Ntc summer Offer
Khabar Dabali ७ बैशाख २०८१ शुक्रबार | 19th April, 2024 Fri
NIMB

छात्रवृत्ति र पाठ्यपुस्तकको रकम हिनामिना

१७ साउन, जाजरकोट । जनता निम्न माध्यमिक विद्यालय रोकायगाउँका प्रधानाध्यापक तीर्थराज पुन र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लालबहादुर सिंहले रु छ लाख हिनामिना गरेको खुलासा भएको छ । उनीहरुले छात्रवृत्ति, पाठ्यपुस्तक, कक्षा कोठा पुनःनिर्माण, कार्यालय सहयोगीको तलबलगायत शीर्षकको रकम हिनामिना गरेको खुलेको हो । विद्यालयको बजेट हिनामिना भएपछि दुई वर्षदेखि विद्यार्थी छात्रवृत्ति तथा पाठ्यपुस्तकको रकम पाउनबाट वञ्चित भएका छन् । कक्षा कोठा पुनःस्थापना तथा फर्निचर व्यवस्थापनको रु दुई लाख ५० हजार, छात्रवृत्तिको रु एक लाख, पाठ्यपुस्तकको रु एक लाख, कार्यालय सहयोगीको तलब रु ५० हजार र निजी शिक्षकको तलब रु एक लाख हिनामिना भएको स्थानीयवासी टीकाराम नेपालीले बताए । \'छात्रवृत्ति तथा पाठ्यपुस्तकको रकम वितरण नगरेको दुई वर्ष भयो,\' नेपालीले भने । त्यस्तै कार्यालय सहयोगी र निजी शिक्षकलाई तलब नखुवाएको पनि एक वर्ष बितेको छ । गत आवमा जिल्ला शिक्षा कार्यालयबाट कक्षा कोठा पुनःस्थापना तथा फर्निचर व्यवस्थापनका लागि आएको रकमसमेत उपयोग नगरेर हिनामिना गरिएको उनले बताए । जिल्ला शिक्षा, गाविसलगायतका निकायबाट निकासा भएको रकम बर्सेनि हिनामिना हुने गरेपछि विद्यालयको भौतिक तथा शैक्षिक अवस्था निकै कमजोर भएको अभिभावक लालबहादुर रोकायले बताए । विद्यालय निरीक्षक तथा स्रोतव्यक्तिबाट अनुगमन तथा निरीक्षण नहुँदा पनि यस्तो मनोमानी भएको रोकायले बताए । यी समस्या समाधानका लागि पटक पटक जिल्ला शिक्षा र प्रहरीमा जानकारी गराउँदा पनि वास्ता नगरिएको उनको गुनासो छ । उनले भने – \'विद्यालय भवन जीर्ण छ । फर्निचर छैन । खानेपानी तथा शौचालयको व्यवस्था छैन । विद्यार्थीले छात्रवृत्तिसमेत पाएका छैनन् । अनुदान रकम प्रधानाध्यापक र अध्यक्षको खल्तीमा जाने गरेको छ तर दोषीमाथि कारबाही पनि भएको छैन ।\' प्रधानाध्यापक पुनले जिल्ला शिक्षाबाट निकासा नभएको भन्दै छात्रवृत्तिलगायत रकम वितरण गर्न आलटाल गरेको उनले बताए । पुनले नक्कली भर्पाई बनाउँदै कार्यालयमा पेस गर्ने गरेको बताइएको छ । प्रअ पुनले भने समयमा रकम वितरण गर्न नसकेको स्वीकारेका छन् । छात्रवृत्ति र पाठ्यपुस्तकको रकम तत्काल वितरण गरिने पुनको भनाइ छ । कक्षा कोठा पुनःस्थापना तथा फर्निचर व्यवस्थापन कार्यक्रममा भने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सिंहको कमजोरी भएको पुनले बताए । \'दुवैको कमजोरी भएको छ, यसलाई सच्याउने क्रममा रहेका छौँ,\' उनले भने । अभिभावकले पटक पटक गुनासो गरेपछि विद्यालयको खाता रोक्का गरेको निमित्त जिल्ला शिक्षा अधिकारी मानबहादुर गिरीले बताउनुभयो । प्रअ पुनले अभिभावकसँग निकासा नभएको भन्दै ढाँटे पनि उक्त रकम निकासा भइसकेको गिरीले बताए । रकम हिनामिना सम्बन्धमा आवश्यक छानबिन गरी नियमानुसार कारबाही गरिने गिरीको भनाइ छ । हिनामिना रकम असुल नभएसम्मका लागि प्रधानाध्यापक पुनको गत वर्ष तेस्रो चौमासिकको तलब निकासा रोकिएको गिरीले बताए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies