Ntc summer Offer
Khabar Dabali १६ चैत्र २०८० शुक्रबार | 29th March, 2024 Fri
NIMB

वन नर्सरी सञ्चालनमा आएपछि स्थानीयवासीमा उत्साह

रासस

गण्डकी । वन क्षेत्रको विस्तारसँगै विकास गर्ने लक्ष्यका साथ पोखरा महानगरपालिका–३० खुदीमा वन नर्सरी स्थापना गरी सञ्चालनमा आएपछि स्थानीयवासीमा उत्साह जागेको छ । लेखनाथ सबडिभिजन वन कार्यालयद्वारा यसै वर्षदेखि सञ्चालित वन नर्सरीले यहाँका स्थानीयवासीमा केही गर्नुपर्छ भन्ने आशा जगाएपछि विभिन्न सङ्घसंस्था एवं स्थानीय बासिन्दाको सक्रियतामा सार्वजनिक तथा निजी जग्गामा वृक्षरोपण अभियान सञ्चालन गरिएको हो ।

सामुदायिक वन उपभोक्ता महासङ्घ कास्कीका अध्यक्ष विश्वनाथ लामिछानेले पोखराबाट ओझेलमा परेको लेखनाथ क्षेत्रमा सरकारीस्तरबाटै वन नर्सरी सञ्चालन हुनु आफैँमा महत्वपूर्ण भएको बताए  । बोटबिरुवा लगाउनका लागि लेखनाथ क्षेत्रमा पर्याप्त जमिन रहेका कारण पनि सञ्चालित नर्सरीले यस क्षेत्रमा वन पैदावारका साथै औषधीय गुणका वनस्पति लगाउने क्रम बढ्ने उनले बताए  ।

एक/दुईवटा बिरुवा लिन एक दिन लगाएर डिभिजन वन कार्यालयको नर्सरी पोखरा–१६ मा पुग्नुपर्ने बाध्यताको अन्त्य भएको बताउँदै अध्यक्ष लामिछानेले भने, “यसको भरपुर उपयोग गरेर लेखनाथ क्षेत्रमा हरियाली प्रवद्र्धन गर्न स्थानीय बासिन्दा लाग्नु पर्छ ।

पोखरा–३० द्वारा उपलब्ध गराइएको दुई रोपनी सार्वजनिक जग्गामा यसै वर्ष स्थापना गरी सञ्चालनमा आएको वन नर्सरीमा विभिन्न जातका ५० हजार बिरुवा उत्पादन गरिएको लेखनाथ सबडिभिजन कार्यालयका सहायक वन अधिकृत रामबहादुर विश्वकर्माले जानकारी दिए ।

नर्सरीमा जडीबुटी प्रजातिका कुरिलो, तेजपात, हर्रो, बर्रो, अमलालगायतका १० हजार र निमारो, लप्सी, रिठ्ठा, गुलमोहर, राइखनियो, इपिलइपिल, नासपाती, हलुवावेद, अम्बालगायतका ४० हजार बिरुवा उत्पादन गरेर वितरण गरिएको उनको भनाइ छ ।

उनका अनुसार गण्डकी प्रदेश सरकार वन, वातावरण तथा भू–संरक्षण मन्त्रालय, वन निर्देशनालय र डिभिजन वन कार्यालय कास्कीको सहयोगमा नर्सरी स्थापना गरी बिरुवा उत्पादन गर्न आर्थिक वर्ष २०७७/७८ मा रु ५० हजार प्राप्त भएको थियो ।

पोखरा अन्तर्राष्ट्रिय क्षेत्रीय विमानस्थल सञ्चालनका लागि अप्ठेरो परेका कारण कटिङ गरिएको रिठ्ठेपानी डाँडाको माटो लगेर वडा कार्यालयले उपलब्ध गराएको गहिरो जग्गालाई पुरेर नर्सरी स्थापना गरिएको बताउँदै उनले भने, “सुक्खा मौसममा पुरिएको जग्गा बर्सातको समयमा भने नर्सरीभरि पानी जमेको छ । विश्वकर्माका अनुसार नर्सरीमा उत्पादन गरिएका अधिकांश बिरुवा वितरण भइसकेका छन् । विशेषगरी उत्पादित बिरुवा सामुदायिक वन समूहको खाली जग्गामा वृक्षरोपण गरिएको छ ।

“सामुदायिक वन उपभोक्ता महासङ्घको साप्ताहिकरूपमा मनाइएको सामुदायिक वन दिवसका अवसरमा चापापानी चिसाकुना सामुदायिक वनमा आयोजित वृक्षरोपण कार्यक्रममा वन नर्सरीबाट २०० बिरुवा नि:शुल्क उपलब्ध गराइएको हो”, उनले भने, “अर्को वर्षदेखि मागका आधारमा विभिन्न जातका बिरुवा उत्पादन गर्ने तयारी भइरहेको छ ।”

‘सामुदायिक वनको सम्पत्ति, समृद्धि, प्रकृति र संस्कृति’ भन्ने मूल नाराका साथ सामुदायिक वन उपभोक्ता महासङ्घ गण्डकी प्रदेश, जिल्ला महासङ्घ कास्की, स्थानीय महासङ्घको संयुक्तरूपमा आयोजित वृक्षरोपण कार्यक्रममा अमला, वडहर, कटहर, हर्रो, बर्रो, हलुवावेद, तेजपात, नासपातीलगायत विभिन्न जातका २०० वटा बिरुवा रोपिएको चापापानी चिसाकुना सामुदायिक वन उपभोक्ता समूहका सचिव सीता सापकोटाले जानकारी दिए ।

लेखनाथ सबडिभिजन कार्यालयको पक्की भवन

वन नर्सरीसँगै लेखनाथ सबडिभिजन कार्यालयको पक्की भवन निर्माण सम्पन्न भएको छ । पोखरा महानगरपालिका–३० मा प्राप्त जग्गामा डेढतले पक्की भवन निर्माण गरी कार्यालय सञ्चालनमा आएको हो । नेपाल सरकारको रु ६० लाख लागतमा निर्माण सम्पन्न भएको सो भवनमा एउटा हलसहित चार कोठा छन् । 

एकै स्थानमा नयाँ भवन निर्माणसँगै वन नर्सरी स्थापना गरी सञ्चालनमा आएपछि सेवाग्राहीलाई सुविधा पुगेको छ । उक्त सबडिभिजन कार्यालयअन्तर्गत पोखरा महानगरपालिकास्थित लेखनाथ क्षेत्रका वडा नं २६ देखि ३३ सम्मका आठवटा वडा कार्यक्षेत्र रहेको छ ।

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies