Khabar Dabali ३० श्रावण २०८३ शनिबार | 15th August, 2026 Sat
Investment bank

प्रधानमन्त्री निवासमा आफ्नै कार्यकर्ताको नारावाजी

\"baluwaa\"१४ साउन, काठमाडौं । प्रधानमन्त्रीनिवास बालुवाटारमा कांग्रेसको भ्रातृ संगठन नेविसंघका नेता–कार्यकर्ताले बुधबार नाराबाजी गरेका छन् । स्ववियु चुनाव माग गर्दै प्रधानमन्त्री सुशील कोइरालालाई ज्ञापनपत्र बुझाउन गएका विद्यार्थीले भेट्न नपाएपछि नाराबाजी गरेका हुन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ -शंकरदेव क्याम्पसका स्ववियु सभापति शुभराम बस्नेतको नेतृत्वमा उपत्यकाका क्याम्पसका नेविसंघ इकाइ अध्यक्षहरूको टोली बुधबार बिहान आठ बजेको समय लिएर प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउन गएको थियो । तर, प्रधानमन्त्रीले भेट्ने समय नदिएपछि नाराबाजी गर्न बाध्य भएको बस्नेतले बताए । बालुवाटारको ३ र २ नम्बर गेटभित्र नेविसंघका करिब ६० जना नेता तथा कार्यकर्ताले नाराबाजी गरेका हुन् । प्रधानमन्त्रीका स्वकीय सचिव अतुल कोइरालाले बिहान आठ बजे बोलाएको, तर भेट्न नदिएको बस्नेतको भनाइ छ । यसअघि पनि पटक–पटक समय दिएर पनि भेट्न नदिएको उनले बताए । ‘प्रधानमन्त्रीका स्वकीय सचिव अतुल कोइरालाले मंगलबार नै हामीसँग बुधबार बिहान आठ बजेका लागि समय निश्चित भयो, आउनुस् भन्नुभएको थियो । त्यसैअनुरूप हामी पुग्यौँ । तर, समय नपाएपछि प्रधानमन्त्रीनिवास परिसरमै नाराबाजी गर्न बाध्य भयौँ,’ बस्नेतले नयाँ पत्रिकासँग भने, ‘आज मात्र होइन यसअघि पनि पटक–पटक समय दिने, तर भेट्न पुग्दा समय छैन भन्दै फर्काउने गरिएको थियो । सधैँ यस्तो गरेपछि हामी विरोधमा उत्रन बाध्य भयौँ ।’
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending