Khabar Dabali ६ पुष २०८२ आईतवार | 21st December, 2025 Sun
Investment bank

डोटीमा खानेपानीको समस्या

रासस

डोटी । बेमौसमी वर्षाका कारण यहाँका खानेपानीका मुहान बगाउँदा जिल्लावासी खोलानालाको दूषित तथा फोहर पानी पिउन बाध्य छन् । बाढीले बगाएका खानेपानीका मुहान मर्मत हुन नसक्दा अहिले जिल्लामा खानेपानीको समस्या समेत उत्पन्न भएको छ ।

जिल्ला सदरमुकामसहित यहाँका ग्रामीण बस्तीमा बाढीले खानेपानीका पाइप बगाएकाले मर्मत गर्न नसकिएका कारण स्थानीयवासी खोलाको फोहर पानी पिउन बाध्य भएको जोरायल गाउँपालिका–५ गड्सेराका डम्बरबहादुर विष्टले जानकारी दिए । यहाँका अन्य ग्रामीण बस्तीका स्थानीयवासी गाउँमा पानीका धारा सुकेपछि घण्टौँ लामो दूरीबाट पानीको जोहो गर्न थालेका छन् । गत असोज अन्तिम साता आएको बेमौसमी बाढीपहिराका काराण जिल्लाका विभिन्न बस्तीमा निर्माण गरिएका खानेपानीका मुहान तथा पाइप लाइन बगाएका कारण अहिले यहाँ शुद्ध खानेपानीको समस्या उत्पन्न भएको हो । पानीको समस्या भएपछि यहाँका नागरिक खोलानाला, कुँवाको फोहर पानी पिउन बाध्य बनेको दिपायल गैराका स्थानीयवासी भरत कामीले जानकारी दिए  ।

जिल्लाको दिपायल, सिलगढी, सेरी, राजपुर, तिखा, गड्सेरा, कुमालीकोटलगायतका ठाउँमा खानेपानीको समस्या उत्पन्न भएको स्थानीयवासी बताउँछन् । गाउँमा खानेपानीको समस्या आइपरेको र खोलानालाका पानीको भरमा खानेपानीको गुजारा चलाइरहेको शिखरनगरपालिका–१ सेरीका स्थानीयवासी भक्तबहादुर विकले बताए । वडाको दलित बस्ती सेरीगाउँमा सबैभन्दा बढी पानीको समस्या हुने गरेकोे स्थानीयवासी बताउँछन् ।

घरका एक जनाले पानी भर्नमै दिन बिताउनुपर्ने भएकाले प्राय: बालबालिका पानी भर्नका लागि घरमै बस्ने गरेको स्थानीयवासी बताउँछन् । खानेपानीका लागि बिहान ३/४ बजेदेखि लाइन बस्नुपर्ने बाध्यता रहेको स्थानीयवासी लक्ष्मी विकले बताउनुभयो । उनले भने, “घरमा खानलाई पानी हुँदैन, आफू खान र गाईवस्तुलाई दिन पानीका लागि लाइन बस्नुपरेको छ ।” धेरैजसो बालबालिका विद्यालय नगएर पानी बोकिरहेको अवस्थामा भेटिन्छन् । पानीका लागि घण्टौँ लाइनमा बस्नुपर्ने वा दुई/तीन घण्टाको बाटो हिँडेर खोलाको पानी ल्याउनुपर्ने बाध्यता रहेको स्थानीयवासीको गुनसो छ ।

पानीका मुहान सुक्न थालेपछि यहाँको खानेपानी तथा सरसफाइ उपभोक्त समितिले दिनमा एकपटकमात्रै पानी वितरण गर्न थालेको छ । पानी नआउँदा यहाँका होटल व्यवसायीलाई होटल सञ्चालन गर्न निकै कठिन भएको पातली होटल दिपायल पिपल्लाका सञ्चालक मोहन पातलीले बताए । उनले भने,, “धारामा पानी आउँदैन, ग्राहकलाई खाना खुवाउन पनि समस्या भएको छ ।” होटलमा पानीको समस्या उत्पन्न भएपछि यहाँका कतिपय होटल व्यवसायी गाडी रिर्जभ गरेर खोला तथा नदीको पानी ल्याएर काम चलाउन थालेका छन् । नजिकै सेती नदी भए पनि नदीमा अहिलेसम्म बाढीका कारण धमिलो पानी बगिरहेकाले प्रयोग गर्न नसकिएको स्थानीयवासीको भनाइ छ ।

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending