Khabar Dabali १७ जेष्ठ २०८३ आईतवार | 31st May, 2026 Sun
Investment bank

छात्रवृत्ति र पाठ्यपुस्तकको रकम हिनामिना

१७ साउन, जाजरकोट । जनता निम्न माध्यमिक विद्यालय रोकायगाउँका प्रधानाध्यापक तीर्थराज पुन र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लालबहादुर सिंहले रु छ लाख हिनामिना गरेको खुलासा भएको छ । उनीहरुले छात्रवृत्ति, पाठ्यपुस्तक, कक्षा कोठा पुनःनिर्माण, कार्यालय सहयोगीको तलबलगायत शीर्षकको रकम हिनामिना गरेको खुलेको हो । विद्यालयको बजेट हिनामिना भएपछि दुई वर्षदेखि विद्यार्थी छात्रवृत्ति तथा पाठ्यपुस्तकको रकम पाउनबाट वञ्चित भएका छन् । कक्षा कोठा पुनःस्थापना तथा फर्निचर व्यवस्थापनको रु दुई लाख ५० हजार, छात्रवृत्तिको रु एक लाख, पाठ्यपुस्तकको रु एक लाख, कार्यालय सहयोगीको तलब रु ५० हजार र निजी शिक्षकको तलब रु एक लाख हिनामिना भएको स्थानीयवासी टीकाराम नेपालीले बताए । \'छात्रवृत्ति तथा पाठ्यपुस्तकको रकम वितरण नगरेको दुई वर्ष भयो,\' नेपालीले भने । त्यस्तै कार्यालय सहयोगी र निजी शिक्षकलाई तलब नखुवाएको पनि एक वर्ष बितेको छ । गत आवमा जिल्ला शिक्षा कार्यालयबाट कक्षा कोठा पुनःस्थापना तथा फर्निचर व्यवस्थापनका लागि आएको रकमसमेत उपयोग नगरेर हिनामिना गरिएको उनले बताए । जिल्ला शिक्षा, गाविसलगायतका निकायबाट निकासा भएको रकम बर्सेनि हिनामिना हुने गरेपछि विद्यालयको भौतिक तथा शैक्षिक अवस्था निकै कमजोर भएको अभिभावक लालबहादुर रोकायले बताए । विद्यालय निरीक्षक तथा स्रोतव्यक्तिबाट अनुगमन तथा निरीक्षण नहुँदा पनि यस्तो मनोमानी भएको रोकायले बताए । यी समस्या समाधानका लागि पटक पटक जिल्ला शिक्षा र प्रहरीमा जानकारी गराउँदा पनि वास्ता नगरिएको उनको गुनासो छ । उनले भने – \'विद्यालय भवन जीर्ण छ । फर्निचर छैन । खानेपानी तथा शौचालयको व्यवस्था छैन । विद्यार्थीले छात्रवृत्तिसमेत पाएका छैनन् । अनुदान रकम प्रधानाध्यापक र अध्यक्षको खल्तीमा जाने गरेको छ तर दोषीमाथि कारबाही पनि भएको छैन ।\' प्रधानाध्यापक पुनले जिल्ला शिक्षाबाट निकासा नभएको भन्दै छात्रवृत्तिलगायत रकम वितरण गर्न आलटाल गरेको उनले बताए । पुनले नक्कली भर्पाई बनाउँदै कार्यालयमा पेस गर्ने गरेको बताइएको छ । प्रअ पुनले भने समयमा रकम वितरण गर्न नसकेको स्वीकारेका छन् । छात्रवृत्ति र पाठ्यपुस्तकको रकम तत्काल वितरण गरिने पुनको भनाइ छ । कक्षा कोठा पुनःस्थापना तथा फर्निचर व्यवस्थापन कार्यक्रममा भने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सिंहको कमजोरी भएको पुनले बताए । \'दुवैको कमजोरी भएको छ, यसलाई सच्याउने क्रममा रहेका छौँ,\' उनले भने । अभिभावकले पटक पटक गुनासो गरेपछि विद्यालयको खाता रोक्का गरेको निमित्त जिल्ला शिक्षा अधिकारी मानबहादुर गिरीले बताउनुभयो । प्रअ पुनले अभिभावकसँग निकासा नभएको भन्दै ढाँटे पनि उक्त रकम निकासा भइसकेको गिरीले बताए । रकम हिनामिना सम्बन्धमा आवश्यक छानबिन गरी नियमानुसार कारबाही गरिने गिरीको भनाइ छ । हिनामिना रकम असुल नभएसम्मका लागि प्रधानाध्यापक पुनको गत वर्ष तेस्रो चौमासिकको तलब निकासा रोकिएको गिरीले बताए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending