Khabar Dabali २७ मंसिर २०८२ शुक्रबार | 12th December, 2025 Fri
Investment bank

ज्येष्ठ नागरिकलाई सम्मानका साथ राखौँ : मुख्यमन्त्री भट्ट

खबरडबली संवाददाता
महेन्द्रनगर । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले ज्येष्ठ नागरिकलाई घर परिवारमै सम्मानजनक ढङ्गले बस्ने वातावरण बनाउनुपर्नेमा जोड दिएका छन्  । अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसका अवसरमा आज बिहान कञ्चनपुरको बेदकोट नगरपालिकास्थित वृद्धाश्रममा आयोजित कार्यक्रममा उनले ज्येष्ठ नागरिकलाई सन्ततिले गर्ने व्यवहारको सिको भावी पुस्ताले समेत गर्ने बताए । “ज्येष्ठ नागरिकले वृद्धाश्रममा बस्नुपर्ने वातावरण कसरी बन्यो ?”, मुख्यमन्त्री भटृले भने, “आफूसित राख्ने वातावरण किन बनेन् भन्ने विषयमा छलफल हुनु आवश्यक छ ।”
 
उनले ज्येष्ठ नागरिकलाई बोझ सम्झेर वृद्धाश्रम पुर्‍याउनेले आफूले पनि पछि  त्यही नियति भोग्नुपर्नेमा  हेक्का राख्न सुझाव दिए  ।
 
सामाजिक विकासमन्त्री लालबहादुर खड्काले जीवनका महत्वपूर्ण समय परिवार र देशका निम्ति खर्चेका वृद्धवद्धा शारीरिक अवस्था कमजोर भए पनि विविध खाले समस्यासित जुध्नुपरेको बताए । “वृद्धाश्रममा कोही पनि बसून् भन्ने होइन ।” उनले भने, “घरमै राम्रो व्यवहारका साथ बस्ने वातावरण मिलाउनुपर्छ ।”
 
मुख्यमन्त्री भट्टले प्रदेश सरकारको सहयोगमा वृद्धाश्रम परिसरमा निर्मित आवासगृह र सभाहल र छेउमै रहेको रौटेला खोलामा निर्मित झोलुङ्गे पुल पनि उद्घाटन गरेका थिए ।
Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending