बाजुरा । बेमौसमी वर्षाका कारण सडक अवरुद्ध भएपछि बाजुराका सात पालिकामा औषधि अभाव भएको छ । यहाँका पूर्वी उत्तरी भेगका चार र तल्लो क्षेत्रका दुई पालिकामा औषधि अभाव भएको हो ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार जिल्ला अस्पतालमा ७०, प्राथमिक स्वास्थ्य केन्द्रमा ५८ र स्वास्थ्यचौकीमा ४० प्रकारका औषधि नि: शुल्क वितरण हुनुपर्छ तर यहाँका पालिकाकाका स्वास्थ्य संस्थामा ४० प्रकारको औषधि भएको पाइँदैन । हिमाली, स्वामीकार्तिक खापर, जगन्नाथ गाउँपालिका र बुढीनन्दा नगरपालिकाका स्वास्थ्य संस्थामा औषधि अभाव भएको हो । यस्तै खप्तड छेडेदह गाउँपालिका र बडीमालिका र त्रिवेणी नगरपालिकामा पनि औषधि पर्याप्त नभएको जनाइएको छ ।
अवरुद्ध सडक सुचारु नहुँदा पालिकाहरुमा औषधि अभाव अएको हिमाली–१ विच्छ्याका अहेव विमला पाण्डेले बताए । उनका अनुसार स्वास्थ्यचौकीमा सरकारले उपलब्ध गराउने ४० प्रकारका औषधिसमेत नआउने गरेको गुनासो गरे । स्वास्थ्य सस्थामा बिरामी बढ्दै गएकाले औषधि सकिएको जनाइएको छ ।
चिसो बढेसँगै स्वास्थ्यचौकीहरुमा ज्वरो, निमोनिया, क्षयरोगी, झाडापखालालगायतका बिरामी आउने गरेका छन् । उनले भने, “स्वास्थ्य संस्थामा बिरामी सिकिस्त भएपछि मात्रै उपचारका लागि आउने गर्दछन् । उनीहरूलाई उपचार गर्दा औषधि अभाव भएकाले कोल्टी वा अन्यत्र पठाउने गरेका छौँ । ”
स्वामीकार्तिक–२ बर्कु आधारभूत स्वास्थ्य केन्द्रका सिअहेव बद्री शाहीले बाटोको समस्याका कारण स्वास्थ्य संस्थामा औषधि अभाव भएको जानकारी दिए । बर्कु स्वास्थ्यचौकीमा सिटामोल सहित अन्य औषधिसमेत अपुग भएको उनले बताए ।
पूर्वी उत्तरी भेगको जगन्नाथ –१ मा रहेको जगन्नाथ स्वास्थ्यचौकीका प्रमुख फूलमाया उपाध्यायले सिटामोल समेत सकिएको जानकारी दिए ।
स्वास्थ्य कार्यालयका वरिष्ठ जनस्वास्थ्य अधिकृत दयाकृष्ण पन्तले सडक नखुलेका कारण जिल्लामा औषधि अभाव भएको बताए । उनले भने, “साँफे–मार्तडी राजमार्ग र मार्तडी–कोल्टी सडक सञ्चालनमा आउने वित्तिकै तत्काल औषधि स्थानीय तहमा पठाउने तयारी भइरहेको छ । ”
बाटो नखुलेका कारण प्रदेश स्वास्थ्य निर्देशनालयले जिल्लामा औषधि नपठाएको जनाइएको छ । स्थानीय तहमा औषधि अभाव नहुने गरी निर्देशनालयमा माग गरिएको उनले बताए ।
यहाँका बुढीगङ्गा नगरपालिका र गौमुल गाउँपालिकामा औषधि पर्याप्त रहेको बताइएको छ । जिल्लाका स्वास्थ्य संस्थामा रुघाखोकी, ज्वरो, टाउको दुख्ने, हातखुट्टा दुख्ने, जोर्नी दुख्ने, झाडापखाला र वान्ताका बिरामी बढी आउने गरेका जनाइएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २९ गते, २०८० - २०:३२
काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्। चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...
पौष २९ गते, २०८० - २०:१२
काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...
पौष २९ गते, २०८० - १८:५१
काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...
पौष २९ गते, २०८० - १८:४८
काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ। कामपाको प्रमुख बालेन्द्र शाह (बालेन) का अध्यक्षताम...
पौष २९ गते, २०८० - १८:४१
काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...
पौष २९ गते, २०८० - १८:२९
मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...
पौष २९ गते, २०८० - १८:२६
काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...
पौष २९ गते, २०८० - १८:२०
चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...
पौष २८ गते, २०८० - १९:३१
सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...
पौष २८ गते, २०८० - १९:२५
सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...




प्रतिकृया लेख्नुहोस्: