Ntc summer Offer
Khabar Dabali २ कार्तिक २०८१ शुक्रबार | 18th October, 2024 Fri
Investment bank

सरकारी एम्बुलेन्स थन्क्याइयो, सर्वसाधारणलाई निजीमा धेरै रकम तिरेर उपचारका लागि जान बाध्य

रासस

सर्लाही । जिल्ला अस्पताल सर्लाहीमा रहेका एम्बुलेन्स र शवबाहन प्रयोगबिहीन हुँदा बिरामीलाई मर्का परेको छ । सरकारी बजेटबाट खरिद गरिएका एम्बुलेन्स र शवबाहन तीन महिनादेखि अस्पताल परिसरमै थन्क्याइएको छ तर विरामी भने निजीमा धेरै रकम तिरेर उपचारका लागि जान बाध्य छन् ।

विसं २०७७ असारमै टेण्डर आह्वान गरेर एम्बुलेन्स र शवबाहन खरिद प्रक्रिया अघि बढाइएको भएपनि विविध कानूनी जटिलताका कारण तीन महिना अघि मात्र एउटा एम्बुलेन्स र एउटा शवबाहन खरिद गरिएको थियो । अस्पतालसँग पहिला नै एउटा एम्बुलेन्स रहेको थियो तर बिरामीको उद्धारमा भने तीनवटै सवारी साधन नचल्दा बिरामीहरु समयमै थप उपचार सेवा पाउनबाट बञ्चित भएका छन् भने बाहिर उपचारका लागि जानुपर्दा निजी क्षेत्रका एम्बुलेन्स र शवबाहन प्रयोग गर्नुपर्दा निकै समस्या भएको बिरामीका आफन्तहरुले गुनासो गरेका छन् ।

जिल्ला अस्पतालमा करारमा तीनजना चालक नियुक्त गरिएका छन् । एउटा कार्यालयको जीप अनि दुईवटा एम्बुलेन्स र एउटा शवबाहन गरी अस्पतालमा चार वटा साना सवारी साधन रहेका छन् तर कार्यालयको पीकअप भ्यान बाहेक दुईवटा एम्बुलेन्स र एउटा शवबाहन भने महिनौदेखि प्रयोगबिहीन भएका छन् ।

जिल्ला अस्पतालमा एउटा मात्र एउटा एम्बुलेन्स हुँदा समस्या भएको गुनासो आएपछि  प्रदेश २ सरकारले थप एउटा एम्बुलेन्स र एउटा शवबाहन खरिदका लागि रु २० लाख ७० हजार बजेट उपलब्ध गराएको थियो । उक्त बजेटबाट टेण्टर प्रक्रियाअनुसार तीन महिनाअघि नै एक एम्बुलेन्स र एक शवबाहन खरिद गरी अस्पतालमा ल्याइएको थियो । पुरानै एउटा एम्बुलेन्स रहेको अस्पतालमा थप एउटा नयाँ एम्बुलेन्स र एउटा शवबाहन आएपछि व्यवस्थापन पक्षले सेवाप्रवाहमा सहज हुने अपेक्षा गरेको थियो । 

करारमा नियुक्त भएका चालकहरुले आफ्नै लगानीमा एम्बुलेन्स खरिद गरेका छन् । यसरी उनीहरु अस्पतालका एम्बुलेन्स र शवबाहन थन्क्याएर आफ्नो एम्बुलेन्स चलाउने गर्दछन् । अस्पताल व्यवस्थापन एवं स्थानीयले यो नदेखेका होइनन् तर कुनै कारबाही अघि बढाउँदैनन् । 

अस्पतालका स्वास्थ्य निरप्क्षक श्रीप्रसाद साहका अनुसार एम्बुलेन्स र शवबाहनका लागि नियुक्त भएका चालकहरु आरामले तलब भत्ता खाइरहेका छन् तर सवारी भने आफ्नो निजी चलाएर दैनिक आम्दानी गर्ने गर्दछन् । उनीहरुले आफ्नै लगानीमा प्रमाण नदेखिने गरी निजी एम्बुलेन्स सञ्चालन गरिरहेका छन् र अस्पतालमा आउने हरेक बिरामीलाई उनीहरुकै इसारामा निजी एम्बुलेन्समा महङ्गो भाडा लिएर ओसारपसार गर्ने गरेका छन् । 

जिल्ला अस्पताल विकास समितिका अध्यक्ष रघुनाथ राउत, जिल्ला समन्वय समिति सर्लाहीका सभापति मेथुर चौधरी, मलंगवा नगरपालिकाका नगर प्रमुख निरसल साह, भर्खरै सरुवा भएर आएका अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेण्ट डा।नवलकिशोर झालगायतको अनौपचारिक बैठक बसेर यस विषयमा कुरा गरेको भए पनि यो अनियमिता रोक्ने विषयमा कुनै निर्णय भएको छैन । 

एम्बुलेन्स र शवबाहन सञ्चालन हुन नसक्नुका कारणका साथै अस्पतालका अन्य विकृतिका विरुद्ध अनौपचारिक छलफल भएको सभापति चौधरीले जानकारी दिए । मलंगवा अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन्ट डा.झाले अस्पतालको सेवा प्रवाहको सुधारमा आफू लागि परेको बताए । ‘‘म भर्खरै आएको छु, अस्पतालको अवस्था बारेमा अध्ययन गर्दैछु’’,अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मी, कर्मचारीलगायत सबै सरोकार रहेका व्यक्ति, पक्ष, तह र तप्काको सहयोगमा सुधारका लागि प्रयास गर्नेछु ।‘’ डा.झाले बताए  ।

अस्पताल विकास समितिका अध्यक्ष राउतले अस्पतालमा रहेको विकृत्ति विसंगति हटाउँदै आम सर्वसाधारणको स्वास्थोपचारमा सकेसम्म सेवा सुविधा प्रदान गर्ने दिशामा आफू लागि परेको दाबी गरे । प्रमुख जिल्ला अधिकारी हेमराज तामाङले अस्पतालको एम्बुलेन्स र शवबाहन थन्किएको भन्ने खबर भर्खरै थाहा पाएको बताए ।  

कोरोना महामारीको अवस्थामा जिल्लाकै एकमात्र सुविधासम्पन्न मानिएको जिल्ला अस्पतालमा कोरोना भाइरस सङ्क्रमणसहित अन्य बिरामीहरुको निकै चाप रहने गरेको छ । जिल्लाका ग्रामीण भेगबाट उपचारका लागि आएका तथा उपचार गर्दागर्दै गम्भीर देखिएका बिरामीले तत्काल थप उपचारका लागि बाहिर जानुपर्दा एम्बुलेन्स आवश्यक पर्छ । अस्पतालमै एम्बुलेन्स भएपनि निजी एम्बुलेन्सबाट निकै महङ्गो भाडा तिरेर जानुपर्ने अवस्था रहेको अस्पतालका स्वास्थ्यकर्मीहरु बताउँछन् । यता इश्वरपुर नगरपालिकाको एम्बुलेन्स पनि लामो समयदेखि  बेवारिसे अवस्थामा रहेको छ । देश सङ्घीय संरचनामा जानु पहिला नै खरिद भएको एम्बुलेन्स विगत लामो समयदेखि सडक छेउमै राखिएको छ । ना १ झ ९६८ नम्बरको सरकारी एम्बुलेन्स स्थानीय सरकारको नजर नपुग्दा सडक छेउमै अलपत्र अवस्थामा छ । 

भारत सरकारको सौजन्यमा खरिद भएको इश्वरपुर स्वास्थ्य चौकीको एम्बुलेन्स समितिमार्फत् सञ्चालनमा रहेको थियो । एम्बुलेन्स सञ्चालक तथा व्यावस्थापन समितिमार्फत् सञ्चालित एम्बुलेन्स स्थानीय सरकार र समितिबीचको विवादका कारण बेवारिसे भएको छ । समितिको खातामा करिब रु ७ लाख बचत रहेको भएपनि एम्बुलेन्स  मर्मतमा कसैको पनि ध्यान नपुगेको नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ । इश्वरपुर नगरपालिकाको स्वास्थ्य शाखा संयोजक सुरेन्द्र महतोका अनुसार उक्त एम्बुलेन्स विगत लामो समयदेखि बेवारिसे छ । नगर स्वास्थ्य शाखाले उक्त एम्बुलेन्स मर्मत गरी सञ्चालनमा ल्याउन नगर प्रमुखसमक्ष पटक पटक माग गरेको भएपनि नगरपालिकाले वास्ता नगरेको स्वासथ्य संयोजक महतोले बताए ।

समितिको खातामा रु ७ लाख रहेको एम्बुलेन्स सञ्चालक तथा व्यावस्थापन समितिका अध्यक्ष अवध रौनियारले बताए । उनका  अनुसार नगर प्रमुख मनोज कुमार देवकोटाले उक्त एम्बुलेन्स नगरपालिकाको नाममा आउने भए मर्मत गर्ने नत्र नगर्ने बताएपछि सरकारी एम्बुलेन्स थन्किएको हो ।

नगरप्रमुख देवकोटाले उक्त एम्बुलेन्स मर्मत नहुने भएका कारण अर्को एम्बुलेन्स खरिदका लागि नगरपालिकाबाट रु १० लाख रकम व्यावस्था गरेको बताए । उले मर्मत नहुने भएपछि लिलामी गर्न पनि दाताको नाममा रहेका कारण समस्या भएको बताए  । पन्ध्र वटा वडा रहेको नगरपालिकाका हाल कुनैपनि स्वास्थ्य संस्थामा एम्बुलेन्स छैन भने सरकारी स्वास्थ्य संस्था समेत सबै वडामा छैनन् । नगरपालिकामा स्वास्थ्य चौकी, सामुदायिक स्वास्थ्य केन्द्र र शहरी स्वास्थ्य क्लिनिक गरी जम्मा आठ टा स्वास्थ्य संस्था छन् भने ७ वटा वडामा अहिले पनि स्वास्थ्य संस्था छैनन् । 

नगरपालिकाभित्र १०÷१२ वटा निजी एम्बुलेन्स रहेका छन् । नगरपालिकाको कुनैपनि सरकारी स्वास्थ्य संस्थामा सरकारी एम्बुलेन्स नहुँदा यहाँका विरामी निजी एम्बुलेन्स प्रयोग गर्न बाध्य छन् । निजी एम्बुलेन्स लिएर जाँदा महङ्गो रकम तिर्नुपरेको सो क्षेत्रका बिरामीहरुले गुनासो गरेका छन् । नगर स्वास्थ्य शाखाका अनुसार नगर बाहिर उपचारको लागि बिरामी पठाउनु पर्दा जिल्लाका अरु स्थानीय निकायहरुसँग एम्बुलेन्स माग्नुपर्ने बाध्यता छ । समयमै एम्बुलेन्स नपाउँदा बिरामीहरुको अकालमै ज्यान समेत जाने गरेको छ ।

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy