ललितपुर । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले सङ्घ, प्रदेश र स्थानीय तहसम्म भएका भौतिक पूर्वाधार विकासका कारण उत्पन्न वातावरणीय एवं जलवायु परिवर्तनका प्रभावबारे गहिरो अनुसन्धान गर्नुपर्ने आवश्यकता रहेको बताएका छन् ।
जलस्रोत अनुसन्धान तथा विकास केन्द्रको छैटौँ वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उनले वातावरणीय एवं जलवायु परिवर्तनका कारणको तथ्य पहिल्याएर समाधानको उपायसमेत खोजिनुपर्नेमा जोड दिए ।
मन्त्री भुसालले जलस्रोत अनुसन्धान तथा विकास केन्द्रले मन्त्रालयअन्तर्गतका निकायसँग समन्वय गरेर अनुसन्धानका गतिविधिलाई अगाडि बढाउन निर्देशन दिँदै अनुसन्धानमा काम गर्नेहरू जागिरे मात्र नभई कर्तव्यबोध भएर आफ्नो काममा खटिनुपर्ने बताए ।
देशको तराई बेल्ट आर्थात् विशेष गरेर प्रदेश नं २ का नागरिकले धेरैभन्दा धेरै डुबानको समस्या लिएर आउने गरेको उल्लेख गर्दै उनले भने, “तराईमा हुने डुबानको कारण पहाडको भूक्षय हो । पहाडको भूक्षयबारे अनुसन्धान गर्नुपर्छ, त्यसको अवसरबारे तथ्य प्रस्तुत गर्नुपर्छ ।”
मन्त्री भुसालले सिँचाइका समस्यालाई केन्द्रित गरेर अनुसन्धान गरी समाधान खोज्नेतर्फ लाग्नुपर्नेमा जोडदिँदै कृषि, जलविद्युत् एवं पर्यटनजस्ता विकासका आधारभूत क्षेत्रलाई ध्यान दिनुपर्ने बताए । उनले आवश्यकताअनुसार प्रविधि तथा जनशक्ति उपलब्ध गराउनका लागि आफूले पहल गर्ने विश्वास दिलाउँदै जलवायु परिवर्तनले ल्याएको विपत्तिका सन्दर्भमा ध्यान दिन पनि निर्देशन दिए ।
सो अवसरमा ऊर्जा सचिव देवेन्द्र कार्कीले आफ्नो कार्य क्षेत्रमा केन्द्रित भएर अनुसन्धानलाई अगाडि बढाउनुपर्ने बताउँदै यसका लागि आवश्यक स्रोतसाधन उपलब्ध गराउन आफूले निरन्तर पहल गर्ने विश्वास दिलाए ।
जलस्रोत तथा सिँचाइ सचिव सागरकुमार राईले नदी नियन्त्रण एवं नदीले बगाएर ल्याउने गेग्रानका विषयमा पनि अनुसन्धान गर्नुपर्नेमा जोड दिए । कार्यक्रममा केन्द्रका कार्यकारी निर्देशक डा महेश्वर श्रेष्ठले केन्द्रले गरेका अनुसन्धानका क्षेत्र र सोसँग सम्बन्धित जटिलताबारे जानकारी गराएका थिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २९ गते, २०८० - २०:३२
काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्। चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...
पौष २९ गते, २०८० - २०:१२
काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...
पौष २९ गते, २०८० - १८:५१
काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...
पौष २९ गते, २०८० - १८:४८
काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ। कामपाको प्रमुख बालेन्द्र शाह (बालेन) का अध्यक्षताम...
पौष २९ गते, २०८० - १८:४१
काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...
पौष २९ गते, २०८० - १८:२९
मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...
पौष २९ गते, २०८० - १८:२६
काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...
पौष २९ गते, २०८० - १८:२०
चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...
पौष २८ गते, २०८० - १९:३१
सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...
पौष २८ गते, २०८० - १९:२५
सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...
प्रतिकृया लेख्नुहोस्: