Khabar Dabali २० चैत्र २०८२ शुक्रबार | 3rd April, 2026 Fri

युनिटीका मुख्य नाइके पाँच वर्षपछि पक्राउ

१६ साउन, काठमाडौं । नेटवर्किङ व्यवसायको नाममा झन्डै चार लाख सर्वसाधारणबाट तीन अर्ब ७९ करोड ठगी गर्ने युनिटी इन्टरनेसनलका मुख्य नाइके पाँच वर्षपछि पक्राउ परेका छन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ कम्पनीका तत्कालीन प्रबन्ध निर्देशक विष्णु क्षेत्री र निर्देशक कृष्ण क्षेत्रीलाई प्रहरीले बिहीबार भारतमा पक्राउ गरेर शुक्रबार काठमाडौं ल्याएको छ । हिमाञ्चल प्रदेशको कुल्लु सहरबाट उनीहरूलाई पक्राउ गरिएको हो । नेपालमा ठगी गरेको पैसाले उनीहरूले त्यहाँ व्यवसाय गर्दै आएका थिए । महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले भारतीय प्रहरीको सहयोगमा उनीहरूलाई पक्राउ गरी प्लेनमार्फत काठमाडौं ल्याएको हो । शुक्रबार उनीहरूलाई पत्रकार सम्मेलन गरेर सार्वजनिक गरिएको छ । पत्रकार सम्मेलनमा कोट लगाएर उपस्थित भएका क्षेत्री दाजुभाइको अनुहारमा कुनै ग्लानि देखिँदैनथ्यो । हाँसी–हाँसी उनीहरू पत्रकारमाझ उपस्थित भए । सर्वसाधारणको अर्बौँ रुपैयाँ ठगी गर्नेलाई पक्राउ गर्नु ठूलो उपलब्धि भएको महानगरीय प्रहरी आयुक्त एआइजी विज्ञानराज शर्मा बताए । झन्डै चार लाख सर्वसाधारणलाई ठगी गरेका उनीहरू भारतमा रासनकार्डसमेत लिएर बस्दै आएका थिए । विष्णु क्षेत्री भने वेलावेलामा नेपालसमेत आउने गरेको अनुसन्धानबाट खुलेको छ । क्षेत्री दाजुभाइलाई अदालतले समेत दोषी ठहर गरी तीन–तीन वर्ष कैद र दुई करोड १२ लाख रुपैयाँका दरका जरिवानाको फैसला सुनाएको थियो । पक्राउ परेकालाई अदालतमार्फत जेल चलान गरिने अपराध महाशाखाका प्रमुख एसएसपी सर्वेन्द्र खनालले बताए । ललितपुर प्रहरीले २८ जेठ ०६७ मा युनिटी इन्टरनेसनलका एक सय १२ जनाविरुद्ध ठगी मुद्दा दायर गरेको थियो । त्यसमाथि १७ चैत ०७० मा फैसला सुनाउँदै ललितपुर जिल्ला अदालतले मुख्य सञ्चालक १२ जनालाई दोषी ठहर गरेको थियो । अदालतले संस्थाका अध्यक्ष काशीराज गुरुङ, सञ्चालकहरू नेत्र राजवंशी, भीमबहादुर गुरुङ, इन्द्रबहादुर विक, विष्णु क्षेत्री, कृष्ण क्षेत्री, महेन्द्र केसी, शिशिर योगी, लोकबहादुर, विश्वनाथ गौतम, घनश्याम बस्ताकोटी र गोविन्द ज्ञवालीलाई पनि दोषी ठहर गरेको थियो । जरिवानासहित उनीहरूबाट जनही दुई करोड १२ लाख ५२ हजार पाँच सय ५२ असुल गर्न आदेश दिएको थियो । क्षेत्री दाजुभाइबाहेकका सबै यसअघि नै पक्राउ परिसकेका छन् । उनीहरूले विनाअनुमति बैंकिङ, बिमा तथा स्वास्थ्यसम्बन्धी काम गर्दै आएका थिए । सुरुमा प्रतिव्यक्ति ११ हजार रुपैयाँ उठाएका उनीहरूले पछि १५ हजार उठाएका थिए । तीन लाख ७६ हजार सर्वसाधारणसँग पैसा उठाइएको थियो । उक्त रकम विनाअनुमति युनिटी हाइड्रोपावर र युनिटी वाटर कम्पनी स्थापना गरी लगानी गरेका थिए । फिना बहुउद्देश्यीय सहकारी संस्थाको नाममा पनि उनीहरूले केही रकम उठाएका थिए । यसरी डुबेको थियो युनिटी ०६४ भदौमा एस्योरेन्स युनिटी इन्टरनेसनलको नाममा कम्पनी रजिस्ट्रार कार्यालयमा दर्ता गरेर नेटवर्किङ व्यवसाय सुरु गरिएको थियो । काशी गुरुङ, विष्णु क्षेत्री, कृष्ण क्षेत्री, नेत्र राजवंशी, इन्द्रबहादुर विक र महेन्द्र केसी मिलेर स्थापना गरिएको उक्त कम्पनीलाई पछि युनिटी इन्टरनेसनलका नाममा चलाउन थालियो । सुरुमा प्रतिव्यक्ति १० हजार रुपैयाँ उठाएर सदस्य बनाउन थालियो । आफूले जति धेरै सदस्य बनायो त्यति धेरै पैसा पाइने योजना बनाएर जिल्ला–जिल्लामा नेटवर्क बढाउन थालियो । आकर्षक प्रस्ताव राखेपछि विदेशमा रहेका हजारौँ नेपालीसमेत युनिटीका सदस्य बने । बिरामी हुँदा निस्शुल्क उपचार हुने भन्दै पनि सदस्य बनाइयो । त्यसका लागि जिल्ला–जिल्लामा अस्पताल पनि स्थापना गरिए । विभिन्न पार्टीका नेताहरूलाई प्रभावमा पारेर उनीहरूले कारोबार बढाउँदै लगेका थिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending