काठमाडौं । राष्ट्रियसभाका सदस्यहरुले तुइन घटनाका पीडितलाई उचित क्षतिपूर्ति उपलब्ध गराउन पहल गर्नुपर्ने तथा चुच्चे नक्सा बनेपछि भारतीय अतिक्रमणमा परेको लिम्पियाधुरा, कालापानी र लिपुलेक फिर्ताका लागि पहल गर्नुपर्नेमा सरकारलाई सुझाव दिएका छन् । राष्ट्रियसभाको आजको शून्य समयमा भाग लिने सदस्यहरुले तुइन प्रकरण र भूमि फिर्ताका विषयमा भारतसित वार्ता गर्न सरकारसँग माग गरे।
शून्य समयमा नेकपा एमालेका सांसद दिपा गुरुङले दार्चुलाको तुइन घटनामा भारतीय सीमा सुरक्षा बल (एसएसबी) दोषी भएकाले कारवाहीको पहल गर्न सरकारसँग माग गरिन् । उनले महाकालीमा बेपत्ता जयसिंह धामीको परिवारलाई उचित क्षतिपूर्तिका लागि पहल गर्र्नुपर्नेमा जोड दिइन्।
नेकपा एमालेका सांसद नैनकला ओझाले भारतद्वारा अतिक्रमित लिम्पयाधुरा, कालापानी र लिपुलेकलाई समेटेर चुच्चे नक्सा जारी गरिए पनि अब उक्त भूमि फिर्ताका लागि पहल गर्नुपर्ने बताइन् । उनले अतिक्रमित भूमि फिर्ता ल्याउन भारतसँग कूटनीतिकरूपमा वार्ता गर्न सरकारसँग माग गरिन् ।
यस्तै नेकपा एमालेका सांसद नन्दा चपाईंले पछिल्लो समय देशभर महिला हत्या हिंसा र बलात्कारका घटना बढ्दै गएकोमा चिन्ता व्यक्त गरिन् । महिला हत्या हिंसा र बलात्कारका घटनामा कमी ल्याउन उचित कदम चाल्न उनले सरकारसँग माग गरिन् । यसैगरी नेपाली कांग्रेसका सांसद प्रकाश पन्तले अपाङ्गता भएका व्यक्ति अझै पनि आफ्नो हकअधिकारबाट वञ्चित भएको बताए । अपाङ्गता भएका व्यक्तिलाई उनीहरुको हकअधिकार दिलाउन सरकारले पहल गर्नुपर्नेमा उनले जोड दिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ८ गते, २०८१ - १७:०२
हैदाराबाद।‘पुष्पा २’ रिलिजको क्रममा हैदराबादको सन्ध्या थिएटरमा भागदौड हुँदा एक महिलाको मृत्यु भएको घटनाले थप बहस निम्ताएको छ । सो घटनामा परी एक बा...
पौष ८ गते, २०८१ - १६:५१
लेखनाथ। जिल्ला अदालत कास्कीमा सोमबारबाट पूर्वगृहमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) सभापति रवि लामिछानेसहित प्रतिवादीको बयान र थुनछेक बहस...
पौष ८ गते, २०८१ - १६:३५
इस्लामबाद। पाकिस्तानले आईसीसी च्याम्पियन्स ट्रफी भारतसँग खेल्नका लागि तटस्थ स्थानको रूपमा दुबईलाई रोजेको छ । आयोजक पाकिस्तानले आफ्ना प्रतिद्वन्द्वी...
पौष ८ गते, २०८१ - १६:०५
काठाडौं । हरियाली बचत तथा ऋण सहकारी संस्थाको रकम हिनामिना गरेको आरोपमा चन्द्रागिरि नगरपालिका–१२ का अध्यक्ष न्हुच्छेबहादुर महर्जन पक्राउ परेका छन् । ...
पौष ८ गते, २०८१ - १५:४३
काठमाडौँ । अमेरिकी राष्ट्रपति चुनावमा डोनाल्ड ट्रम्पको जितपछि उनले शपथ नलिदै अर्बपति उद्योगपति एलन मस्क निकै शक्तिशाली बनेका छन् । मस्कले ट्रम्प सरकार...
पौष ८ गते, २०८१ - १५:३५
काठमाडौं। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २८ दशमलव ९१ अङ्क अर्थात् एक दशमलव ११ प्रतिशतले बढेर दुई हजार छसय १२ दशमलव २० विन्दुमा पुगेको छ ।, न...
पौष ८ गते, २०८१ - १४:४२
काठमाडौं। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल सुधारका लागि कार्ययोजना बनाएर १५ दिनभित्र ...
पौष ८ गते, २०८१ - १४:३०
काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले सरकार निर्माण हुँदाको सात बुँदे सहमति अनुसार चल्न नसकेको गुनासो गरेका छन्। १०० दिने विशेष अ...
पौष ८ गते, २०८१ - १४:२४
खोटाङ। जिल्ला हुलाक कार्यालय दिक्तेलका कार्यालय प्रमुख कुलप्रसाद आचार्य र उनको छोरा प्रबिन आचार्यको भक्तपुरमा हत्या भएको छ । भक्तपुरको बालकोटमा हत्या ...
पौष ८ गते, २०८१ - १४:१२
काठमाडौं । वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ ...
प्रतिकृया लेख्नुहोस्: