काठमाडौं । नेकपा एमालेले कात्तिक २७ गते देशरभर महाधिवेशन प्रतिनिधि छनोट गर्ने भएको छ ।
शुक्रबार ललितपुरको च्यासलस्थित तुलषीलाल स्मृति प्रतिष्ठानमा बसेको केन्द्रीय कमिटी वैठकले महाधिवेशन प्रतिनिधि छनोटका लागि मापदण्ड तय गर्ने जिम्मा सम्बन्धित जिल्ला कमिटीलाई दिएको जनाइएकाे छ ।
जनसंख्याको अनुपातमा महिला, जनजाति, मधेशी, अल्पसंख्या र पिछडिएका वर्गसमेतको प्रतिनिधित्व हुनेगरी प्रतिनिधि छनोट गर्ने जिम्मा सम्वन्धित जिल्लालाई दिने निर्णय भएको छ । प्रतिनिधि छनोट मापदण्डको विषयमा पार्टीले केही दिनमा नै सर्कुलर जारी गर्ने जनाइएकाे छ ।
वैठकले १० औं महाधिवेशनमा सहभागी हुने प्रतिनिधि संख्यासमेत निश्चित गरेको छ । चितवनमा मंसिर १०–१२ मा हुने महाधिवेशनमा १९९९ जना प्रतिनिधि सहभागी हु्ने निर्णय गरेको हो ।
बिहीबार बसेको स्थायी कमिटी बैठकले महाधिवेशन प्रतिनिधि १५३६ हुने निर्णय गरेको थियो । वैठकमा भीम रावल, घनश्याम भुसाल लगाएत नेताहरुले प्रतिनिधिको संख्या बढाउन दवाव दिएपछि केन्द्रीय कमिटीले ४६३ जना थप गरेको हो ।
केन्द्रीय कमिटीको संरचना यस्तो हुनेछ
यसैगरी वैठकले १० औं महाधिवेशनबाट निर्वाचित हुने केन्द्रीय सदस्यहरुको क्षेत्रसमेत निर्धारण गरेको छ । २२५ सदस्य केन्द्रीय कमिटीमा १५ सदस्य पदाधिकारीबाहेक २१० जना केन्द्रीय सदस्यहरुको निर्वाचनका लागि बैठकले क्लस्टर निर्धारण गरेको हो।
बैठकले तय गरेको मापदण्ड अनुसार १५ जना पदाधीकारीको प्रत्यक्ष निर्वाचन हुनेछ। २१० केन्द्रीय सदस्यमध्ये ९८ जना खुल्ला र ६६ जना समावेशीबाट निर्वाचन हुनेछ भने ४६ जना भूगोलबाट निर्वाचित हुनेछन् । कानूनी व्यवस्था अनुसार ३३ जना महिला अनिवार्य गरिएको छ।
एमालेको संशोधित विधान अनुसार १५ सदस्य पदाधिकारीमा एक अध्यक्ष, एक वरिष्ठ उपाध्यक्ष, महासचिव र उपमहासचिव एक/एक जना रहनेछन् । यस्तै उपाध्यक्ष ४ र सचिव ७ जना रहनेछन् । आवश्यकताअनुसार निर्वतमान अध्यक्ष अध्यक्ष पछिको नेता हुनेछ ।
यसैगरी २१० जना केन्द्रीय कमिटीमा खुल्लाबाट ९८ जना निर्वाचित हुनेछन् भने समावेशीतर्फ ६६ र भूगोलतर्फ ६६ जना रहनेछन् । समावेशीतर्फ आदिवासी जनजाति २२ जना, मधेशी १६ जना, दलित १० जना, थारु ६ जना, श्रमिक ५ जना र पिछडिएको ३ जना निर्वाचित हुनेछन् । यी सबै वर्गाबाट ३३ प्रतिशत महिला अनिवार्य निर्वाचित हुनुपर्नेछ ।
यसैगरी भूगोलतर्फ प्रत्येक प्रदेशबाट ६ जना, उपत्यका र सम्पर्क मञ्चबाट एक /एक जना आउने व्यवस्था मिलाएको छ ।
यस्ता छन् महाधिवेशन व्यवस्थापन उपसमिति ?
यस्तै एमालेले महाधिवेशन व्यवस्थापनका लागि विभिन्न समिति गठन गरेको छ । महाधिवेशन व्यवस्थापन मूल समारोह समितिका संयोजक रामबाहादुर थापाको नेतृत्वमा शुक्रबार बसेको बैठकले विभिन्न ११ उपसमिति गठन गरेको हो ।
प्रतिनिधि व्यवस्थापन समिति–विष्णु पौडेल
जनपरिचालन–सुरेन्द्र पाण्डे
प्रचारप्रसार–योगेश भट्टराई
स्वास्थ्य–भानुभक्त ढकाल
आर्थिक–विष्णु रिमाल
मञ्च व्यवस्थापन–शेरबहादुर तामाङ
अतिथि सत्कार–राजन भट्टराई
आवास व्यवस्थापन–कृष्णभक्त पोखरेल
स्वयमसेवक परिचालन–विनोद श्रेष्ठ
यातायात व्यवस्थापन–काशीनाथ अधिकारी
खाद्यव्यवस्थापन–कपिल पोखरेल र पार्वती रावल
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २९ गते, २०८० - २०:३२
काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्। चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...
पौष २९ गते, २०८० - २०:१२
काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...
पौष २९ गते, २०८० - १८:५१
काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...
पौष २९ गते, २०८० - १८:४८
काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ। कामपाको प्रमुख बालेन्द्र शाह (बालेन) का अध्यक्षताम...
पौष २९ गते, २०८० - १८:४१
काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...
पौष २९ गते, २०८० - १८:२९
मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...
पौष २९ गते, २०८० - १८:२६
काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...
पौष २९ गते, २०८० - १८:२०
चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...
पौष २८ गते, २०८० - १९:३१
सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...
पौष २८ गते, २०८० - १९:२५
सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...


प्रतिकृया लेख्नुहोस्: