Ntc summer Offer
Khabar Dabali ५ आश्विन २०८१ शनिबार | 21st September, 2024 Sat
NIMB

जनप्रतिनिधिमाथि प्रश्नका तीर

खबरडबली संवाददाता
बागलुङ । सुशासन र जवाफदेहिता प्रवद्र्धनको औजार मानिने सार्वजनिक सुनुवाइमा यहाँका जनप्रतिनिधिले तीव्र गुनासा र प्रश्नको सामना गर्नुपरेको छ । 
 
बिहीबार जैमिनी नगरपालिकाद्वारा आयोजित सार्वजनिक सुनुवाइको दृश्यले जनताका आकांक्षा र सार्वजनिक निकायका काम तथा सेवा प्रवाहबीच ठूलो अन्तर रहेको देखाउँथ्यो । सहभागीबाट उठेका सवालको सम्बोधन गर्न नगरपालिकाका पदाधिकारीलाई हम्महम्मे परेको थियो । पदावधि सकिन लाग्दासमेत जनप्रतिनिधिले चुनावका वेला गरेका वाचा पूरा नगरेकामा स्थानीयवासीले दु:खेसो पोखेका थिए ।
 
राजनीतिक दलका नेता, नागरिक अगुवासमेत नगरपालिकाको कार्य सम्पादनप्रति असन्तुष्ट देखिन्थे । जनप्रतिनिधि र कर्मचारीले भने राम्रा काम पनि भएको भन्दै नगरपालिकाको बचाउ गरेका थिए । स्थानीय युवा छायाँदत्त चापागाईले दर्जन जति प्रश्न नगरपालिकाप्रति तेर्साए । सरकारी बजेट खर्चेर नगरप्रमुखसहितले गरेको जापान भ्रमणको उपलब्धि मागेदेखि सार्वजनिक सवारीमा लिने गरिएको मनपरी भाडादर नियन्त्रण हुन नसकेकोसम्मका विषयमा उहाँका प्रश्न केन्द्रित थियो । 
 
स्थानीयवासी तिलक थापाले नगरपालिका स्थापना भएपछि एकपटक मात्रै टालटुले हिसाबले बजार अनुगमन भए पनि त्यसपछि अनुगमनले निरन्तरना नपाएको गुनासो पोखे । उनले  अनुगमन समितिको सिफारिसबिनै योजनाको भुक्तानीसमेत हुने गरेको सुनाए  । 
 
राष्ट्रिय जनमोर्चा जैमिनीका सचिव ठाकुरप्रसाद शर्माले कोभिड–१९ का बिरामीलाई अस्पताल पुर्‍याउन गाउँमा एम्बुलेन्स पठाइदिनुस्भन्दा पनि नगरपालिकाले सडकस्तरीय नभएको जवाफ दिएको स्मरण गरे । “बिरामी बोक्ने एम्बुलेन्सका लागि सडक राम्रो बनाउने जिम्मा नगरपालिकाको हो की गाउँका गरिब जनताको ?”, उनले प्रश्न गरे । नगरपालिकाका गाडी र डोजरका पार्टस् पोखरामा किनेर अन्तैको बिल हाल्ने गरेको भन्दै शर्माले आक्रोश पोखे ।
 
भ्रष्ट आचारण भएका कर्मचारीका कारण पनि सुशासन कायम हुन नसकेको उनको भनाइ थियो । सिङ्गै नगर क्षेत्रभरि बिछ्याउन पुग्ने गरी पाइप वितरण भए पनि अहिलेसम्म कुनै पनि उपभोक्ताको घरमा सो पाइपबाट मुहानको पानी नपुगेको उनको दाबी छ । पहिलेको व्यवस्थामा बरु सर्वसाधारणले स्वास्थ्यचौकीबाट नि:शुल्क सिटामोल पाउने गरेकामा स्थानीय सरकारका रुपमा नगरपालिका आएपछि त्यो सुविधा पनि हटेको शर्माले बताए ।
 
नेकपा (माओवादी केन्द्र) का नेता शोभाप्रसाद शर्माले प्रश्नको लामो सूची नै सार्वजनिक सुनुवाइमा प्रस्तुत गरे । उनले कृषिउपज केन्द्र, महिला भवनलगायत अलपत्र भौतिक संरचना अब के हुन्छन् भनी जिज्ञासा राखे । नगरपालिकाको न्यायिक समिति पनि कर्मकाण्डी मात्र भएको उनको आरोप थियो ।
 
नेपाली कांग्रेसका नगर सभापति प्रेमप्रसाद सापकोटाले सार्वजनिक सुनुवाइमा सकारात्मक कामबारे पनि चर्चा हुनुपर्ने धारणा राखे  । शून्यबाट उठेको नगरपालिकाले सीमित स्रोत साधनका वाबजुद जनताका पक्षमा काम गरेको उनले उल्लेख गरे ।
 
नगरपालिकाभित्रका गलत प्रवृत्ति र बेथितिका विरुद्ध जनप्रतिनिधि स्वयंले पनि खबरदारी गर्नुपर्ने सापकोटाको भनाइ छ । नेकपा (एमाले)का नेता रुद्र आचार्यले नगरपालिकाले आन्तरिक आय वृद्धिका योजना ल्याउनुपर्ने बताए । उनल नगरपालिकाबाट भए गरेका कतिपय सकारात्मक कामको पनि प्रसार नभएको धारणा राखे ।
 
नगरप्रमुख इन्द्रराज पौडेलले नगरपालिकाका काम र सेवा प्रवाहबारे जनताको तहबाट उठेका प्रश्न र जिज्ञासालाई आफूले सम्मान गर्ने बताए । उनले विकास र पद्धति सिक्न आफूहरु जापान भ्रमणमा गएको प्रस्ट्या । उनले नगरपालिकाको न्यून खर्चमा जापान जाने अवसर आउँदा आफूहरु गएको भन्दै आलोचकलाई पनि एकपटक जापान भ्रमणमा जान सुझाए ।
 
दुई वर्षअघि नगरप्रमुखको नेतृत्वमा जनप्रतिनिधि र कर्मचारीको टोली जापान भ्रमणमा गएको थियो । उनले नगरको विकास र जनतालाई दिइने सेवा प्रवाहलाई चुस्त बनाउन हरसम्भव कोसिस गरिए पनि स्रोत साधनको सीमितता, भूगोल, प्रकृति, कोभिड–१९ महामारीलगायतले बाधा उत्पन्न गराएको बताए  ।
 
नगरप्रमुख पौडेलले जनप्रतिनिधिको इच्छाशक्ति कम हुँदा पनि त्यसले कामको प्रभावकारितामा असर पुर्‍याउने गरेको अनुभव सुनाए । उनले जनप्रतिनिधि र कर्मचारी संयन्त्रबाट कुनै कमजोरी भएका भए त्यसलाई सच्चाएर जाने प्रतिबद्धता व्यक्त गरे । “हामी निर्वाचित हुँदा गरेका प्रतिबद्धता कतिपय पूरा हुँदैछन्, बजेट, स्रोत साधनको अभावमा पनि केही योजना अगाडि बढाउन सकिएको छैन”, उनले भने । नगरपालिका बनेपछि पहिलो वर्षको कार्ययोजनाअनुसार नगरका सबै विद्यालय र स्वास्थ्य संस्थामा सडकको पहुँच पुर्‍याइएको उनको भनाइ छ ।
 
यही वर्ष नगर खरका छानामुक्त हुने र घरबारविहीनलाई घर बनाइदिने नगरप्रमुख पौडेलले बताए । अति विपन्नको घर निर्माणका लागि सङ्घ सरकारले विशेष अनुदानबापत रु एक करोड नगरपालिकालाई उपलब्धसमेत गराइसकेको छ । यस्तै भूमिहीनको समस्या पनि सधँैका लागि अन्त्य हुने नगरप्रमुख पौडेलले बताए । सडक, खानेपानी, सिँचाइलगायत पूर्वाधार विकासका योजनालाई पनि गति दिइने उनको भनाइ छ । 
 
सामाजिक तथा मानव विकासका क्षेत्रमा पनि नगरपालिकाले लगानी बढाइरहेको प्रमुख प्रशासकीय अधिकृत ज्ञानराज कोइरालाले बताए । उनका अनुसार शिक्षा क्षेत्रमा मात्र नगरपालिकाको झण्डै ५० प्रतिशत बजेट खर्च भइरहेको छ । त्यसपछि ठूलो बजेट स्वास्थ्यमा जान्छ । योजना अधिकृत प्रेमप्रसाद सापकोटाले गत आवमा भौतिकतर्फ नगरपालिकाले कूल ८८ प्रतिशत र वित्तीयतर्फ ८३ प्रतिशत प्रगति हाँसिल गरेको उल्लेख गरे  । 
 
गत वर्ष २३ किमि नयाँ सडक विस्तार भएको र एक हजार २०० मिटरमा कालोपत्र भएको उनको भनाइ छ । आफ्नै भवन निर्माणका लागि नगरपालिकाले जग्गासमेत व्यवस्थापन गरिसकेको छ ।
Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy