Khabar Dabali २४ चैत्र २०८२ मंगलवार | 7th April, 2026 Tue

उपप्रधानमन्त्री सिहंद्धारा शिलान्यास

\"prakashman\"१७ साउन, काठमाडौँ । उपप्रधानमन्त्री एवम् सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री प्रकाशमान सिंहले विश्वनिकेतन उच्च मावि, त्रिपुरेश्वरमा निर्माण गर्न लागिएको पाँचकोठे ‘बिपी गणेशमान स्मृति भवन’को आज शिलान्यास गर्नुभयो । नेपाल विद्यार्थी सङ्घ केन्द्रीय समितिको विद्यालय पुनः निर्माण अभियानअन्तर्गत एम एसिया च्यारिटेबल ट्रस्ट, मञ्चन नेपाल र सिद्धार्थ बिजिनेस ग्रुप अफ हस्पिटालिटीको सहयोगमा उक्त भवन निर्माण गर्न लागिएको हो । रु १५ लाखमा निर्माण सम्पन्न गर्ने लक्ष्य लिएको उक्त भवन भूकम्प प्रतिरोधात्मक हुने र एउटा कोठामा ३५ जना विद्यार्थीलाई पढाउन सकिने बताइएको छ । सो अवसरमा नेपाली काँग्रेसका महामन्त्री समेत रहनुभएका उपप्रधानमन्त्री सिंहले भूकम्पबाट क्षति भएका विद्यालयहरुमा नेपाल विद्यार्थी सङ्घले सहयोग गरेकोमा सराहना गर्दै अस्थायी कक्ष सञ्चालन भइरहेको यस विद्यालयमा अब स्थायी रुपमा कक्षा कोठामै पढाइ सुरु हुने विश्वास व्यक्त गरे । उहाँले मुलुकका अन्य ठाउँमा पनि भूकम्पबाट क्षति भएका सार्वजनिक विद्यालयको कक्षाकोठा पुनः निर्माणमा नेपाल विद्यार्थी सङ्घ लाग्नुपर्ने बताउँदै संसद् विकास कोषबाट प्राप्त हुने रकम विद्यालयको पुनः निर्माणमा खर्च गरिने बताए । कार्यक्रममा सभासद् अशोक कोइराला, नेपाल विद्यार्थी सङ्घका अध्यक्ष रञ्जित कर्णलगायतले भूकम्पबाट क्षति भएका सार्वजनिक विद्यालयको पुनः निर्माणमा सबै समुदाय लाग्नुपर्नेमा जोड दिए । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending