Khabar Dabali २० चैत्र २०८२ शुक्रबार | 3rd April, 2026 Fri

विकास बैंकको सात करोड ठगी

१८ साउन, काठमाडौं । सात करोड २४ लाख रुपैयाँ अनियमितताको आरोपमा नारायणी विकास बैंकका पूर्वसञ्चालक तथा कर्मचारी पक्राउ परेका छन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले बैंकका तीन पूर्वकर्मचारीलाई पक्राउ गरेको हो । सिआइबीले तत्कालीन महाप्रबन्धक वीरेन्द्र श्रेष्ठ तथा कर्मचारी दीपक श्रेष्ठ र सुरेश लामिछानेलाई आइतबार पक्राउ गरेको हो । बैंकका तत्कालीन अध्यक्ष दिव्यकुमार श्रेष्ठले कर्मचारीसँगको मिलेमतोमा पटक–पटक विनाधितो सात करोड २४ लाख ७७ हजार ६ सय ५० रुपैयाँ लिएका थिए । उनले रकम फिर्ता नगरेपछि कर्मचारीसमेत फसेका हुन् । श्रेष्ठ र पूर्वकर्मचारी रामचन्द्र तिमल्सिनालाई यसअघि नै प्रहरीले पक्राउ गरेर अनुसन्धान गरिरहेको छ । उनीहरू क्रिस्टल फाइनान्सको अनियमिततामा पहिलेदेखि नै जेलमा थिए । पाँचैजनालाई कारबाहीका लागि चितवन प्रहरीमा बुझाइएको सिआइबीका एसपी श्यामराज ज्ञवालीले बताए । पूर्वअध्यक्ष श्रेष्ठले ०५९ मा चितवनको भरतपुर, टाँडी, नारायणघाट र यज्ञपुरी शाखाबाट कर्मचारीलाई प्रभावमा पारी सापटी भन्दै पैसा लिएका थिए । नेपाल राष्ट्र बैंकको अनुसन्धानबाट बैंकिङ नियमविपरीत पैसा निकालेको र नतिरेको खुलासा भएको थियो । राष्ट्र बैंकले गत १५ माघमा अनुसन्धानका लागि पत्राचार गरेको थियो । नारायणी विकास बैंकको कार्यक्षेत्र चितवन भएकाले चितवन प्रहरीले उनीहरूमाथि थप अनुसन्धान गरिरहेको छ । २२ वटा मुद्दामा पूर्वअध्यक्ष श्रेष्ठसहित पाँचजनालाई हिरासतमा राखी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी राजन अधिकारीले बताए । नारायणी विकास बैंंकका पूर्वअध्यक्ष श्रेष्ठ तीन वर्षदेखि कारागारमा छन् । फाइनान्सको सवा दुई करोड ठग्ने पक्राउ काठमाडौं र क्यापिटल मर्चेन्ट बैंकिङ एन्ड फाइनान्सबाट अनियमित ढंगले लिएको कर्जा नतिरेर फरार तुलसाकुमारी धमला आइतबार पक्राउ परेकी छिन् । बैंकिङ कसुर मुद्दामा दोषी ठहर उनलाई पुनरावेदन अदालत पाटनले तीन वर्ष कैद र दुई करोड २० लाख रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो । धमलाले इरादा बिल्डर्स प्रालिको नाममा फाइनान्सबाट दुई करोड २० लाख रुपैयाँ कर्जा लिएकी थिइन् । उनलाई सिआइबीले ललितपुरको टीकाथलीबाट पक्राउ गरेको हो । सोही फाइनान्सको अनियमिततामा सिआइबीले गत १४ जेठमा धापासीका नवराज खत्रीलाई समेत पक्राउ गरेको थियो । खत्रीलाई पनि अदालतले ६ महिना कैद र ६ करोड ५० हजार रुपैयाँ जरिवाना सुनाएको थियो । क्यापिटल फाइनान्समा सञ्चालक तथा कर्मचारीको मिलेमतोमा सात अर्ब ४३ करोड अनियमितता भएको सिआइबीको अनुसन्धानबाट खुलेको थियो । अनियमित तरिकाले बैंकका कर्मचारी मिलेर कर्जा प्रवाह गरेर ठगी गरेका थिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending