Khabar Dabali २० चैत्र २०८२ शुक्रबार | 3rd April, 2026 Fri

जनताबाट आएका सुझावमा टुंगो लगाउन दलहरुकेा बैठक जारी

[caption id=\"attachment_26358\" align=\"alignleft\" width=\"373\"]\"four फाइल तस्विर[/caption] १७ साउन, काठमाडौं।   मुख्य दलहरुले जनताबाट आएका सुझावलाई संविधानमा कसरी समेट्ने भन्ने बारेमा आज टुंगो लगाउने भएका छन् । संकलन गरिएका जनताका सुझावबारे निश्कर्ष निकाल्नका लागि शनिबार र शुक्रबार दिन भरीजसो छलफल गरेका दलहरुले आइतबार पनि विभिन्न चरणमा बैठक र वार्ता गरि रहेका छन् । आइतबार बिहानदेखि नै चार दलका शीर्ष नेताहरु र कार्यदल अलग अलग रुपमा बसेर छलफल गरिरहेका छन्। चारै दलका शीर्ष नेताहरु सिंहदरबार संसद सचिवालयको राज्य व्यवस्था समितिको हलमा जनताका सुझावबारे छलफल गरिरहेका छन्। बैठकमा प्रधानमन्त्री सुशील कोइराला, एमाले अध्यक्ष केपी शर्मा ओली, एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल,  मधेसी जनअधिकार फोरम ९लोकतान्त्रिक० का अध्यक्ष विजयकुमार गच्छदार, सम्वाद समितिका सभापति डा बाबुराम भट्टराईलगायत सहभागी छन्। उनिहरुले यसअघि बिहान अनौपचारिक वार्ता र गृहकार्य गरेका थिए । त्यस्तै डा।बाबुराम भट्टराई अध्यक्ष रहेको राजनीतिक, संवैधानिक तथा सम्वाद समितिको बैठक आज अपरान्ह चार बजे बोलाइएको छ ।जनताको सुझावसहितको प्रतिवेदनमा छलफल गरी परिमार्जनका आधार तयार गर्न सम्वाद समितिलाई संविधानसभाले दिएको चार दिनको म्याद आज समाप्त हुँदैछ । जनताबाट आएका दुई लाख भन्दा बढी सुझाव लाई दलहरुले दुई सयमा झारेर छलफल गरिरहेका छन् । आज आइतबार बसेको दलहरुको बैठक धर्म निरपेक्षता, प्रत्यक्ष निर्वाचित कार्यकारी, संघीयता र सिमांकन, स्थानीय निकाय, समावेशी व्यवस्था, नागरिकतालगायतका विषयमा बढी केन्द्रित रहेको एक सहभागि नेताले बताएका छन् । धर्म निरपेक्षता हटाउन अधिकांश जनताबाट सुझाव आएकोले धार्मिक स्वतन्त्रता वा अन्य कुनै उपयुक्त वैकल्पिक शब्दावली राख्ने सहमति मुख्य चारदलका बिचमा भएपनि  त्यसको अन्तिम टुंगो लागिसकेको छैन। दलहरु सिमांकनमा पनि सहमति जुटे अन्तिम क्षणमा भए पनि यसलाई टुंग्याएर संविधान जारी गर्ने तयारीमा छ। यो विषयमा दलहरुको बैठकमा विभिन्न कोणबाट छलफल भइरहेको बताइएको छ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending