Khabar Dabali २० चैत्र २०८२ शुक्रबार | 3rd April, 2026 Fri

सेनासँग यसरी डराए शिर्ष नेताः मस्यौदाबाट लोकतन्त्र र समावेशी हट्ने

\"Gaurabsamserrana\"१६ साउन, काठमाडौं । नेपाली सेनाको बारम्बारको चर्को दबाब खप्न नसकेपछि नेताहरुले संविधानको मस्यौदाबाट लोकतन्त्र र समावेशी शब्द हटाउने भएका छन् ।   डा बाबुराम भट्टराइले नेतृत्व गरेको संवैधानिक राजनीति संवाद तथा सहमति समितिले गठन गरेको शीर्ष नेता सम्मिलित विशेष समितिको शनिबारको छलफलमा नेताहरुले सर्वसम्मतिले सो निर्णय लिएर लोकतन्त्र र समावेशी हटाउने भएका हुन् ।   सेनाले मस्योदाको ‘लोकतान्त्रिक सिद्धान्तप्रति प्रतिवद्ध समावेशी नेपाली सेनाको एक संगठन रहने छ’ भन्ने वाक्यांशमा असन्तुष्टि जनाएको थियो । सेनाको चर्को दबाब खप्न नसकेपछि ती दुवै शब्द हटाउने भएको एक नेताले खबरडबलीलाई बताए ।   अब संविधानको भाग ३० को धारा २६२ को उपधारा १ मा सेनाको बारेमा ‘नेपालको सार्वभौमसत्ता, अखण्डता, स्वतन्त्रता र राष्ट्रिय एकताको रक्षाका लागि यस संविधानप्रति प्रतिबद्ध नेपाली सेनाको एक संगठन रहनेछ ।’– भनेर लेखिने छ ।   यसअघि प्रारम्भिक मस्यौदा ‘‘देशको सार्वभौमसत्ता, अखण्डता, स्वतन्त्रता र राष्ट्रिय एकताको रक्षाका लागि लोकतान्त्रिक सिद्धान्तप्रति प्रतिबद्ध समावेशी नेपाली सेनाको एक संगठन रहनेछ ।’– भन्ने लेखिएको थियो ।   यसका साथै मस्यौदामा सेनाले माग गरे बमोजिम राष्ट्रिय सुरक्षा परिषदमा मुख्य सचिव सदस्य सचिव रहने र प्रधानसेनापति सदस्य रहने व्यवस्था पनि संविधानमा समावेश गरिने भएको छ ।   कार्यदलले तयार पारेको प्रस्तावलाई अन्तिम टुंगो शीर्ष नेताले लगाउने ती नेताले जानकारी दिए । ‘अहिले प्रस्ताव मात्र गरिने हो यसको अन्तिम टुङ्गो सेनाले लगाउने छ ।’– उनले भने ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending