Ntc summer Offer
Khabar Dabali ८ जेष्ठ २०८१ मंगलवार | 21st May, 2024 Tue
NIMB

कञ्चनरूपमा दुई वर्षभित्र घर–घरमा धारा हुने

रासस

सप्तरी । यहाँको कञ्चनरूप नगरपालिकामा सहरी खानेपानी तथा सरसफाइ आयोजना कार्यालय पानीपोखरी काठमाडौँका सहयोगमा ‘सहरी खानेपानी तथा सरसफाइ आयोजना’ सञ्चालन हुने भएको छ । 

नगरप्रमुख वसन्तकुमार मिश्रले कञ्चनरूप–१२ स्थित धरमपुरमा अतिरिक्त बोरिङको शिलान्यास गर्दै खानेपानी आयोजनाको काम तीव्ररूपमा सुरु भएको घोषणा गरे । लामो समयदेखि खानेपानीको अभाव खटकिएको नगरपालिकाको केही वडामा खानेपानीको सर्वसुलभ व्यवस्था मिलाउन  आयोजनाले सहयोग पुग्ने जानकारी दिए  । आयोजना निर्माण सम्पन्न भएपछि सबैको घरघरमा खानेपानी पुग्ने आयोजनाले जनाएको छ ।

कञ्चनरूप खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाका अध्यक्ष भुवनबहादुर केसीले अतिरिक्त बोरिङ गर्ने, पाइप जडान गर्नेलगायतका प्रारम्भिक काम सञ्चालनमा आएको जानकारी दिए । सन् २०१८ मै भएको पहिलो सर्वेक्षणअनुसार आयोजनाबाट वडा नं ८ र १२ का सबै तथा वडा नं ४, ७, ९ र ११ का आंशिक गरी चार हजार ४६४ घरधुरीले खानेपानीको सेवा पाउने छन् ।

आयोजनाका अनुसार नगरपालिकाको वडा नं १२ को धरमपुर र चर्खिया बस्तीपुर तथा वडा नं ८ को कञ्चनपुर हटियामा निर्माणाधीन स्थलहरू गरी छवटा पुरानैमा तीनवटा बोरिङ थप गरिनेछ । साथै १४० किलोमिटर पाइपलाइन जडान हुने आयोजनाले जनाएको छ । नौवटा बोरिङ र धरमपुर, रूपनगर र कञ्चनपुरमा निर्माणाधीन पानीट्याङ्कीबाट आपूर्ति गरिने खानेपानीको उत्पादन क्षमता कञ्चनपुर र रूपनगरमा प्रतिसेकेण्ड १५ लिटर र धरमपुरमा १० लिटर रहने प्राविधिकको भनाइ छ ।

सन् २०१८ को ढाँचा अनुसार नगरपालिकाका २४ हजार ४६४ जनसङ्ख्या लाभान्वित हुनेछन् । सन् २०४० सम्ममा करिब ४० हजार जनसङ्ख्या पुग्ने अनुमान गरिएको छ । बीस वर्षपछि १६ हजार ९०१ घरधुरी थप हुने आयोजनाको प्रारम्भिक अनुमान छ ।

परामर्शदाता पिइएविन जेभी र निर्माण व्यवसायी शर्मा–दिवा–सगुन जेभी रहेको उक्त आयोजनाको २०७८ असार २९ गते ठेक्का सम्झौता भएको हो । जम्मा रु ६८ करोड ८४ लाख ९४ हजार ५०८ को लागत अनुमान रहेको यो आयोजना रु ४४ करोड २९ लाख ९ हजार १९९ करसमेत गरी ठेक्का सम्झौता भएको छ ।

शर्मा दिवा सगुन जेभीले आयोजनाको काम गर्नेछ र ठेक्का सम्झौतापत्रमा उल्लेख भएअनुसार दुई वर्षभित्रमा पहिलो चरणको निर्माणकार्य सम्पन्न गरिसक्ने छ । यस आयोजनालाई विश्व बैंक (एडिबी) बाट ऋण प्राप्त भएको आयोजनाको व्यवस्थापन कार्यालयले जानकारी दिइएको छ ।

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies