Ntc summer Offer
Khabar Dabali ८ मंसिर २०८१ शनिबार | 23rd November, 2024 Sat
Investment bank

महासचिव पोखरेल भन्छन्– ताजा जनादेशमा जानु नै उचित

खबरडबली संवाददाता
काठमाडौँ । नेकपा (एमाले) का महासचिव ईश्वर पोखरेलले मुलुकका पछिल्ला राजनीतिक घटनाक्रमले पनि पूर्ववर्ती केपी शर्मा ओली नेतृत्वको सरकारले गरेको ताजा जनादेशमा जाने निर्णयको औचित्य पुष्टि भएको बताएका छन् ।
 
विजयादशमीको पूर्वसन्ध्यामा आज आयोजित कार्यक्रममा पत्रकारसँग कुरा गर्दै पूर्व उपप्रधानमन्त्री पोखरेलले निर्वाचनअघि नेपाली कांग्रेस नेतृत्वको सरकारसँग कुनै सत्ता गठबन्धन नहुने पनि स्पष्ट पारे । 
 
उनले प्रतिनिधिसभाको विघटनलाई सर्वोच्च अदालतले पुन:स्थापनाको फैसला गरेका कारण एमाले प्रतिपक्षमा पुगेको र आउँदो निर्वाचनबाट पुन:जनादेश पाउने विश्वास व्यक्त गरे । मन्त्रिमण्डल विस्तारका क्रममा न्यायपालिका जोडिएको विषयमा सोधिएको प्रश्नमा महासचिव पोखरेलले भने, “तपार्इँहरुले देखिरहनु भएकै छ, यो तमासा र विकृति कसरी वा किन भयो ? यसको वास्तविकता सञ्चार क्षेत्रले नै उजगार गरोस् ।”
 
उनले एमाले विपक्षमा रहँदा पनि समृद्धिका लागि पहल जारी राख्ने र जनताका लागि आवाज उठाइरहने उल्लेख गर्दै अप्ठेरो स्थितिमा पार्टीलाई नयाँ ढङ्गले अघि बढाउन हालै सम्पन्न विधान महाधिवेशनले नीति तथा विधिका लागि म्याण्डेट दिएको र मङ्सिरमा हुने दशौँ राष्ट्रिय महासधिवेशले नयाँ नेतृत्व निर्वाचित गर्ने जनाए  । 
 
उनले  आफू दुई कार्यकाल महासचिव भइसकेकाले त्योभन्दा माथि जुनसुकै पदका लागि ‘डिजर्भ’ गर्ने भए पनि अहिले अध्यक्ष ओलीले नेतृृत्व गरेको यात्रालाई सत्ता गठबन्धनले चुनौती दिन खोजेकाले परामर्शमा मात्रै उम्मेदवारी तय गर्ने बताए । 
Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy