Khabar Dabali ८ पुष २०८२ मंगलवार | 23rd December, 2025 Tue
Investment bank

प्रजातन्त्र अब कसैले मास्न सक्दैन : प्रधानमन्त्री देउवा

खबरडबली संवाददाता

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रजातन्त्र मास्ने सपना कसैले नदेख्न सचेत गराएका छन् । पोखरामा आइतबार आयोजित समारोहमा गण्डकी प्रदेशलाई साक्षर प्रदेश घोषणा गर्दै प्रधानमन्त्री देउवाले अब कसैलाई पनि प्रजातन्त्रको खिलापमा कुनै किसिमको सपना नदेख्न सचेत गराए । 

देउवाले प्रजातन्त्रको विकल्प प्रजातन्त्र नै भएको बताउँदै उलने अब प्रजातन्त्र कसैले खोस्न नसक्ने र यसको खिलाफमा कसैले सपना नदेखे हुने स्पष्ट पारे ।

गण्डकी प्रदेशलाई साक्षर घोषणा गरी साक्षर प्रदेशको बासिन्दा भएकामा प्रदेशवासीलाई बधाइ व्यक्त गर्दै उहाँले नेपालको संविधानमा शिक्षालाई मौलिक हकका रूपमा राखिएको बताए। शिक्षा मौलिक हक भएकाले सबैले पाउनुपर्ने उनको भनाइ छ ।

देशमा कोरोनाको रोकथाम र नियन्त्रणका लागि गरिएका प्रयासलाई अन्तर्राष्ट्रिय जगत् र विश्व स्वास्थ्य सङ्गठनले पनि सराहना गरेको उनले बताए । साक्षरता र समृद्धिका बीचमा सोझो सम्बन्ध भएको कुरा विभिन्न अनुभव र अध्ययनले प्रमाणित गरेको उनको भनाइ छ ।

साक्षर र बाँकी निरक्षरको तथ्याङ्क यकिन गरी त्यसअनुरुप थप कार्यक्रम सञ्चालनका साथै बजेटको बन्दोबस्त एवं साक्षरलाई निरन्तरताका अवसर सुनिश्चित गर्नुपर्ने उनले बताए । गण्डकी प्रदेशको इतिहास लक्ष्मीप्रसाद देवकोटा, मोतिराम भट्टजस्ता विद्धान जन्मेको क्षेत्र भएको उल्लेख गर्दै प्रधानमन्त्रीले प्रदेशलाई साक्षर प्रदेश घोषणा गरिनु महत्वपूर्ण उपलब्धि भएको धारणा राखे ।

मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले गण्डकी प्रदेशमा सम्भावना नै सम्भावना रहेको जनाउँदै यसलाई उजागर गर्न सङ्घ सरकारको सहयोग अपरिहार्य भएको बताए । प्रदेशको लाइफ लाइनका रूपमा रहेको त्रिवेणीदेखि कोरोलासम्मको मार्ग निर्माणका साथै विभिन्न सडक पूर्वाधार विकास गर्नु आवश्यक रहेको उनले बताए । 

कतिपय आयोजना तथा कार्यक्रम जग्गा प्राप्त हुन नसक्दा अघि बढाउन नसकिएको जनाउँदै मुख्यमन्त्री पोखरेलले त्यसका आवश्यक सहजीकरण तथा सहयोग गरिदिन आग्रह गरे । दक्षिण एसियाली खेलकुदका विभिन्न खेल सम्पन्न गरेको पोखरा रङ्गशालामा रात्रीकालीन खेलकुदका लागि बत्तीको व्यवस्थापनका साथै उपकरण जडान गर्न आवश्यक बजेट व्यवस्था गरिदिन पनि उनले प्रधानमन्त्रीको ध्यानकर्षण गराए ।

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending