Khabar Dabali २७ मंसिर २०८२ शुक्रबार | 12th December, 2025 Fri
Investment bank

२ वर्षमै बिग्रिए जडान गरिएका सबै सिसीटिभी क्यामेरा

चार महिना बितिसक्दा पनि मर्मत हुन सकेन

रासस

दार्चुला । दुर्घटना न्यूनीकरण तथा सुरक्षा निगरानीका लागि भन्दै सदरमुकाम खलङ्गामा दुई वर्षपहिले जडान गरेका सिसीटिभी क्यामेरा बिग्रिएका छन् । जिल्ला प्रहरी कार्यालयले निगरानी गर्ने गरी सदरमुकाम खलङ्गाका विभिन्न आठ स्थानमा सिसीटिभी क्यामेरा जडान गरेको थियो ।

विसं २०७६ असार २२ गते महाकाली नगरपालिकाले खलङ्गा क्षेत्रमा अपराध नियन्त्रणमा सघाउ पुर्‍याउन भन्दै सिसीटिभी क्यामेरा जडान गरेको हो । जिल्ला प्रहरी कार्यालयबाट पुलघाट भन्सार कार्यालयसम्मका मुख्य स्थानमा सिसीटिभी क्यामेरा जडान गरिएको थियो । जडान गरिएका सबै सिसीटिभी बिग्रिएर बन्द भएको चार महिना बितिसक्दा पनि मर्मत हुनसकेका छैनन् । 

“चार महिनादेखि सिसीटिभी क्यामेरा चलेका छैनन्”, जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक नरेन्द्रबहादुर चन्दले भने, “मर्मतका लागि मान्छे नआउँदा ढिलाइ भएको छ, मर्मत गर्ने जिम्मेवारी नगरपालिकाको भए पनि अहिलेसम्म नगरपालिकाले पनि मान्छे ल्याउन सकेको छैन ।” 

सिसीटिभी क्यामेरा जडान गर्न भारतबाट प्राविधिक ल्याइएको थियो । मर्मतका लागि पनि उतैबाट ल्याउनुपर्ने भए पनि अहिलेसम्म मान्छे मगाउन नसक्दा सदरमुकाम खलङ्गामा अपराध निन्त्रणमा प्रहरीलाई समस्या हुन थालेको छ । सिसीटिभी जडानपछि प्रहरीको ड्युटी निगरानी, सडक जाम, दुर्घटनाको जानकारी, अपराधपछि भाग्ने अवस्थाको अन्त्य हुने अपेक्षा गरिएको थियो ।

जडान गरिएको छोटो समयमै सिसीटिभी बिग्रिएपछि प्रहरीको ड्युटी निगरानीसँगै सुरक्षा जोखिमसमेत बढ्दै गएको सूचना अधिकारीसमेत रहनुभएका प्रहरी निरीक्षक चन्दले बताए । बजारमा रातिको समयमा हुने अपराध पत्ता लगाउन सिसीटिभी सहयोगी बनेका थिए, तर जडान गरिएका सिसिटिभी बिग्रिएपछि मर्मत हुन नसक्दा सुरक्षा चुनौती थपिँदै गएको उनको भनाइ छ ।

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending