काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको बहिर्गमन हुनुपर्ने विभिन्न कारण सहित नेपाल बार एसोसिएसनले एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाललाई ध्यानाकर्षण पत्र बुझाएको छ ।
आज (आइतबार) नेपाल बार एसोसीएनका विभिन्न पदाधिकारी तथा अध्यक्ष चण्डेश्वर श्रेष्ठले एकीकृत समाजवादी पार्टीका अध्यक्ष नेपाल र महासचिव वेदुराम भुसाललाई ध्यानाकर्षण पत्र बुझाएका हुन् । साथै बारले प्रधानन्यायधीश जबरलाई महाअभियोग लगाउन समेत आग्रह गरेका छन् ।
प्रतिकृया लेख्नुहोस्: