काठमाडौँ । यस वर्ष वर्षाका कारण सबैभन्दा बढी क्षति पुगेको बेँसीशहर–चामे सडकमा मर्मतको काम अघि बढाइएको छ । दसैँ पहिले नै सवारीसाधन चल्नसक्ने गरी मर्मत गरिएकामा अहिले आगामी वर्षमा सडक अवरुद्ध नहोस् भनी दीर्घकालीन रुपमा मर्मत भइरहेको छ ।
धेरै ठाउँमा सडक नै बगाएकाले तलबाट जाली बनाएर हालिएको डुम्रे–बेँसीशहर–चामे सडक योजनाले जनाएको छ । सडकमा यसअघि नै पुन:स्थापना गरिएको थियो । आगामी वर्षमा पनि वर्षाको पानीले नबगाउने गरी स्थायी मर्मत गरिने तयारी भइरहेको योजनाका प्रमुख अच्युतविलास पन्तले बताए । उनले भने, “सडकमा ढलान गर्ने, नाली बनाउने, पानी कटाउने कामका लागि छिट्टै ठेक्का प्रक्रियामा जानुपर्छ ।”
वर्षाले त्यहाँका केही सङ्ख्यामा काठ र एउटा पक्की पुल बगाएको छ । ती ठाउँमा अहिले काठका पुल राखेर यातायात सञ्चालन भइरहेको छ । पुल नहुँदा नै सडक अवरुद्ध भएकामा मर्मत गरेर सञ्चालन भएको प्रमुख पन्तले बताए । सडक दीर्घकालका लागि लागत अनुमान गरेर विभागमा पठाइएको उनले बताए । उनले भने, “सडक निर्माणकै लागि छिट्टै ठेक्कामा जाने योजना छ ।”
सडक बगाएको वा पुरिएका स्थानमा पनि आसिंक रुपमा खुलाइएको योजनाका प्रमुख पन्तले बताए । झण्डै १० किमी सडक र अरु विभिन्न ठाउँमा सडक बगाएको थियो । सडक मर्मतका लागि ठूलो रकम आवश्यक भए पनि एकै पटक व्यवस्थापन हुन नसक्ने हुँदा प्राथमिकताका आधारमा मर्मत गरिने उनले बताए ।
उनले भने, “भएको बजेटबाट जोखिमयुक्त स्थानलाई प्राथमिकतामा पारेर मर्मत गरिनेछ ।” जेठको अन्तिम सातादेखि नै सुरु भएको वर्षाका कारण सडकमा धेरै क्षति पुगेको थियो । दसैँ पहिले अस्थायी रुपमा सडक खुलाइएको भए पनि पुन:कात्तिकमा भएको वर्षाले सडक अवरुद्ध गरेको थियो । दसैँपछि थप क्षति पुगेको स्थानमा पनि मर्मत र सुधार गरिएको प्रमुख पन्तले बतताए ।
ट्याक मात्रै खोलिएको सडक भएकाले पनि सडकमा ठूलो क्षति भएको प्रमुख पन्तले जानकारी दिए । लामो समय पहिलेदेखि नै सो सडकको ट्र्याक सेनाले खुलाएको थियो । ट्याक खुलेपछि लामो समयसम्म सडक स्तरोन्नति हुन सकिरहेको छैन । डुम्रे–बँेसीशहर खण्ड एक लेनको कालेपत्र भएको हो भने बेँसीशहर–चामे सडकमा कालोपत्र भएको छैन । सडक विभागले डुम्रे–बँेसीशहर सडकलाई विस्तार गर्ने र बेँसीशहर–चामे सडकलाई स्तरोन्नतिको योजना बनाएको छ ।
बेँसीशहरबाट चामेसम्म ६५ किमी सडक कच्ची छ । बँेसीशहरबाट अगाडि सात किमी सडक मात्रै कालोपत्रका लागि ठेक्का भएको थियो । यो खण्ड बेँसीशहरबाट खुदिसम्म पर्छ । यो खण्डमा निर्माणको काम भइरहेको छ ।
बेँसीशहर–चामे कूल लम्बाइ ६५ किमीमध्ये अहिले २० किमीको विस्तृत अध्ययन प्रतिवेदन तयार भइसकेको छ । त्योमध्ये पनि सात किमीमा मात्रै निर्माण अघि बढाइएको छ । बाँकी सडक भने अध्ययनको क्रममा छ । सो सडकमा यस वर्ष असारभित्र अध्ययन सकाउने योजना बनाइएको छ । प्रमुख पन्तले भने, “यस वर्ष अध्ययन सकिएपछि अर्को वर्षबाट बहुवर्षीय ठेक्का लगाएर निर्माण अघि बढाइनेछ ।”
बँेसीशहर–चामे सडकमा लमजुङतर्फ ३५ किमी र मनाङतर्फ ३० किमीपर्छ । यो सडक नै मनाङ जिल्लालाई प्रदेश राजधानी र सङ्घीय राजधानीसँग जोड्ने सडकका रुपमा रहेको छ । मनाङमा ठाउँठाउँमा काठका पुल मात्रै भएकाले हलुका सवारीसाधन मात्रै चल्ने गरेको योजना प्रमुख पन्तले जानकारी दिए ।
हिमाल पारिको जिल्लाका रुपमा परिचित मनाङ सडक सञ्जालमा जोडिए पनि सधैँ सवारीसाधन भने चल्न सक्दैनन् । जाडो मौसममा हिउँका कारण र वर्षामा बाढी तथा पहिराका कारण सडक अवरुद्ध भइरहेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २९ गते, २०८० - २०:३२
काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्। चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...
पौष २९ गते, २०८० - २०:१२
काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...
पौष २९ गते, २०८० - १८:५१
काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...
पौष २९ गते, २०८० - १८:४८
काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ। कामपाको प्रमुख बालेन्द्र शाह (बालेन) का अध्यक्षताम...
पौष २९ गते, २०८० - १८:४१
काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...
पौष २९ गते, २०८० - १८:२९
मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...
पौष २९ गते, २०८० - १८:२६
काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...
पौष २९ गते, २०८० - १८:२०
चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...
पौष २८ गते, २०८० - १९:३१
सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...
पौष २८ गते, २०८० - १९:२५
सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...


प्रतिकृया लेख्नुहोस्: