Ntc summer Offer
Khabar Dabali ६ आश्विन २०८१ आईतवार | 22nd September, 2024 Sun
NIMB

अमेरिकाले तालिबान समूहलाई हराउन अफगानिस्तान सरकारी सेनालाई हतियार आपूर्ति गर्न अरबौं खर्च गर्‍यो

रासस

काबुल । संयुक्त राज्य अमेरिकाले अफगानिस्तानमा तालिबान समूहलाई हराउन त्यहाँको सरकारी सेनालाई हतियार तथा अन्य बन्दोबस्तका सामान आपूर्ति गर्न अरबौं खर्च गर्‍यो । तर अफगानी सुरक्षा बलको द्रूत पतनले विद्रोहीहरूको हतियार सङ्कलनमा सफलता मिलेपछि उनीहरूलाई थप आक्रामक बन्न सहयोग पुगेको छ । 

अमेरिकी सेनालाई हटाउने र स्थानीय सरकारलाई जिम्मेवारी छोड्ने आफ्नो निर्णयको रक्षा गर्दै अमेरिकी राष्ट्रपति जो बाइडेनले भने, “हामीले हाम्रा अफगान साझेदारहरूलाई ‘सबै औजारहरू’ प्रदान गर्‍यौं । तर अफगान सुरक्षा फौजले त्यस लडाइँको लागि खासै जोड देखाएका छैनन् र हजारौंको सङ्ख्यामा सक्रिय तालिबानले उनीहरूलाई प्रमुख सहरहरूबाट तुरुन्तै उठाउन थालेका छन् ।”

तालिबान समूहले उनीहरूका सामाजिक सञ्जाल तालिबान लडाकूहरूले हतियारको ठूलो पैमाना जफत गरेको भिडियोले भरिएका छन् । यो अधिकांश हतियार पश्चिमी शक्तिहरूले प्रदान गरेको हो । 

उत्तरी शहर कुन्दुजमा आत्मसमर्पण गरिरहेका अफगान सिपाहीहरू रहेको एक दृष्यचित्रमा शक्तिशाली हतियारले भरिएको र विद्रोहीले हातमा बन्दुक समाएर उभिएको देखाइएको छ । 

पश्चिमी शहर फराहमा, लडाकुहरूले चीलले सर्पलाई आक्रमण गर्दै गरेको तस्वीर रहेको गाडीमा गस्ती गरिरहेको पाइन्छ । यो अफगानिस्तानको गुप्तचर सेवाको आधिकारिक सङ्केत हो । यसले के बताउँछ भने विद्रोहीहरूले सरकारी सुरक्षा बलसँगबाट सबै प्रकारका हतियार तथा बन्दोबस्तीका सामानहरू कब्जा गरेका छन् । 

हतियार खोजी समूह, ‘कन्फ्लिक्ट आर्मामेन्ट रिसर्च’का जस्टिन फ्लिश्नरले एएफपीसँग भने, “अमेरिकी सेनाले ‘अत्याधुनिक’ उपकरणहरू आफूसँगै लगेपनि तालिबानको आक्रमणले उक्त समूहलाई ‘बन्दोबस्तीका गाडी, बख्तरबन्द गाडी, मध्यम खालका हातहतियार र हल्का हतियारका साथसाथै गोला बारूद’ दिएको छ ।  

विशेषज्ञहरूको भनाइअनुसार तालिवानका क्षेत्रीय सहयोगी समूहहरूको अज्ञात समर्थनले तालिबानलाई ठूलो बल मिलेको छ । 

‘एस राजारतनाम स्कूल अफ इन्टरनेशनल स्टडीज’ का वरिष्ठ अधिकारी राफाएलो पन्टुचीका अनुसार यी हतियारहरूले काबुलमा तालिबानको आक्रमणलाई मात्र होइन यसले तालिवान लडाकूद्वारा कब्जा गरिएका शहरहरूमा उसको अवस्थालाई सुदृढ पार्नेछ । 

अमेरिकी फौज सबै गइसकेपछि अहिले तालिबानले एक पैसा पनि खर्च नगरीकन अमेरिकाले अफगानिस्तानमा आपूर्ति गरेका औजारहरूलाई जम्मा गर्न सफल भएका छन् । “यो एकदमै गम्भीर कुरा हो । उनले भने, “यो लालिवान लडाकू समूहका लागि ‘सफलताको कसी’ हुनेछ । यसको असर कतिपय प्रान्तिय सहर कब्जा गर्ने बेला देखिइसकेको छ ।

अमेरिकी सेना उसको फिर्ता समय सीमाभन्दा अगाडि नै स्वदेश फर्किने तयारी भइरहँदा सन् २००१ मा भएको आतङ्ककारी हमलापछि अल कायदासँग सम्बन्ध कायम राख्ने अफगानी विद्रोहीहरू पनि अमेरिकाले अफगान सरकारलाई उपहार दिएका हतियारसाथ परेड खेल्नु र शहरहरूबाट सरकारी सेनाको बहिर्गमन (पतन) हुनु यहाँको सबैभन्दा खतरनाक परिदृश्य भएको सन् २००१ मा तालिबानलाई विस्थापित गर्न अमेरिकी विशेष फौजको नेतृत्व गर्ने जेसन अमेरीनले एएफपीलाई बताए । 

अफगान राष्ट्रिय सेनालाई संकेत गर्दै उनले भने, “अमेरिकाले हतियार र सैनिक बन्दोबस्तीका सामान तालिबानको हातमा पर्न सक्छ भन्ने अनुमानका साथ एएनएलाई सुसज्जित गरेको थियो । “हालको संकट खरिद निर्णय गर्दा विचार गरिएको सबैभन्दा खराब परिस्थिति हो ।”  

तालिवानले आफ्नो सफलतालाई अफबाहको रूपमा फैलाउन सफल भएका छन् । यसले अफगानी सेना तथा अधिकारीलाई मनोवैज्ञानिक असर परेको छ । कुन्दुज विमानस्थलमा रातो मोटरसाइकलमा रहेका तालिबान लडाकू शीरदेखि पैतालासम्म विद्रोही पोशाकमा सजिएका र विमानस्थलमा रहेको  सैनिक हेलिकोप्टरलाई हेरिरहेको देखिन्थ्यो । हेलिकोप्टर उनीहरूको नियन्त्रणमा थियो । यो विद्रोही इलाकाभरि झल्किएको हर्षको चित्र हो ।

विमानले कम्तीमा पनि विमानचालक विना युद्धभूमिमा कुनै असर पार्ने छैन । सीआईए आतंकवाद विरोधी विश्लेषक अकी पेरिट्जले एएफपीसँग भने, “तिनीहरू अफवाहको उद्देश्यका लागि मात्र हुनेछन् ।” 

योभन्दा बढी उपयोगी भनेको देशको दुर्गम भू–भागमा मार्ग–निर्देशन गर्न प्रयोग गरिने हल्का हातहतियार तथा गाडीहरू हुनेछन् । 

सेनाको मनोबल घट्दै गएसँगै तिनीहरूले पश्चिमी समर्थित सरकारलाई तालिबानले निम्त्याउने खतरालाई बढावा दिनेछन् । संकट बढ्दै जाँदा, बाइडेनको प्रशासनले अझै पनि पराजित हुनै लागेको अफगान सेनालाई सुसज्जित गर्ने बताएको छ । 

मध्यपूर्वका अवलोकनकर्ताहरूले यो हतियार हस्तान्तरण भएको पहिला नै देखेका छन् । अमेरिकी इराकबाट हटेपछि सन् २०१४ को मध्यतिर इस्लामिक स्टेट (आइएस) समूहले इराकी शहर मोसुललाई कब्जामा लिएको थियो र यस क्रममा उसले अमेरिकाद्वारा आपूर्ति गरिएका बन्दूक तथा बख्तरबन्द गाडी पनि कब्जामा लिएको थियो, जसलाई जिहादी मुसलमानहरूले इराकदेखि सिरियासम्म इस्लामिक क्षेत्र घोषणा गर्नका लागि प्रयोग गरेका थिए । पेरिट्जले यो अहिले एउटा बाटोको रूपमा परिणत बनेको बताउँदै अफगानिस्तानमा तालिवानको विजय यस क्षेत्रको शान्तिका लागि मुख्य चुनौति भइरहने बताए । 

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy