Ntc
Khabar Dabali १६ जेष्ठ २०८० मंगलवार | 30th May, 2023 Tue

बैतडी जीप दुर्घटना अपडेट : मृतकको सङ्ख्या ५ जना पुग्यो

खबरडबली संवाददाता

बैतडी । बैतडीमा सोमबार साँझ जीप दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या पाँच पुगेको छ । दुर्घटनामा गम्भीर घाइते भएकी पाटन नगरपालिका–१ सकारकी ४० वर्षीया जानकी भट्टराईको पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा मृत्यु भएसँगै मृतकको सङ्ख्या पाँच पुगेको हो ।

जानकीलाई पाटन प्राथमिक स्वास्थ्य केन्द्रबाट थप उपचारका लागि डडेल्धुरा सिफासिर गर्ने तयारी हुँदै गर्दा मृत्यु भएको इलाका प्रहरी कार्यालय पाटनका प्रमुख प्रहरी निरीक्षक राजेश शाहीले जानकारी दिए । यसअघि दुर्घटनामा परी ४ जनाको घटनास्थलमै मृत्यु भएको थियो ।   पाटन नगरपालिका–१ सकारकै १३ वर्षीय विनोद भट्टराई, ७२ वर्षीया रमा भट्टराई, २४ वर्षीय प्रेम चुनारा र २० वर्षीया मनिषा विकको घटनास्थलमै मृत्यु भएको हो a।
 
यसैबीच दुर्घटना परी अन्य पाँच जना घाइते रहेका छन् । घाइतेमध्ये  पाटन नगरपालिका–१ सकारका ओमप्रकाश भट्टराई र मानध्वज भट्टराईको अवस्था गम्भीर रहेको छ । यी दुवै जनालाई थप उपचारका लागि डडेल्धुरा सिफारिस गरिएको छ । अन्य घाइते पाटन नगरपालिका–१ सकारकै  दीपक भट्टराई, विष्णु भट्टराई र गोविन्द विकको पाटन प्राथमिक उपचार केन्द्रमै उपचार भइरहेको छ ।
    
जिल्लाको पाटन बजारबाट कैलपाल जाँदै गरेको से१ज ८८८ नंको जीप पाटन नगरपालिका–१ सकार थलीमा दुर्घटनामा परेको हो । जीपमा चालकसहित ११ जना सवार रहेका बताइएको छ । चालक पाटन–५ वसन्तरपुरका खेमराज पाण्डेय फरार छन् । दुर्घटनाग्रस्त जीप सडकबाट १०० मिटर तल खसेको छ । कच्ची, चिप्लो र भिरालो बाटोका कारण दुर्घटना भएको हुनसक्ने प्रहरीले जनाएको छ ।  

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

शहीद परिवारको गुनासो– गणतन्त्र कार्यान्वयन फितलो भयो

भरतपुर । गणतन्त्र दिवस २०८० का अवसरमा गणतन्त्र दिवस समारोह समिति चितवनले सोमबार भरतपुरमा आयोजना गरेका सहिद सम्मान कार्यक्रममा सहिद शिव पौडेलकी पत्नी त...

भारत भ्रमणबारे प्रधानमन्त्रीद्वारा संसदमा जानकारी

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो भारतमा हुने भ्रमणका विषयमा प्रतिनिधिसभा बैठकमा जानकारी गराएका छन् । प्रतिनिधिसभाको दोस्रो बै...

सुरक्षा कोषमा आवद्ध विदेशमा काम गर्नेले टेलिभिजन ल्याउँदा कर नलाग्ने

काठमाडौं । जेठ १५ अर्थ मन्त्री डा. प्रकाशशरणले सामाजिक सुरक्षा कोषमा आवद्ध विदेशमा काम गर्ने नेपालीले स्वदेश फिर्ता हुदा टेलिभिजन ल्याउँदा कर नलाग्ने ...

एक बर्षमा ९ सय मेघावाट विद्युत् उत्पादन गरिने

काठमाडौं । जेठ १५ आगामी दुईवर्ष भित्र शतप्रतिशत जनसङ्ख्यामा विद्युतको पहुँच पुर्याकउने गरी राष्ट्रिय प्रसारण लाइन नपुगेका दूर्गम क्षेत्रका घरधुरीमा लघ...

आधुनिक जीवनको आधारः सूचना प्रविधि र सञ्चार

काठमाडौं । आधुनिक जीवनको आधार  सूचना प्रविधि र सञ्चारको मान्यतालाई आत्मसात गर्दै नागरिकका लागि सूचना प्रविधिको प्रयोगलाई सरल, सहज र पहुँच योग्य बनाइने...

इजरायलद्वारा सिरियका सैन्य स्थलमा आक्रमण

दमास्कस । इजरायली युद्धक विमानहरूले आइतबार राति सिरियाको राजधानी दमास्कसमा रहेका सैन्य स्थलहरूमा रातभर आक्रमण गरेको सिरियाली सेनाले जनाएको छ ।  इजर...

आगामी आर्थिक वर्षको लागि बजेटः १७ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँको बजेट

काठमाडौं । अर्थमन्त्री डा प्रकाशशरण महतले आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि १७ खर्ब ५१ अर्ब रुपैयाँको बजेट प्रस्तुत गरेका छन् । कुल विनियोजनमध्ये ...

रुसी समकक्षी पुटिनसँगको भेटपछि बेलारुसका राष्ट्रपति लुकासेन्को अस्पताल भर्ना

मस्को– बेलारूसी राष्ट्रपति अलेक्जेन्डर लुकाशेन्कोलाई उहाँका रूसी समकक्षी भ्लादिमिर पुटिनसँग भेट गरेपछि मस्कोको अस्पताल भर्ना गरिएको छ ।   बेलारूसी ...

२५ हजार भूमिहीनलाई लालपूर्जा प्रदान गरिने

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा ११० वटा स्थानीय तहका २५ हजार भूमिहीनलाई लालपूर्जा प्रदान गर्ने भएको छ । सोमबार अर्थमन्त्री डा। प्रकाशशरण महत...

बजेटः पूर्वपश्चिम राजमार्गलाई ४ लेनको बनाइने

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा पूर्वपश्चिम राजमार्गलाई ४ लेनमा विस्तार गर्ने कार्यक्रमलाई निरन्तरता दिने भएको छ । सोमबार अर्थमन्त्री डा. प्...

अरु धेरै
Right path detel page
Vianet Nepal Internet

प्रतिकृया लेख्नुहोस्:

Oil Nigam Detel page Salt Trending Detail Page