Ntc summer Offer
Khabar Dabali ८ जेष्ठ २०८१ मंगलवार | 21st May, 2024 Tue
NIMB

भक्तपुर र चाँगुनारायणका विद्यालय खुले, मध्यपुरथिमि र सूर्यविनायकमा तिहारपछि

रासस

भक्तपुर । कोरोना भाइरसको महामारीका कारण गत चैतदेखि बन्द विद्यालय धमाधम खुल्न थालेका छन् । जिल्लामा भक्तपुर र चाँगुनारायण नगरपालिकाका विद्यालय भौतिक उपस्थितिमै सञ्चालन भएका छन् भने मध्यपुरथिमि र चाँगुनारायण नगरपालिका विद्यालय दशैँ तिहारपछि मात्रै सञ्चालनमा आउने भएका छन् ।

कोभिड–१९ सङ्क्रमण घटेको भन्दै लकडाउन हटाएर निषेधाज्ञा खुकुलो बनाएसँगै स्थानीय तहमा विद्यार्थीको भौतिक उपस्थितिमै विद्यालय सञ्चालन हुन थालेका छन् । भक्तपुर र चाँगुनारायण नगरपालिकाले स्वास्थ्य मापदण्ड पालना गर्दै  विद्यालय खुल्न अनुमति दिएपछि यहाँका विद्यालय असोज १ गतेदेखि नै विद्यार्थीको भौतिक उपस्थितिमै सञ्चालनमा आएका हुन् ।

सूर्यविनायक नगरपालिकाले भने दशैँअगाडि भौतिकरूपमा परीक्षा सञ्चालनको अनुमित दिए पनि दशैँपछि कक्षा ८ देखि १० सम्म र तिहारपछि सबै कक्षालाई भौतिकरूपमा विद्यालय सञ्चालन गर्ने अनुमति दिने निर्णय गरेको छ । मध्यपुरथिमि नगरपालिकाले भने उपत्यकामा १८ वटा नगरपालिकामध्ये अन्तिममा मात्रै विद्यालय खोल्न अनुमति दिने बताउँदै आएको छ । 

चाँगुनारायण नगरपालिकाका प्रमुख सोमप्रसाद मिश्रले नगरपालिकाले अनुमति नदिए पनि लुकीलुकी भौतिकरूपमा विद्यालय सञ्चालन गर्न थालेपछि नगरपालिकाले विद्यालय सञ्चालन निर्देशिका जारी गरी स्वास्थ्य मापदण्ड कार्यान्वयनमा ल्याउँदै विद्यार्थीको भौतिक उपस्थितिमै विद्यालय सञ्चालन गर्न अनुमति दिएको बताए ।

“नगरपालिकाभित्र रहेका सबै निजी तथा सामुदायिक विद्यालयका  विद्यार्थी, शिक्षक तथा कर्मचारीलाई आवश्यक पर्ने मास्क, स्यानिटाइजर, हात धुने साबुनलगायत सुरक्षा सामग्री नगरपालिकाले नै वितरण गरेका छौँ, ज्वरो नाप्ने थर्मनगन यसअघि नै बाँडिसकेका छौँ”, नगरप्रमुख मिश्रले भने, “नगरपालिकाले स्वास्थ्य निर्देशिका र कार्यढाँचा जारी गरी विद्यालय सञ्चालन गर्न अनुमति दियौँ, विद्यालय खुलेका छन्, हामी बेला–बेलामा अनुमगन पनि गर्छौँ ।”

सूर्यविनायक नगरपालिकाले तत्कालका लागि भौतिकरूपमा परीक्षा सञ्चालन गर्न अनुमति दिए पनि कक्षा सञ्चालन भने दशैँपछि मात्रै अनुमति दिने भएको छ । सूर्यविनायक नपाका प्रमुख वासुदेव थापाले भने, “हामीले अहिले विद्यालय सञ्चालनको अनुमति दिएका छैनौँ, दशैँपछि कक्षा ८, ९, र १० तथा तिहारपछि कात्तिक ७ गतेदेखि सबै कक्षालाई भौतिकरूपमै विद्यालय सञ्चालन गर्न दिने निर्णय गरेका छौँ ।”

मध्यपुरथिमि नगरपालिकाले भने तिहार अगाडि विद्यालय सञ्चालनको अनुमति नदिने भएको छ । खोप लगाउन बाँकी १८ वर्षमुनिका बालबालिका कोरोनाको उच्च जोखिममा रहेको भन्दै उनले बालबालिकामा कोरोना सङ्क्रमण देखिन थालेकाले हतारिएर विद्यालय खोल्न अनुमति नदिने बताए । 

उनले अनुमति नदिई विद्यालय सञ्चालन गरेको पाइए नगरपालिकाले कारबाही गर्छ भन्दै उपत्यकाका १८ पालिकामध्ये १७ वटाले सञ्चालनको अनुमति दिएपछि मात्रै मध्यपुरथिमिले अनुमति दिने जानकारी दिए । मध्यपुरथिमि नगर कसैको दबाब र प्रभावमा नचल्ने भन्दै उनले विद्यार्थी र विद्यालयले कक्षामा भौतिक दूरी कायम गर्छौँ भने पनि त्यसले काम नगर्ने र स्वास्थ्य मापदण्ड पूर्णरूपमा पालना गराउन नसक्ने बताए । 

नगरप्रमुख श्रेष्ठले भने, “अधिकांश सरकारी विद्यालयका ८० प्रतिशत विद्यार्थी उपत्यका बाहिरका छन्, दशैँमा घर गएर फर्किँदा निकै जोखिममा हुन्छन्, एक विद्यार्थीलाई मात्र कोरोना सङ्क्रमण देखियो भने त्यसले विद्यालयमा कतिलाई सार्ला, सङ्क्रमणले विद्यालयको एउटा विद्यार्थीको मात्रै ज्यान गयो भने के हुन्छ ?, बरु बच्चाका लागि खोप ल्याएर छिटो दिन सरकारलाई दबाब दिऔँ ।”

दशैँ र तिहारपछि अवस्था हेरेर मात्रै विद्यालय सञ्चालनको अनुमति दिने बताउँदै उनले मध्यपुरथिमि नपाद्वारा सञ्चालित नेपाल कोरिया–मैत्री नगरपालिका अस्पतालमा बच्चाका लागिसमेत भेन्टिलेटरसहितको आइसीयू सञ्चालनमा ल्याएको बताए । भक्तपुर नपा उपप्रमुख एवं शिक्षा समिति संयोजक रजनी जोशीले नगरपालिकाले विद्यालयका प्रिन्सिपल, अभिभावक, शिक्षक, विद्यार्थीलगायत सरोकारवाला निकायसँग छलफल गरेर विद्यालय सञ्चालनको अनुमति दिएको बताए ।

विद्यालय भौतिकरूपमा सञ्चालन गर्नु जोखिम भए पनि स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्छौँ भनेर विद्यालय सञ्चालकले भनेको र विद्यार्थीले पनि विद्यालयमै गएर पढ्छौँ भनेपछि विद्यालय सञ्चालनको अनमुति दिएको उनको भनाइ छ ।

उपप्रमुख जोशीले भने, “विद्यालयले भौतिकरूपमा परीक्षा सञ्चालन र पढाइ सञ्चालन गरिरहेका छन्, हामीले रोकेका छैनौँ, विद्यार्थी पनि स्कुल जान आतुर छन्, अभिभावकले पनि अनलाइन कक्षा प्रभावकारी नभए पनि पूरै शुल्क तिर्नुपर्ने, अनलाइन कक्षाका लागि कामै छाडेर एक जना घरमा बस्नुपर्ने समस्या आयो भन्दै गुनासो गरेपछि अनुमति दियौँ ।”

वैशाखदेखि नयाँ शैक्षिकसत्र सुरु हुने भए पनि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले गत चैत पहिलो साता नै नयाँ शैक्षिक सत्रको भर्ना नलिन आग्रह गरेको थियो । जेठ १८ गते बन्द विद्यालयको नियमित पठनपाठन सञ्चालन गर्न मन्त्रालयले वैकल्पिक प्रणालीबाट विद्यार्थीको सिकाइ सहजीकरण निर्देशिका–२०७७ जारी गर्दै असार १ गतेदेखि शैक्षिक सत्र गणना गरी विद्यार्थी भर्ना गर्न र वैकल्पिक सिकाइ सञ्चालन गर्न अनुमति दिएको थियो ।

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies