुसार कुखुराको सङ्ख्यालाई क्रमशः बढाएर लगिने छ । पोखरेलले भने “यो सङ्ख्या देशकै ठूलो हो ।” देशभर अण्डा बिक्री गर्ने सञ्जालसमेत भएकाले काम सम्भव भएको उनको भनाइ छ । हाल फार्ममा दुई लाख कुखुराले अण्डा दिइरहेका छन् । दैनिक एक लाख ४७ हजार अण्डा उत्पादन भइरहेको उनको भनाइ छ । यति नै सङ्ख्यामा कृषकहरुबाट अण्डा सङ्कलन गरेर देशैभर अण्डा पु¥याइँदै आएको पोखरेलले बताए । 

सो कम्पनीको काठमाडौँ, ललितपुर, भक्तपुर, सुर्खेत र इटहरीमा आफ्नै बिक्री कक्ष छन् । त्यसका अतिरिक्त जिल्लाहरुमा अन्य वितरकमार्फत अण्डा बिक्री गर्दै आएको उनले जानकारी दिए । उनले भने,  “हाम्रो फार्ममा १० लाख कुखुरा पुग्दा हामीसँग ३० भन्दा बढी आफ्नै बिक्री कक्ष हुनेछन् ।” कम्पनीले आफूले उत्पादन र सङ्कलन गरेको अण्डालाई ‘दाउन्ने ह्याप्पी एग’ का नामबाट ब्राण्डिङ गरेको छ । 

कम्पनीका अध्यक्ष रघुनाथ भट्टले एन्टिवायोटिकरहित अण्डा दाउन्नेले उत्पादन गरेको बताए । उनले भने, “घरघरमा अण्डा पु¥याएर सस्तोमा उपभोक्तालाई खुवाउने अभियानमा हामी छौँ ।” निरन्तरको प्रयासबाट अण्डा उत्पादनमा दाउन्ने अग्रणी कम्पनीका रूपमा स्थापित भएको उनको भनाइ छ । देशभरमा दैनिक २८ लाख हाराहारी अण्डा उत्पादन हुँदै गर्दा दाउन्नेले तीन लाख आफ्नो संयन्त्रबाट बिक्री वितरण गर्दै आएको छ । 

दाउन्ने कर्पोरेटअन्तर्गत किसान दाना उद्योग, दाउन्ने भेट फर्मा, दाउन्ने एग्रो, किसान एग्रो, एडभान्स पोल्ट्री रहेका छन् । यस्तै कम्पनीले दाउन्ने ट्रेड एण्ड प्याकेजिङ शुरु गर्दै छ । कुखुराबाट जम्मा भएको सुलीलाई प्रशोधन गरेर मलका रूपमा बजारमा ल्याएको छ । ‘दाउन्ने प्राङ्गारिक मल’ को नामबाट बजारमा आउन थालेको छ । यस कम्पनीको लेयर्स चल्ला उत्पादन गर्ने ह्याचरीमा लगानी छ । कुखुरालाई चाहिने औषधि र दाना आफ्नै रहेको छ । 

कम्पनीका प्रबन्ध निर्देशक पोखरेलका अनुसार आउँदो वर्षभित्रमा क्रेट पनि आफ्नै उत्पादन हुँदैछ । क्रमशः कार्टुनसमेत उत्पादन गर्ने तयारी गरिएको छ । लेयर्स कुखुराका लागि आवश्यक पर्ने चल्लादेखि उपभोक्तासम्मको कम्पनी आफैँले गरिरहेको छ । विसं २०६३ मा शुरु भएको दाउन्ने ट्रेडर्स विस्तार हुँदै गएर अहिलेको अवस्थामा पुगेको हो । अण्डाको बजारीकरणबाट शुरु भएको यो व्यवसाय विस्तार हुँदै नेपालको सबैभन्दा ठूलो फर्मका रूपमा विकास भएको छ । 

दाउन्ने कर्पोरेटअन्तर्गतका विभिन्न कम्पनीमा लगानी रु दुई अर्ब ६० करोडभन्दा बढी पुगेको छ । यसमा माछापुच्छ«े बैंकको ऋण लगानी रहेको छ । ती कम्पनीमा २०० भन्दा बढी साझेदार छन् । क्रमशः लगानी बढाउँदै लगिने पोखरेलको भनाइ छ । 

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies