कास्की । आज पोखरा–बागलुङ सडकखण्डमा बस दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने दुर्घटनामा ८ जना यात्रु घाइते भएका छन् ।
भैरहवाबाट बागलुङतर्फ जाँदै गरेको लु१ख ७७६६ नंको बस कास्कीको अन्नपूर्ण गाउँपालिका–३ पाउदुर घुम्तीस्थित पोखरा–बागलुङ सडकखण्डमा सडकबाट अन्दाजी ३० मिटर तल खसेको थियो । दुर्घटनामा पाल्पा घर भएका चालक ४५ वर्षीय भूपनाथ खनालको मृत्यु भएको छ । उहाँको उपचाका क्रममा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा मृत्यु भएको प्रहरी नायब उपरीक्षक सुन्दर तिवारीले जानकारी दिए ।
घाइते यात्रुको पोखराका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । दुर्घटामा परी घाइते हुनेमा बागलुङ नगरपालिका–६ लहरेपीपलका २९ वर्षीय शिवराम शर्मा, बागलुङ ठुलढुङ्गाका ४८ वर्षीया कृष्ण खड्का, बागलुङ नगरपालिका–१४ बलेवाका २५ वर्षीय राजु श्रेष्ठ, उनका बुबा ८५ वर्षीय उमलाल श्रेष्ठ, बागलुङ नगरपालिका–२ का ४२ वर्षीय सुवर्ण सापकोटा, पर्वतको फलेवास नगरपालिका–४ का ३५ वर्षीय सूर्य तिवारी, चितवनको भरतपुर महागनरपालिका–३ की साधना उपाध्याय र अन्नपूर्ण गाउँपालिका–३ पाउदुरका माया विक छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ १२ गते, २०७९ - ११:५५
काठमाडौँ । नारी साहित्य प्रतिष्ठान नेपालद्वारा प्रदान गरिने ‘गोमा स्मृति सम्मान’ यस वर्षका लागि साहित्यकार डा बेञ्जु शर्मालाई प्रदान गरिएको छ । नार...
आषाढ़ १२ गते, २०७९ - ११:३५
लहान । ग्रामीण क्षेत्रका बजारबाट अयोग्य तथा म्याद गुज्रेको खाद्य पदार्थ नियन्त्रणमा लिई नष्ट गरिएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार...
आषाढ़ १२ गते, २०७९ - ११:०९
भोजपुर । पौवादुङमा गाउँपालिकाले तोकिएको समयमा गुणस्तरीय काम गर्ने निर्माण व्यवसायीलाई सम्मान गरेको छ । तोकिएको मापदण्डअनुसार निर्धारित समयमै काम सम्पन...
आषाढ़ १२ गते, २०७९ - १०:५२
रामपुर । पाल्पाको निस्दी गाउँपालिकाले एकल पुरुषलाई सामाजिक सुरक्षाभत्ता उपलब्ध गराउने भएको छ । एघारौँ गाउँसभामार्फत नीति तथा कार्यक्रमसहित बजेट सार्वज...
आषाढ़ १२ गते, २०७९ - १०:३५
दोलखा । दोलखाको बिगु गाउँपालिका–४ मा बाढीले क्षति पुर्याए पछि निर्माणाधीन पुल भत्किएको छ । बाढीले पुलमुनिको ग्याबिन भासिँदा ग्याबिनमा राखिएका ट...
आषाढ़ १२ गते, २०७९ - १०:१९
जलेश्वर । महोत्तरी जिल्लाको गौशाला नगरपालिका–५ मा गए राति दुईतले घरको छतबाट लडेर एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको जलेश्वर नगरपालिका–४...
आषाढ़ १२ गते, २०७९ - १०:११
काठमाडौँ । देव दर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो १३औँ वार्षिकोत्सवका अवसरमा चन्द्रागिरि नगरपालिका–६ स्थित मातातीर्थ वृद्धाश्रमलाई खाना पक...
आषाढ़ १० गते, २०७९ - १७:२५
काठमाडौँ । सलाम एयरवेजको उडान नं ४२७ मार्फत ओमनबाट आएका सिराहाका निरञ्जनकुमार सिंहको साथबाट आज १०० ग्राम सुन बरामद गरिएको छ । त्रिभुवन अन्तरराष्ट्...
आषाढ़ १० गते, २०७९ - १७:११
खोटाङ । आफ्नै हजुरआमा जन्तेढुङगा गाउँपालिका–५ चिसापानी खुट्टा डढुवा घर भई हाल सुनसरी ईटहरी उपमहानगरपालिका–१६ बालग्राम चौकमा डेरा गरी बस्ने ७७ वर्षीया ...
आषाढ़ १० गते, २०७९ - १६:५१
मस्को । एक सैनिक जहाज दुर्घटनामा परी कम्तीमा पनि चार जनाको ज्यान गएको बताइएको छ । रुसबाट प्राप्त एक समाचारमा सो कुरा बताइएको हो । यहाँको सैनिक कार्...
प्रतिकृया लेख्नुहोस्: