Khabar Dabali १७ चैत्र २०८२ मंगलवार | 31st March, 2026 Tue

न्यायपालिकाको गुन बिर्सेका छैनौँ, न्यायपालिकालाई सहयोग गर्छौँ: अध्यक्ष दाहाल

मलाई जहाँसम्म लाग्छ तत्काल निर्वाचन हुँदैन: अध्यक्ष दाहाल

खबरडबली संवाददाता

चितवन । आज पत्रकारसँग कुराकानी गर्दै नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संसद् पुन:स्थापनाका लागि न्यायपालिकाबाट भएको सकारात्मक कामको गुन तिर्ने बताए । उनले भने, “यो तपाईंहरुले थाहा पाइराखेकै कुरा हो नि १ संसद् पुन:स्थापनाका लागि न्यायपालिकाबाट सकारात्मक काम भएको छ । त्यो बिर्सेका छैनौँ । अहिले न्यायपालिकालाई समस्या पर्दा त्यसलाई सहयोग गर्छौँ ।” उनले भने, “हामीले सहयोग हिजो पनि गरिहाल्यौँ नि १ गठबन्धनको बैठक बसेर प्रधानन्यायाधीश अस्पतालमा बसेको समयमा कम्तीमा पनि बिदा बसेर कार्यवाहक तोक्नु राम्रो हुन्छ भनेर भनियो । त्यो पनि सहयोग नै गरेको हो ।” 

न्यायपालिकालाई सहयोग गर्दै जाने उनको भनाइ थियो । प्रधानन्यायाधीश डिस्चार्ज भएर आएको भन्दै उनले  अब फेरि सत्ताधारी गठबन्धन दल बसेर सल्लाह गर्ने उनले बताए  । 

फरक प्रसङ्गमा अध्यक्ष दाहालले सरकारले यही मङ्सिर २८ गतेका लागि आह्वान गरेको संसद् बैठकले आफ्ना नियमित कामलाई अघि बढाउने बताए । एमालेले संसद् बैठक अवरुद्ध गर्ने भनेको छ नि भन्ने पत्रकारको प्रश्नमा उनले भने, “उहाँहरुले सुरुदेखि नै अवरोध गरिराख्नुभएको छ तर अधिवेशन पनि चल्यो, बजेट पनि प्रस्तुत भयो, पारित पनि भयो । त्यसैगरी चल्छ ।” उनीहरुको नियत चाहिँ ठीक छैन भन्नेकुरा पूरै नेपालीले देखिसकेको उनको भनाइ थियो । 

उनले थपे, “अहिले महाधिवेशन गरेपछि सकारात्मक हुन्छ कि भनेको त्यो पनि नहुने भो भन्ने कुरा आजको  वक्तव्यबाट देखियो ।” पेल्ने भन्ने कुरा नभएको भन्दै उनले सदनबाट गर्नुपर्ने काम अघि बढ्दै जाने बताए । अहिले तत्काल निर्वाचन सम्भव नभएको उनको भनाइ थियो । उनले निर्वाचनका लागि आयोग र राजनीतिक दलसँग सल्लाह गरेर मात्रै निर्वाचन अघि बढ्ने बताए । अहिले निर्वाचनको टुङ्गो लागि नसकेको भन्दै उनले भने, “मलाई जहाँसम्म लाग्छ तत्काल निर्वाचन हुँदैन ।”

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending