Khabar Dabali ९ चैत्र २०८२ सोमबार | 23rd March, 2026 Mon
Investment bank

५० करोडको रक्तचन्दन भारतलाई फिर्ता

सरकारले नेपालमा विभिन्न समयमा जफत र्भ मुलुकमा एकत्र रक्तचन्दन भारत सरकारलाई सुम्पने निर्णय गरेको छ । अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ–मन्त्रिपरिषद्को मंगलबारको बैठकले केही मन्त्रीको विरोध अस्वीकार गर्दै उक्त निर्णय गरेको हो । भारतीय दुतावासका तर्फबाट १४ महिना अघिको पत्रलाई आधार मान्दै मन्त्रिपरिषद्ले यस्तो निर्णय गरेको हो । पत्रमा नेपालमा जफत भई विभिन्न ठाउँमा राखिएको रक्तचन्दनको सुरक्षामा नेपालले धेरै जनशक्ति र खर्च व्यहोर्नु परिरहेकाले त्यसलाई भारतमा पठाउनु नेपालको हितमा हुनेछ भन्ने उल्लेख छ । भारतले १४ डिसेम्बर २०१३ मा सो पत्र लेखेको थियो । मन्त्रिपरिषद्को निर्णय अनुसार फिर्ता गर्न लागिएका रक्तचन्दनको बजार मूल्य ४८ करोड ९० लाख रुपैयाँ पर्छ । हाल चिनियाँ बजारमा प्रतिकेजी १८ हजार रुपैयाँका दरले रक्तचन्दनको व्यापार हुने गरेको छ । नेपालमा उत्पादन नहुने रक्तचन्दन भारतमा भने खुल्ला बिक्री वितरण हुने गरेको छ । भारतका आन्द्र प्रदेश र तामिलनाडुका जंगलमा प्रचुरमात्रामा रक्तचन्दन पाइन्छ । भारतको बाटो गरी चीन लैजाने तयारीका क्रममा बरामद रक्तचन्दन लिलाम गर्नुपर्ने आवाज केही मन्त्रीले उठाए पनि वनमन्त्री महेश आचार्यले भारतले पत्र पठाएको भन्दै फिर्ता गर्नुपर्ने तर्क गरेका थिए । अदालतले जफल गरेको चार हजार पाँच सय ५९ केजी र विभिन्न समयमा बरामद भएको २२ हजार ६ सय सात केजी रक्तचन्दन वन विभागको कम्पाउन्डमा ट्रकभित्रै सुरक्षा दिएर राखिएको मन्त्री आचार्यको प्रस्तावमा उल्लेलख छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: