काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) लाई गतिशील र प्रभावकारी बनाउने बताएका छन् ।
नेपाल पर्यटन बोर्डले आज यहाँ आयोजना गरेको स्वागत तथा बधाई कार्यक्रममा मन्त्री आलेले निगमलाई सबल र प्रभावकारी ढङ्गले अघि बढाउने उद्देश्यले निगमको कार्यकारी अध्यक्ष पनि नियुक्त भइसकेकाले छिट्टै बोर्ड बैठक बसेर महत्वपूर्ण निर्यय लिइने बताए । “आफ्नो (नेपाल एयरलाइन्सको) जहाजलाई घाममा सुकाएर निजी एयरलाइन्ससँग सेटिङ गरेर रातारात करोडपती बनाउने त्यसपछि गएर निगमको भूमिस्त सेवा (ग्राउण्ड ह्याण्डलिङ) लाई निजी कम्पनीलाई दिनेजस्तो व्यक्तिगत स्वार्थको धन्दा यो मन्त्री प्रेम आलेले गर्दैन । म आएको ४५ घण्टा नबित्दै निगममा १०४ दिनदेखिको आन्दोलन स्थगित गरियो । कार्यकारी अध्यक्ष नियुक्ति गरिसकेका छौँ अब प्रभावकारी काम हुनेछ”, उनले भने ।
मुलुकमा बढीभन्दा बढी विदेशी पर्यटक भित्र्याउने वातावरण सिर्जना गर्न निगमको क्षमता र बजार विस्तार गरी विश्व बजारमा निगमका जहाज सहजरूपमा पुग्ने वातावरण बनाउनेतर्फ मन्त्रालयले काम गर्ने बताए । पर्यटनमन्त्री आलेले कोभिड महामारीबाट शिथिल बनेको मुलुकको पर्यटन क्षेत्रको पुन:रुत्थान एवं प्रवद्र्धनका लागि निजी क्षेत्रको साझेदारीतामा सक्रियरुपमा कार्यक्रम अघि बढाइने विश्वास व्यक्त गरे । “म पर्यटन मन्त्रालयको जिम्मेवारी सम्हाल्न कुनै निजी एयरलाइन्स र माफियाको सिफारिसमा आएको हैन । पार्टीले विश्वास गरेर जिम्मेवारी दिएकाले व्यवसायीको समस्या र पीडालाई समाधान गर्नका निमित्त पर्यटन व्यवसायीसँग हातेमालो गरेर अघि बढ्ने”, उनले भने ।
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल छिट्टै उद्घाटन गरिने
पर्यटनमन्त्री आलेले निर्माणाधीन भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल छिट्टै उद्घाटन गरिने बताए । हाल भौतिकरूपमा करिब निर्माण सम्पन्न भइसकेको उक्त विमानस्थलमा आगामी १५ दिनभित्र विद्युतीय उपकरणको परीक्षण गर्ने ‘क्लालिब्रेसन फ्लाइट’ सञ्चालन गर्ने योजनाका साथ मन्त्रालय अघि बढेको उनले जानकारी दिए । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल हाताभित्र स्पेनको लुम्बिनी गार्डेन नामक संस्थामार्फत ल्याइएको रु दुई अर्ब ५० करोड मूल्यको बुद्धको मूर्तिको राष्ट्रपतिले अनावरण गर्ने कार्यक्रम छ । बुद्धको जन्मभूमिको देशमा विश्वभरका पर्यटकका लागि सन्देश जाने पर्यटनमन्त्रीको विश्वास छ ।
कार्यक्रममा पर्यटन मन्त्रालयका सचिव यादवप्रसाद कोइरालाले समयसापेक्ष पर्यटन नीतिको अभाव तथा अन्तर मन्त्रालय र मातहत निकायसँगको समन्वयको अभावमा पर्यटन विकासमा ठोस काम गर्न नसकिएको बताए । बोर्डका सञ्चालक समिति सदस्य पम्फा धमलाले कोभिडका कारण विदेशी पर्यटकको आगमन सङ्ख्या न्यून हुँदा आर्थिक सङ्क्रमण बेहोर्नुपरेको र यसले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यटन प्रवद्र्धनका गतिविधि सुस्ताएको उल्लेख गरे ।
बोर्डका कार्यकारी प्रमुख डा धनञ्जय रेग्मीले कोभिडपछि पर्यटन क्षेत्रले भोगेका समस्या र आगामी रणनीतिबारे प्रस्तुतीकरण गरेका थिए । नेपाल एशोसिएशन अफ टूर एन्ड ट्राभल एजेन्टस् (नाट्टा) का अध्यक्ष अच्युत गुरागाइँले नेपाल एयरलाइन्सलाई सबलीकरण गर्दै देश तथा विदेशमा पर्यटनका गतिविधि बढाइनुपर्नेमा जोड द्यिए । होटल सङ्घ नेपाल (हान) काअ अध्यक्ष सिर्जना राणाले पर्यटकीय सेवाका लागि खुलेका सबैस्तरका होटलको स्तरीकरण र सेवाको गुणस्तर अभिवृद्धि गर्नुपर्नेमा जोड दिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २९ गते, २०८० - २०:३२
काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्। चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...
पौष २९ गते, २०८० - २०:१२
काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...
पौष २९ गते, २०८० - १८:५१
काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...
पौष २९ गते, २०८० - १८:४८
काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ। कामपाको प्रमुख बालेन्द्र शाह (बालेन) का अध्यक्षताम...
पौष २९ गते, २०८० - १८:४१
काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...
पौष २९ गते, २०८० - १८:२९
मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...
पौष २९ गते, २०८० - १८:२६
काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...
पौष २९ गते, २०८० - १८:२०
चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...
पौष २८ गते, २०८० - १९:३१
सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...
पौष २८ गते, २०८० - १९:२५
सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...


प्रतिकृया लेख्नुहोस्: