गलकोट । निर्माण व्यवसायी सुनिलसिंह खत्रीको मोबाइलमा अज्ञात व्यक्तिको मोवाइलबाट फोन फोन आयो । सुनिल खत्रीले हेलो भन्न नपाउँदै ‘सुनिल जी काठेखोलास्थित बिहुँदेखि तङ्ग्रामहुँदै धम्जा जाने लामाबगर मोटरेवल पुल कहिले बन्छ ?’ भन्ने प्रश्न गरियो ।
खत्रीको जवाफ आयो–को बोल्नुभयो हजुर ? “म रामजीप्रसाद बराल बोलेको हो तपाईले ठडाउनुभएको पुलको पिल्लरमाथि उभिएर तपाईलाई फोन गरेको छु, भन्नुहोस् ठ्याक्कै कहिले काममा आउनुहुन्छ, मलाई परिणाम चाहिन्छ, काममा ठिला सुस्ती भयो ।”
एमएस निलगिरी नेशनल जेभी निर्माण कम्पनीका आधिकारिक प्रतिनिधि खत्रीले मङ्सिरबाट काममा आउछु हजुर भनेर फोन राखे । निर्माण व्यवसायी खत्रीलाई गत जेठदेखि ठप्प रहेको काठेखोलाको लामाबगरबाट फोन गर्ने व्यक्ति थिए गण्डकी प्रदेश सरकारका अर्थ मन्त्री बराल ।
उक्त पुल २०७६ फागुन ६ गते गण्डकी प्रदेश सरकारका तत्कालीन मुख्यमन्त्री पृथ्बीसुब्बा गुरुङले शिलान्यास गरेका थिए । अठार महिनामा सक्नुपर्ने पुलको जम्मा ५० प्रतिशमात्रै काम सम्पन्न भएको गुनासोपछि मन्त्री बराल आयोजनास्थलमै पुगेर ठेकेदारलाई ताकेता गरेका हुन् ।
“आफै फिल्डमा पुगेर ताकेता गर्दा सकरात्मक प्रभाव पर्ला, कार्यालय प्रमुखलाई त ठेकेदारले ल ल मात्रै भन्छन्” उनले भने, “ठेकदारले काम नगर्ने परिपाटीलाई अन्त्य गर्न आवश्यक छ, म गण्डकी प्रदेशभरका जिल्ला जिल्लामा स्थलगत निरीक्षणपछि निर्माणलाई गति दिने गरी अगाडि बढ्छु ।”
आठ मिटर चौडाइ र ३० मिटर लम्बाइ रहेको उक्त मोटरेवल पुलको २०७७ साल माघ २५ गतेभित्र निर्माण सम्पन्न गर्ने गरी २०७६ साल साउन २५ गते उक्त कम्पनीले निर्माणको जिम्मा लिएको थियो । सिङ्गल स्पान मोडेलमा निर्माण हुन लागेको पुल रु तीन करोड ३१ लाख ६३ हजार ६७९ मा निर्माण गरी संझौता भएको थियो ।
शिलान्यसका समयमा सम्झौता मितिभन्दा अगावै पुल:निर्माण गरी सक्ने प्रतिबद्धता जनाएको उक्त कम्पनीले विभिन्न बाहना देखाउँदै निर्माणमा ढिलाइ गर्दै आएको छ । मन्त्री बरालले बागलुङ बसाइँका क्रममा दुई मोटरेवल पुल र दुई सडकको स्थलगत अनुगमनका लागि बागलुङस्थित पूर्वाधार कार्यालयको प्राविधिकसहित आयोजनास्थलमै पुगेका थिए ।
उक्त कार्यालयका प्रमुख गणेश सुवेदीले लामाबगर पुल निर्माणका लागि २०७८ चैतसम्म ठेक्का म्याद थपेर निर्माण व्यवसायीलाई काममा फर्कन आग्रह गरिएको बताए । उनका अनुसार पुलका दुई पिल्लर ठडाएको र अब पुल ढलानका लागि आवश्यक कच्चा सामग्रीसमेत जोहो भइसकेको छ । मन्त्री बरालले उक्त पुलसहित बागलुङको गलकोट नगरपालिकास्थित नरेठाँटी खोलामा निर्माणधीन मोटरेबल पुल, हरिचौर ताराखोलाहुँदै म्याग्दीको निर्वाचन क्षेत्र नं १ स्थित सडक र रिजालचोकदेखि ताराखोला जोड्ने शहीद मार्ग निरीक्षण गरेका थिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २९ गते, २०८० - २०:३२
काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्। चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...
पौष २९ गते, २०८० - २०:१२
काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...
पौष २९ गते, २०८० - १८:५१
काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...
पौष २९ गते, २०८० - १८:४८
काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ। कामपाको प्रमुख बालेन्द्र शाह (बालेन) का अध्यक्षताम...
पौष २९ गते, २०८० - १८:४१
काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...
पौष २९ गते, २०८० - १८:२९
मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...
पौष २९ गते, २०८० - १८:२६
काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...
पौष २९ गते, २०८० - १८:२०
चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...
पौष २८ गते, २०८० - १९:३१
सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...
पौष २८ गते, २०८० - १९:२५
सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...




प्रतिकृया लेख्नुहोस्: