Khabar Dabali २० चैत्र २०८२ शुक्रबार | 3rd April, 2026 Fri

सडक खुलाउन चिनियाँ सशस्त्र टोली तातोपानीमा

१८ साउन, काठमाडौं । तातोपानीदेखि खाडीचौरसम्मको ३६ किमि सडकको पुनर्निर्माणको जिम्मेवारी पाएको नेपाली सेनालाई सघाउन चिनियाँ सशस्त्र प्रहरी लिपिङ आएको छ । आजको नयाँ पत्रिका दैनिकमा खबर छ चिनियाँ सशस्त्र प्रहरीले सडक खुलाउन नेपाली सेनासँग मिलेर काम गर्नेछ । चिनियाँ प्रहरी आएपछि कामलाई कसरी प्रभावकारी बनाउने भन्ने विषयमा छलफल भएको नेपाली अध्यागमन कार्यालयले जनाएको छ । चिनियाँ सशस्त्र प्रहरीको सयजनाको टोली लिपिङमा छ । अध्यागमन कार्यालय कोदारीको पहलमा छलफल भएको हो । छलफलमा कार्यालयका वरिष्ठ अधिकृत प्रह्लाद पोखरेल, नेपाली सेनाका मेजर प्रकाश बस्नेत र लार्चा प्रहरी चौकीका इन्स्पेक्टर केशव शाहले नेपाली पक्षको प्रतिनिधित्व गरेका थिए । चिनियाँ सशस्त्र प्रहरीका मेजर जनरल फु लिङको नेतृत्वमा चीनका चार प्रतिनिधि छलफलमा सहभागी थिए । अध्यागमनले तातोपानी नाकामा कार्यालय स्थापना गरी काम सुरु गरेको छ । नेपाली सेनाले शनिबारबाट तातोपानीदेखि खाडीचौरसम्मको सडक पुनर्निर्माणको काम सुरु गरेपछि अध्यागमन कार्यालयको काम पनि सुरु गरिएको अध्यागमन कार्यालयका वरिष्ठ अधिकृत प्रह्लाद पोखरेलले जानकारी दिए । भूकम्पपछि कार्यालयको सम्पूर्ण काम पहिला धुलिखेल र पछि लामोसाँघुस्थित अँधेरीबाट हुँदै आएको थियो । सडक बनाउन आएको चिनियाँ सशस्त्र टिमलाई तातोपानी अध्यागमनले भिसा दिएको छ । उनीहरूले बिहान आठ बजेदेखि बेलुका आठ बजेसम्म दैनिक १२ घन्टा काम गर्ने जनाइएको छ । १० दिन काम गरेपछि उनीहरू फर्कनेछन् । दैनिक काम समाप्त हुनासाथ चिनियाँ सशस्त्रको टिम चिनियाँ क्षेत्रमै फर्कने गरेको छ । सडक निर्माण गर्ने आधुनिक उपकरणसहित आएको चिनियाँ प्रहरीले क्षतिग्रस्त मितेरी पुलको पुनर्निर्माण कार्य सम्पन्न गरिसकेको छ । ६ एक्साभेटर, ६ लोडर, ६ डम्पर, दुई एअरकम्प्रेसर र दुई बेलिब्रिज लिएर उनीहरू आएका हुन् । जुरे पहिरोबाट अवरुद्ध सडक खुलाउन पनि चिनियाँ टोली आउने जनाइएको छ । भूकम्पबाट क्षतिग्रस्त लार्चा र घट्टेखोलामा बेलिब्रिज हालेपछि चिनियाँ टोली फर्कनेछ । सडक बनाउने काममा नेपाल प्रहरी र सशस्त्र प्रहरी पनि संलग्न छन् । भूकम्पबाट थलिएका तातोपानीका पीडित सर्वसाधारण नेपाली सेना र चिनियाँ सशस्त्रको टोलीले नाकामा काम सुरु गरेपछि त्यसको स्वागत गर्न मितेरी पुलमा भेला भएका थिए । अध्यागमनको काम पुरानै स्थानबाट सञ्चालन गरिए पनि सो नाकाबाट पर्यटक भने भित्रिन थालेका छैनन् । सो नाका भएर अन्य मुलुकका पर्यटक पनि चीनको तिब्बत प्रवेश गरेका छैनन् । सन् २०१४ मा ४० हजार चिनियाँ पर्यटक सो नाका भएर नेपाल आएका थिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending