Ntc summer Offer
Khabar Dabali ७ बैशाख २०८१ शुक्रबार | 19th April, 2024 Fri
NIMB

प्रकृतिलाई बिगारेर होइन, प्रकृतिलाई सिँगारेर विकास गर्न राष्ट्रपति भण्डारीको आग्रह

खबरडबली संवाददाता
लुम्बीनी । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल प्राचीन सभ्यतायुक्त मुलुक भएकाले नेपाली मौलिक संस्कृति र सुन्दर प्रकृतिको संरक्षणमा जोड दिएकी छन् । 
 
राष्ट्रपति भण्डारीले आज कपिलवस्तुको बाणगङ्गा नगरपालिका–२ नन्दनगरमा निर्माणाधीन कैलाश आश्रम धाममा आयोजित महायज्ञमा नेपालको संस्कृति र सभ्यताको विकास, संरक्षण र सम्वद्र्धन गर्नुपर्नेमा जोड दिइन । 
 
उनले यस खालका धार्मिक संस्था र धार्मिक कार्यक्रमले नेपालको प्रकृति, संस्कृति र सभ्यताको प्रवद्र्धनमा सहयोग पुग्ने बताइन । 
 
नेपालमा पनि कोरोना भाइरसले जनस्वास्थ्यमा पारेको प्रभावको प्रसङ्ग स्मरण गर्दै राज्यको पहिलो धर्म जनताको स्वास्थ्यको संरक्षण भएकाले कोरोना भाइरसबाट नेपाली नागरिकलाई बचाउन विशेष पहल गर्नुपर्नेमा जोड दिइन् । 
 
राष्ट्रपति भण्डारीले कोरोना महामारीबाट विश्व नै आक्रान्त रहेको अवस्थामा पनि जनजीवनलाई सहज बनाउने प्रयास भएको भन्दै कोरोना भाइरसबाट बच्न सरकारले निर्धारण गरेका स्वास्थ्यसम्बन्धी मापदण्डको पालना गर्न आग्रह गरिन । 
 
राष्ट्रपति भण्डारीले चुरे क्षेत्र नेपालको जीवनरेखा भएको बताउँदै चुरेको संरक्षणमा नजिकैका बासिन्दालाई आफ्नोतर्फबाट सक्दो सहयोग गर्न आह्वान पनि गरीन् । 
 
उलने  विकासको गतिलाई अवरुद्ध हुन नदिन तथा प्रकृतिलाई बिगारेर होइन, प्रकृतिलाई सिँगारेर विकास गर्न आग्रह गरिन् । 
 
यसअघि राष्ट्रपति भण्डारीले कैलाश आश्रम धाममा निर्माण गरिएका दुई वटा प्रवेशद्वार र अष्टचिरञ्जीबी महाकुण्डको अनावरण गरेकी थिइन् । कार्यक्रममा पूर्वमन्त्री तथा नेकपा ९एमाले० का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले कैलाश आश्रम धामको विकासमा आफूले सक्दो पहल गर्ने बताइन् । 
 
आश्रमका प्रमुख संरक्षक लोकानन्द स्वामीले यस क्षेत्रको विकास गर्न र धार्मिक पर्यटनको प्रवद्र्धन गर्न यस्ता महायज्ञबाट महत्वपूर्ण योगदान पुग्ने बताइन् ।
Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies