Ntc summer Offer
Khabar Dabali ५ बैशाख २०८१ बुधबार | 17th April, 2024 Wed
NIMB

प्रादेशिक अस्पताललाई प्रभावकारी बनाउँछौ: मुख्यमन्त्री शाक्य

खबरडबली संवाददाता

चितवन । वाग्मती प्रदेशका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले प्रदेश सरकारका मातहतमा रहेका अस्पतालाई प्रभावकारी सेवा दिन आग्रह गरेकि छिन् ।  पूर्वी चितवनस्थित बकुल्लहर रत्ननगर अस्पतालमा आज आयोजित पिसिआर ल्याब र अक्सिजन प्लान्टको शुभारम्भ गर्दै उनले अस्पताललई थप श्रोत साधन सहयोग गरिने जानकारी समेत दिइन् ।  यी दुवै उपकरण प्रदेश सरकारले अस्पताललाई उपलब्ध गराएको थियो । 

स्वास्थ्य क्षेत्रमा सुधारको आवश्यक देखिएपछि सरकारले स्वास्थ्य मन्त्रालयलाई अलग बनाएको उनको भनाइ छ । मुख्यमन्त्री शाक्यले भनिन्, “सङ्घीय सरकारले प्रादेशिक अस्पताल हस्तान्तरण गर्न ढिला गरेकाले व्यवस्थापकीय पाटोमा समस्या आएको छ ।” प्रदेशका १३ जिल्लामा रहेका अस्पतालमा पिसिआर मेसिन र अक्सिजन प्लान्ट सञ्चालन भइरहेको उनले बताइन । 

अस्पताल सञ्चालक समितिका अध्यक्ष गोपाल कर्माचार्यका अध्यक्षतामा सम्पन्न कार्यक्रममा वाग्मती प्रदेशका स्वास्थ्यमन्त्री प्रदीपकुमार कटुवाल, सामाजिक विकासमन्त्री विजय सुवेदी, पूर्व शिक्षा राज्यमन्त्री शेषनाथ अधिकारी, पूर्व कृषि, सहकारी तथा भूमि व्यवस्थामन्त्री दावा दोर्जे लामा, रत्ननगर नगरपालिकाका प्रमुख नारायण वन लगायतको उपस्थिति रहेको थियो ।

सो अवसरमा अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा विश्वबन्धु बगालेले अस्पतालका विषयमा जानकारी गराएकी थिइन । विसं २०२४ मा हेल्थपोष्टबाट सुरुआत भएको सो अस्पताल अहिले प्रादेशिक ५० श्ययाको स्वीकृत भए पनि ४३ श्यया मात्रै सञ्चालन गर्नु परेको उनले गुनासो गरिन । अस्पतालमा चिकित्सक, स्वास्थ्यकर्मीसहित १२० कार्यरत रहेको भए पनि दरबन्दी भने २५ जनाको मात्रै रहेको उनले बताइन ।  अहिले सो अस्पतालले मनोरोग बाहेक अन्य रोगको विशेषज्ञ सेवा दिंदै आएको छ । 

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies